समायोजन संशोधन, नियमविपरीत सरुवा
०२ जेष्ठ २०७७
•
१० मिनेट पाठ
समायोजन संशोधन, नियमविपरीत सरुवा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएका र स्थानीय तहमा पदस्थापन भएका कर्मचारीलाई मन्त्रीस्तरीय निर्णयबाट समायोजन हेरफेर र सरुवा गरेको छ । एक वर्ष पहिले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरू र लोकसेवा आयोगद्वारा हालै पदपूर्ति भई पदस्थापन भएका गरी डेढ दर्जन कर्मचारीको समायोजन हेरफेर तथा सरुवा गरिएको हो । 




संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले मन्त्रीस्तरीय निर्णय भन्दै समायोजन संशोधन भन्दै अघिल्ला मन्त्री लालबाबु पण्डितको निर्णय उल्टाएका हुन् । जसमध्ये १५ जना कर्मचारीको समायोजन संशोधन गरिएको छ भने तीन जना कर्मचारीलाई सरुवा गरिएको छ ।

मन्त्री त्रिपाठीले गरेको समायोजन संशोधनको निर्णयअनुसार प्रदेश पाँचमा समायोजन भएका विश्राम पुन मगरलाई कर्णाली प्रदेशमा, संघमा कार्यरत यमनाथ बराललाई र उमा बन्जारालाई प्रदेश १, संघमै कार्यरत जयराम रुपाखेतीलाई वाग्मती प्रदेश, कपिलवस्तु नगरपालिका कपिलवस्तुमा कार्यरत रामसेवक कुर्मीलाई मायादेवी गाउँपालिका कपिलवस्तु, संघमा कार्यरत केशरबहादुर खत्रीलाई उमाकुण्ड गाउँपालिका रामेछाप, सान्नीत्रिवेणी गाउँपालिका कालिकोटका प्रकाशकुमार केसीलाई बैथनाथ गाउँपालिका बाँकेमा समायोजन गरिएको छ । 

त्यसैगरी, मेचीनगर गाउँपालिका झापामा समायोजन भएका राजेन्द्र प्याकुरेललाई भद्रपुर नगरपालिका झापा, संघका सन्दिप न्यौपानेलाई प्रदेश एक, अरुण गाउँपालिका भोजपुरमा समायोजन भएका रामप्रसाद पराजुलीलाई विराटनगर महानगरपालिका मोरङ, खनियाँ गाउँपालिका धादिङमा समायोजन भएका रविन्द्र श्रेष्ठलाई चन्द्रागिरी नगरपालिका काठमाडौंमा समायोजन गरिएको छ भने यसअघि संघमा समायोजन भएका प्रवीण गुरागाईंलाई प्रदेश १मा समायोजन गरिएको छ । संघमा कार्यरत जागेश्वर मण्डललाई तिरहुत गाउँपालिका सप्तरी र सहिदभूमि गाउँपालिका धनकुटामा समायोजन भएका चन्द्रकला पाण्डेलाई धनकुटा नगरपालिकामा समायोजन गरिएको छ । 

त्यसैगरी, मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअन्तर्गत लोकसेवा आयोगबाट केही समयअघि स्थानीय सेवाका लागि छनोट भई सिफारिस भएका गुल्मीको कालिगण्डकी गाउँपालिकामाकार्यरत गंगा पाण्डेलाई सुनवल नगरपालिका नवलपरासी सुस्तापश्चिममा सरुवा गरिएको छ भने कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा पदस्थापन भएका अधिकृत कृष्ण पाण्डेलाई कपिलवस्तुकै यशोधरा गाउँपालिकामा सरुवा गरिएको छ ।  साथै प्रतापपुर गाउँपालिका नवलपरासी सुस्ता पश्चिममा पदस्थापन भएका शारदा भट्टराईलाई बर्दघाट नगरपालिकानवलपरासी सुस्तामा सरुवा गरिएको छ । 

मन्त्रालयका प्रवक्ता बसन्तअधिकारीले भने स्थानीय तहबाट स्थानीय तह, प्रदेशबाट अर्काे प्रदेशमा मात्रै समायोजन संशोध नगर्न मिल्ने भन्दै सोहीअनुसार गरिएको दाबी गरे । उनले समायोजन संशोधनको निर्णय केही समय पहिला गरिएको भए पनि अहिले आएरमात्रै सार्वजनिक भएको बताए । ‘अहिले कतै कर्मचारी धेरै हुने, कतै हाजिर भएर काम गर्न नपाउने स्थिति भएकाले, यस्तो नहोस् र कर्मचारीबाट काम लिनप निपाइयोस् भन्ने उद्देश्यले यो निर्णय गरेको हो,’ उनले भने, ‘एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा सरुवा गरिएको नभई काम गर्न खटाइएको हो ।’ 

यसअघि मन्त्री लालबाबु पण्डितले गरेको कर्मचारी समायोजनप्रति असन्तुष्ट बनेका मन्त्री हृदयेश त्रिपाठीले कर्मचारी समायोजन संशोधन र कर्मचारी सरुवाको निर्णय गर्न थालेपछि समायोजन थप प्रभावित हुनसक्ने कर्मचारीहरू बताउँछन् । ‘कर्मचारी अभाव टार्न समायोजन संशोधन भनिएको छ, यसबाहेक समायोजन भएर कति ठाउँमा हाजिर हुन नमानेका छन्, कति ठाउँमा हाजिर नगराएपछि कामबिहीन भएकाहरू छन्, तिनीहरूलाई कुनै पनि हालतमा समायोजन भएकै ठाउँमा हाजिर गराउने अघिल्ला मन्त्रीको अडान थियो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘अहिले वर्ष दिनपछि समायोजन संशोधन भनिए पछि व्यवस्थापन भइसकेको समायोजन पनि उल्टिने डर भयो, भोलि समायोजन भइसकेका कर्मचारीले मलाई यहाँ चाहियो भनेर काम गरेनन् वा स्थानीय तहले लिन मानेनन् भने के हुन्छ ?’

नयाँ संविधान जारी भएपछि मुलुक संघीयतामा गएसँगै लामो रस्साकस्सीपछि सरकारले २०७५ साल चैतमा साविकका निजामती सेवामा कार्यरत कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । 
अर्को समाचार
संरचना र कर्मचारी कटौतीबाट वार्षिक चार खर्ब बचत
०२ जेष्ठ २०७७
•
१० मिनेट पाठ
संरचना र कर्मचारी कटौतीबाट वार्षिक चार खर्ब बचत
सार्वजनिक खर्च पुनरावलोकन आयोगले अनावश्यक संरचनाका कारण थेग्नै नसक्ने गरी प्रशासनिक खर्च बढेको भन्दै ६ मन्त्रालय, ३५ विभाग र करिब ४५ हजार कर्मचारी कटौती गर्न सुझाव दिएको छ । 




मुलुकको बजेटको ठुलो भाग अनुत्पादक कार्यालय र संचरनामा खर्च हुने गरेको भन्दै अर्थशास्त्री डिल्लीराज खनालको संयोजकत्वमा गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाउँदै अनुत्पादक संरचना तथा परियोजना खारेज गर्न सुझाएको हो । 

आयोगले सरकारलाई उक्त प्रतिवेदनमा कम्तीमा ६ वटा मन्त्रालय, ३५ वटा विभाग, तीन सयभन्दा बढी विकास समिति, आयोग र प्रतिष्ठानका साथै संघ, प्रदेश र स्थानीय तहमा गरी कम्तीमा ४५ हजार कर्मचारी कटौती गर्न सुझाव दिइएको हो । प्रतिवेदनमा मन्त्रालयको संख्या घटाएर कम्तीमा १६ वटासम्म बनाउन सकिने उल्लेख छ । आयोगले गत फागुन ३ गते सरकारलाई बुझाएको प्रतिवेदन अझै सार्वजनिक भने गरिएको छैन । सरकारले २०७५ भदौमा अर्थ तथा योजनाविद् खनालको संयोजकत्वमा सार्वजनिक खर्चको विषयमा पुनरावलोकन गर्न आयोग गठन गरेको थियो । 

आयोगका संयोजक खनालले प्रतिवेदनको महत्वपूर्ण भाग खर्च नियन्त्रण भएको बताए । प्रतिवेदनमा संघ, प्रदेश र स्थानीय तहमा एउटै प्रकृतिका कार्यालयहरू हुँदा दोहोरोपना बढने र यसले खर्चमात्रै बढाउने भएकाले अनावश्यक कार्यालयहरू खारेज गर्न भनिएको छ । ‘मन्त्रालय, विभाग, डिभिजन, बोर्ड र यो वा त्यो नाउँमा स्थापना गरिएका विभिन्न अनावश्यक कार्यालयहरू खारेज गर्दा ४५ हजारभन्दा बढी कर्मचारी कटौती गर्न सकिन्छ,’ आयोग संयोजक खनालले नागरिकसँग भने ‘यो समग्र सुधारको एउटा पाटो हो, यसरी रिसोर्स ड्रेन गर्ने खालका संरचना खारेज गर्दा यो वर्षमात्रै चार खर्च खर्च कटौती गर्न सकिन्छ ।’

संयोजक खनालले संघ, प्रदेश र स्थानीय तहमा एउटै काम छुट्टाछुट्टै कार्यालय वा निकाय आवश्यक नरहेको भन्दै अन्तर्समन्वयमा काम गर्दा धेरै कार्यालय नचाहिने बताए । उनले मुलुकको बजेटको ठुलो भाग प्रशासनिक खर्च भएको भन्दै प्रशासनिक र अनुत्पादक क्षेत्रको खर्च कटौती गर्ने हो भने ३० प्रतिशतभन्दा बढी स्रोतको बचत हुने बताए । 

‘कोरोना संकटपछि अहिले ६६ प्रतिशत आम्दानी खुम्चिसक्यो, तलब खुवाउन समेत नसक्ने स्थिति आयो भन्ने छ । अनुत्पादक, रिसोर्स ड्रेनवाला खर्चहरू बढ्दै जाने स्थिति बन्यो,’ आयोग संयोजक खनालले नागरिकसँग भने ‘हामीले प्रतिवेदनमा यस्ता खर्चहरू कटौती गर्न सुझाएका छौं । अहिले संकटको बेलामा सरकारलाई त्यो कटौती गर्ने सुविधा छ । म यसलाई अवसर भन्दिनँ, सकारात्मक काममा मात्रै हो अवसर भन्ने । सरकारले संकटमा यो सुविधा उपयोग गरोस् ।’

खनालले संसद् विकास कोषको करिब २५ अर्ब रुपैयाँ, सरकारी संस्थानमा जाने एक खर्ब रुपैयाँभन्दा बढी र विभिन्न समिति, बोर्ड खारेज गर्ने, मन्त्रालय तथा विभागको संख्या घटाउने, अति आवश्यकबाहेकका कोष खारेज गर्ने हो भने यो वर्षमात्रै चार खर्ब रुपैयाँ कटौती हुने बताए । 

वर्तमान संरचनाहरू हेर्दा प्राथमिकतामा पर्नुपर्ने विषय ओझेल परेको र लागतअनुसारको प्रतिफल नदिने विषयहरूमा धेरै खर्च भएको भन्दै यो प्रणालीले परिणाम नआउने समेत बताए । ‘हाम्रो खर्च केन्द्रित सिंगो बजेट प्रणाली जुन छ, यस्तो संसारमा कहीं पनि हुँदैन,’ उनले भने, ‘अन्यत्र कोर प्रोजेक्ट, कोर अर्थतन्त्र र उत्पादनशील क्षमता वृद्धि गर्ने मात्रै प्रोजेक्ट र परियोजना भनेर छुट्याइन्छ । 

यहाँ त सयमा ९१ प्रतिशत प्राथमिकतावाला प्रोजेक्ट भन्यो, नौ प्रतिशत चाहिँ प्राथमिकता प्राप्त नगरेको प्रोजेक्ट भन्यो । समग्रलाई यो प्रोजेक्ट वा प्रोजेक्ट भनेर ट्रिट गर्ने कहीं पनि हुँदैन ।’ 

उनले प्राथमिकतापूर्वक खर्च गर्नुपर्ने विषय पृष्ठभूमिमा जाने र काम नलाग्ने क्षेत्रमा धेरै खर्च गर्दा यसले समग्र विकासलाई समेत अवरोध पुर्याउने बताए । यसअघि काशीराज दाहालको उच्चस्तरीय प्रशासन सुधार सुझाव समितिले पनि एकै प्रकृतिका कार्यालय, विभाग र मन्त्रालयको संख्या घटाउन सरकारलाई सुझाव दिएको थियो । 
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस