सरकार–पार्टी सम्बन्धमा उतारचढाव
०२ फागुन २०७६
•
१२ मिनेट पाठ
सरकार–पार्टी सम्बन्धमा उतारचढाव
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ। तर यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न नसकेको अवस्था छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको अर्का अध्यक्ष पुष्पकमल दाहालले खुलेर प्रशंसा गर्न सकेका छैनन्। सरकारमा सहभागी भएबाहेकका अन्य पार्टी नेताले पनि सरकारको कामकारबाहीको प्रायः आलोचनै गरेका छन्।




सरकार बनेको एक वर्ष नपुग्दै नेकपाभित्र पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने भन्ने द्वन्द्व सुरु भयो। २०७५ माघ ९ गते प्रधानमन्त्री ओली नेपालमा नभएका बेला पार्टीका तर्फबाट दाहालले अमेरिकाले भेनेजुएलामा नाकाबन्दी लगाएको प्रसंगमा भेनेजुएलाको समर्थन गरेपछि सरकार र पार्टीबीचको सम्बन्ध झनै तितो बनेको थियो। अध्यक्ष दाहालले अर्का अध्यक्ष ओली देशबाहिर भएको बेला दिएको वक्तव्यलाई लिएर पार्टी र सरकारमा तरंग पैदा भएको थियो। दाहालले विज्ञप्तिमा अमेरिकाको निन्दा गरेका थिए। भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको तथा सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको आरोप दाहालले लगाएका थिए। नेपाल फर्केपछि ओलीले दाहालको विज्ञप्ति पार्टीको आधिकारिक धारणा नभएको बताएपछि उनीहरु दुईको सम्बन्ध बिग्रेको थियो। त्यसपछि २०७५ माघ २५ गते एक सार्वजनिक कार्यक्रममा दाहाल सरकारविरुद्ध खनिएका थिए। उनले संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न नचाहेको भन्दै सरकारको आलोचना गरेका थिए। उनले सरकार शान्ति सम्झौता र संविधानको मर्मविपरीत चलिरहेको गम्भीर आरोपसमेत लगाएका थिए। दाहालले २०७६ जेठ ३ गते आयोजित पार्टी एकता दिवसमा पनि सरकारको आलोचना गरेका थिए।

‘पहिला सरकारले पार्टी चलाउने कि पार्टीले सरकार चलाउने भन्ने विषयमा द्वन्द्व थियो। केन्द्रीय कमिटी बैठकले पार्टीले सरकार चलाउने भन्ने स्पष्ट पारेको छ। अब पार्टीको सल्लाहमा सरकार सञ्चालन हुन्छ।

देवेन्द्र पौडेल, नेकपा केन्द्रीय सदस्य

त्यति बेला दाहालले संविधानलाई आत्मसात् गरेर त्यसको इमानदार कार्यान्वयन गर्ने कुरामा विलम्ब गरे मुलुक भयानक दुर्घटनामा फस्ने चेतावनी दिएका थिए। उनले सीमान्तकृत तथा उपेक्षित जनतालाई राष्ट्रको मालिक भएको महसुस हुनेगरी सन्तुष्टि दिन सरकारले बेवास्ता गरिरहे मुलुकका लागि दुर्भाग्य हुने टिप्पणी उनको थियो। दाहालले स्थिति यही रहिरहे मधेसमा एक खालको, पहाडमा अर्को खालको आन्दोलन सुरु हुने खतरा रहेको दाबी गरेका थिए।

वरिष्ठ नेता माधवकुमार नेपालले सातबुँदे असहमति लेखेर नै सरकारको आलोचना गरेका थिए। ‘स्थायित्व, शान्ति र विकासको अपेक्षासहित हाम्रो पार्टीलाई जनताले दिएको मत र समर्थनका आधारमा पार्टी अध्यक्षको नेतृत्वमा गठित झन्डै दुईतिहाइ बहुमतको सरकारले पार्टीको नीति, निर्णय र योजनामा काम गरिरहेको छैन। त्यतिमात्र होइन, जनअपेक्षाअनुरुप काम गर्न नसक्दा सरकार र पार्टीप्रति समेत जनतामा नकारात्मक धारणा बढ्दै गएको छ’, उनले असहमतिमा उल्लेख गरेका थिए।

उनले पार्टी नेता, कार्यकर्ता तथा जनप्रतिनिधिले समेत कतिपय सार्वजनिक मञ्चमा उठेका प्रश्नको डटेर सामना गर्न नसक्ने स्थिति उत्पन्न भएको दाबीसमेत गरेका थिए। ‘यो दुःखद अवस्था हो। स्थायी कमिटीको विगत बैठकमा सरकारका कामको समीक्षाका निम्ति अलग्गै बैठक बस्ने निर्णय भएकोमा त्यसलाई उपेक्षा गर्दै आजसम्म न त कुनै बैठक बसेर छलफल गरिएको छ, न त कार्यशैलीमा नै सुधार गरिएको छ। सरकारले पार्टीको नीति, निर्णय र योजनामा चल्नुका साथै राष्ट्र र जनताको हितमा समर्पित भएर काम गर्नुपर्छ। त्यसो नगरिए सरकारसँगै पार्टीलाई समेत गम्भीर धक्का लाग्नेछ’, उनले गत ३ भदौमा सचिवालय बैठकमा राखेको असहमतिमा उल्लेख गरेका थिए।

अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि बेलाबखत सरकारको कामलाई लिएर आलोचना गरिरहेका छन्। पार्टी उपाध्यक्ष वामदेव गौतमले त सरकार र पार्टी एकै व्यक्तिले चलाउनुहुँदैन भन्दै ओलीको अधिकार कटौतीको मागसमेत गरेका थिए। २०७५ मंसिर २९ गते बसेको स्थायी कमिटी बैठकमा फरक मत राख्दै गौतमले ओलीको अधिकार कटौतीको माग गरेका थिए। त्यो माग अहिले आएर पूरा भएको छ। अहिले पार्टी सञ्चालनको कार्यकारी अधिकारको जिम्मेवारी दाहालले पाएका छन्। त्यति बेला गौतमले पार्टी र सरकार सञ्चालन नेतृत्वको लहडबाट भइरहेको भन्दै सबैतिर मनपरी ढंगले काम भएको आरोप लगाएका थिए।

पार्टी एककरणपछि सरकारले ल्याएका कार्यक्रमलाई पार्टीका नेता कार्यकर्ताले अहिलेसम्म खुलेर प्रचार गर्न सकेका छैनन्। सरकारका आलोचक घनश्याम भुसाल र योगेश भट्टराई अहिले सरकारमा छन् तर पनि सरकारले भनेजस्तो गति लिन नसकेको भन्दै गत माघ १५ गते बसेको केन्द्रीय कमिटी बैठकमा आलोचना भएको थियो। केन्द्रीय कमिटीको बैठकमा सहभागी अधिकांश नेताले सरकारको कामको विषयलाई लिएर आलोचना गरेका थिए। उनीहरुले स्थानीय सरकारका जनप्रतिनिधि राजामहाराजाभन्दा माथि भएको, संघीय सरकारमा सहभागी नेताहरुको कार्यशैली ठीक नभएको र विकास निर्माणको कामले गति लिन नसक्दा सरकार आफ्नो पार्टीको जस्तो नभएको भन्दै आलोचना गरेका थिए। पार्टीभित्र पनि सरकारको पक्ष र विपक्षमा बहस हुन थालेपछि सरकार पक्षधरको आवाज मसिनो र विपक्षको आवाज ठूलै हुँदै गयो। माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकपछि सरकार–पार्टी सम्बन्ध सुधार हुने अपेक्षा नेताहरुले गरेका छन्।

नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार विगतमा पार्टी–सरकार सम्बन्ध राम्रो नभएको स्वीकार गर्छन्। स्थानीय तह, प्रदेश र संघीय निर्वाचनपछि पार्टी एकीकरण भएको र एकीकरणको प्रक्रिया पनि लामो समयसम्म नटुंगिएकाले सरकार–पार्टी सम्बन्धमा उत्तारचढाव आएको उनको धारणा छ। ‘पहिला सरकारले पार्टी चलाउने कि पार्टीले सरकार चलाउने भन्ने विषयमा द्वन्द्व थियो। केन्द्रीय कमिटी बैठकले पार्टीले सरकार चलाउने हो भन्ने कुरा स्पष्ट पारेको छ त्यसकारण अब पार्टीको सल्लाहमा सरकार सञ्चालन हुन्छ। विगतमा जस्तो अब सम्बन्धमा दरार आउँदैन, सम्बन्ध सुमधुर हुँदै जानेछ’, उनले भने।

केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी एकीकरणको काममा ढिलाइ हुँदा नियमित बैठकसमेत बस्न नसकेर सरकार र पार्टीबीचको सम्बन्धमा सुधार नभएको बताए। ‘पार्टी अध्यक्ष नै सरकारमा भएपछि सरकारले पार्टी चलाउने हो कि पार्टीले सरकार चलाउने हो भन्नेजस्ता द्विविधा थिए तर कम्युनिस्ट पार्टीमा पार्टीले सरकार चलाउने हो। यो तथ्यलाई केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरिसकेको छ। अबदेखि पार्टीकै सुझावमा सरकार सञ्चालन हुन्छ’, गैरेले भने। उनका अनुसार विगत जेजस्तो भए पनि सरकारले गरेका कामको अपनत्व पार्टीले पनि लिन सक्नुपर्छ, सरकारी नीति तथा कार्यक्रम पनि जनपक्षीय हुनपर्छ भन्नेमा पार्टी नेता र सरकारमा सहभागी नेता सहमत भएका छन्। ‘चुनावमा गरेको प्रतिबद्धता र घोषणापत्रअनुसार सरकार सञ्चालन नभएको तथ्यलाई केन्द्रीय सदस्यहरुले बैठकमा उठाएका छन्। सरकार भन्नाले तीन तहकै सरकारका बीच समन्वय नभएको र आफ्नै ढंगले सञ्चालन भएका कारण पनि असन्तुष्टि पैदा भएको तथ्यलाई नकार्न सकिएन। संस्थागत रुपमा पार्टी सञ्चालन नहुनु, सरकार पनि आफ्नै ढंगले सञ्चालन हुँदा पार्टी र सरकारबीच समन्वयको अभाव भएकै हो। केन्दीय कमिटीको बैठकपछि यो अभाव नहुने विश्वास लिएका छौं’, गैरेले भने।
अर्को समाचार
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
३ मिनेट अघि
•
१ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै आपत्ति जनाएको छ।




शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन्। सीमा विवादको विषयमा प्रवेश नै नगराई फर्कनुले प्रधानमन्त्री साहको दोहोरो चरित्र उदाङ्गो भएको पौडेलको भनाइ छ।

प्रधानमन्त्रीको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास देखिएको मूल्याङ्कन कांग्रेसले गरेको उनले बताए। विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी सीमा मुद्दामा साहले प्रस्तुत गर्ने अभिव्यक्ति कूटनीतिक संवादको अवसर प्राप्त हुँदा पनि व्यवहारमा नदेखिएको पौडेलले उल्लेख गरे।

प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि भारतसँगको सम्बन्ध र सीमाका विषयमा साहको प्रस्तुतिलाई कांग्रेसले अपरिपक्व तथा उत्तेजक अभिव्यक्तिका रूपमा लिएको उनले बताए। ‘लोकप्रियता आर्जन गर्न मात्रै ती विषयहरू सीमित थिए भन्ने हाम्रो बुझाइ थियो। राष्ट्रवादको नक्कली प्रदर्शन थियो भन्ने पनि हाम्रो बुझाइ थियो,’ महामन्त्री पौडेलले भने।

कूटनीतिक संवादमार्फत निर्णायक रूपमा विषय उठाउने अवसर प्राप्त गर्दा पनि ती विषय नउठेको स्थितिले हिजो कांग्रेसले गरेको अनुमान आज पुष्टि भएको उनको जिकिर छ। विगतमा साहले सीमासम्बन्धी अभिव्यक्ति लोकप्रियता हासिल गर्ने उद्देश्यले गरेको राष्ट्रवादको प्रदर्शन मात्रै रहेको पुष्टि भएको उनले बताए।

नेपाल-भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र विशिष्ट रहेको उल्लेख गर्दै दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना भए पनि सीमालगायत संवेदनशील विषय लामो समयदेखि समाधान हुन नसकेको पौडेलले बताए।

यस्ता विषयको समाधान एकपटकको भ्रमण वा बैठकबाट सम्भव नहुने भन्दै उनले निरन्तर, गम्भीर र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको धारणा राखे।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस