‘सरकारविरुद्ध प्रतिगामी चलखेल’
०५ फागुन २०७६
•
५ मिनेट पाठ
‘सरकारविरुद्ध प्रतिगामी चलखेल’
दमक नगरपालिका–२ स्थित बेलडाँगीमा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओली।तस्बिर: नागरिक
दमक – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र आफूविरुद्ध अनेकखाले षड्यन्त्र भइरहेको बताएका छन्। मुलुकभित्रैबाट सरकारविरुद्ध षड्यन्त्र भइरहेको उनको दाबी छ।




गृहनगर दमकमा आइतबार आयोजित कार्यक्रममा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लामो आन्दोलनबाट प्राप्त उपलब्धि मेट्ने किसिमबाट षड्यन्त्र भइरहेको दाबी गर्दै भने, ‘जीवनको २० वर्ष त जेल र भूमिगत भएर व्यतित गरें। त्यसपछि १८ वर्ष लाग्यो गणतन्त्र ल्याउन। तर अहिलेसम्म पनि प्रतिगामीहरूले चलखेल भने रोकेका छैनन्। प्राप्त उपलब्धि खुम्च्याउने, कमजोर बनाउने खेल आन्तरिक रुपमा भइरहेको छ।’ सरकारका राम्रा कामबाट अत्तालिएका शक्तिहरूले विभिन्न बहानामा प्रहार गर्दै आइरहेको उनको भनाइ थियो। उनले भने, ‘कहिले बोल्न पाइँदैन भनेका छन्, कहिले के भनेका छन्। पहिले त मान्छे बचाउनु प¥यो, सरकारले मानिसलाई बचाउँछ, बाँच्ने प्रेरणा दिन्छ।’

प्रधानमन्त्री ओलीले सरकारले तीब्र हिसाबले विकाससँगै नागरिकको जीवनस्तर उकास्ने काम गरिरहेको दाबी गरे। ‘अब सडकमा बालबालिका देखिँदैनन्, लावारिस मानिस भेटिने छैनन्, कुकुरसँग मानिसका बच्चाले खाने दकुराका लागि लडाइँ गर्नुपर्ने छैन, सबैको जिम्मेवारी सरकारले लिएको छ,’ उनले भने, ‘खान पाइएन भने खबर गर्नुहोस्, सरकारले चामल किनेर राखेको छ।’ उनले थपे, ‘अब खरका छाना भएका घर विस्थापित हुँदै छन्, महिलालाई आत्मनिर्भर बनाइँदै छ, घर नभएकालाई घर बनाइँदै छ।

प्रधानमन्त्री ओलीले सरकारले अब दुई वर्षभित्र बाँकी सबै घरमा बिजुली पु¥याउने दाबी गरे। उनले नदी नियन्त्रण, शिक्षालाई व्यवसायीकरण, सिप विकास, महिलालाई आत्मनिर्भर बनाउने जस्ता कार्यक्रम सरकारले ल्याएको बताए।

ओलीले आफ्नो निर्वाचन क्षेत्रमा भएको विकासको फेहरिस्त सुनाउँदै भने, ‘दमकमा भ्युटावर बन्दैछ, अब विश्वकै अग्लो बुद्धको मूर्ति पनि दमकमा नै बन्नेछ। सडक र पुल निर्माणले गति लिएको छ।’ दमकसँगै अन्य क्षेत्रको विकासमा समेत सरकारले उत्तिकै चासो राखेको उनले बताए। उनले भने, ‘मुलुककै विकास गति तीव्र रुपमा अघि बढेको छ। ८८ प्रतिशत जनता विद्युत् उपयोग गर्ने भएका छन्। मुलुक खुला दिशामुक्त भएको छ, बालिका महिनावारी हुँदा विद्यालय जान नसक्ने अवस्थाको अन्त्य भएको छ।’

कार्यक्रममा नेता सुवासचन्द्र नेम्बाडले मुलुकमा विकास निर्माणले गति लिएको दाबी गर्दै अबको तीन वर्ष सरकारले जनताको जीवनस्तर उठाउने गरी काम गर्ने बताए। उनले दक्षिणी इलामको विकासका लागि दमक–रवि सडक कोषेढुंगा साबित हुने बताए।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि जनताको जीवनस्तर उकास्न प्रदेश सरकार पनि लागिपरेको बताए।

प्रधानमन्त्री ओली दिनभर व्यस्त

लामो समयपछि गृहनगर आएका प्रधानमन्त्री ओली आइतबार दिनभर पाँचवटा कार्यक्रममा व्यस्त भए। उनले कृष्णमन्दिर–बेलडाँगी सडकको उद्घाटन गरे। उनले दमक र मोरडको मिक्लाजुंग जोड्ने मावा पुल पनि उद्घाटन गरे। बहुप्रतिक्षित दमक–चिसापानी–रवि कालोपत्रे सडक शिलान्यास कार्यक्रममा पनि उनी सहभागी भए। २०४७ सालदेखि निर्माण सुरु भएको ४७ किलोमिटर लामो सो सडकको कालोपत्रे गर्ने काम अघि बढेको छ। यो सडक दमकबाटपाँचथरसम्म पुग्छ। यस्तै प्रधानमन्त्री ओलीले दमक नगरपालिका–२ स्थित बेलडाँगीमा आयोजित सभालाई पनि सम्बोधन गरे। उनले दमक नगरपालिकाले विपन्न परिवारका लागि निर्माण गरेका आवासगृहको साँचोसमेत हस्तान्तरण गरे। नगरपालिकाले विपन्न परिवारका लागि २३ वटा आवासगृह बनाएको छ।
अर्को समाचार
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
१ घण्टा अघि
•
१ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।




पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।

यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।

लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।

राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।

प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।

राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।

शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
यो पनि पढौँ
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस