माओवाद भुलेका माओवादी
२९ माघ २०७६
•
७ मिनेट पाठ
माओवाद भुलेका माओवादी
पूर्व कम्पनी कमण्डर नवीन लाेचन मगर।
रोल्पा – २०५२ साल फाल्गुन १ गते रोल्पाको ‘होलेरी’ इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूभिगत भएको थियो। त्यो आक्रमणका ३ जना हस्तीहरू अहिले रोल्पाबाट निर्वाचित जनप्रतिनिधि छन्। प्रतिनिधि सभामा जितेका वर्षमान पुन, प्रदेशसभा (क) बाट निर्वाचित कुलप्रसाद केसी सोनाम र (ख)बाट निर्वाचित दीपेन्द्र पुन सिजल ‘होलेरी’ आक्रमणमा सहभागी पात्र हुन्। त्यसो त आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन अहिले उपराष्ट्रपति छन्।




सोही १० वर्षे सशस्त्र द्वन्द्वका अर्का रोल्पाली हस्ती नेत्रबिक्रम चन्द विप्लव यतिबेला एकीकृत जनक्रान्तिका नारा बोकेर भूमिगत छन्। हिजो सँगै युद्ध लडेका विप्लवका धेरै सक्रिय कार्यकर्ता जेल वा हिरासतमा छन्। एकले अर्कोलाई सिध्याउने लक्ष्य बोकेका जस्ता देखिने हिजोका उग्र माओवादीले माओवाद भने भुलिसकेका छन्।

३ वर्ष अगाडि रोल्पाको थबाङमा भएको अधिवेशनमा माओवादलाई उतै छाडेर आएको विप्लव नेतृत्वको विद्रोही नेकपा र एमालेसँग पिरती गाँस्दा माओवादलाई छेउतिर पन्छाएको सरकारी नेकपाका गतिविधिले पूर्व लडाकु र कार्यकर्ता भने यतिबेला असन्तुट देखिन्छन्। होलेरी आक्रमणसँगै भूमिगत भएको तत्कालीन माओवादी र उसको नेतृत्वले पछिल्लो राजनीतिक परिवर्तनमा आफ्नो अमूल्य भूमिका रहेको दाबी गर्दै देश समृद्धिको बाटोमा अगाडि बढेको बताइरहँदा आम जनमासमा असन्तुष्टि बढ्दै गएको छ।

अहिलेसम्म राजनीतिक परिवर्तनबाहेक समयक्रमले भएको वा हुनसक्ने विकासबाहेक केही भएन भन्ने गुनासो युद्धमा लागेकैहरु बताउँछन्। परिवर्तनको मिठो सपना बोकेर २४ वर्षअगाडि बन्दुक समाएका लडाकुहरूसमेत यतिबेला अलमलमा देखिन्छन्। पछिल्लो समय तत्कालीन माओवादी कार्यकर्तामा आएको विचलन देखेर माओवादी लडाकुका पूर्वकमाण्डरसमेत दिक्क छन्।

५ औ डिभिजन कमाण्डर राजबहादुर बुढा हिजोआज आफ्ना कार्यकर्ताको रहन सहन फेरिएकोमा अचम्मित पनि छन्। करिब ३ हजार बढी सेनाको नेतृत्व गरेर बसेका उनी भन्छन्, ‘जनयुद्धको मूल्य मान्यता छोडेर अर्को बाटोमा आइयो। तर पनि आर्थिक आधार उस्तै छ,’ उनी थप्छन्, ‘सम्बोधन नयाँ आए पनि नियम कानुन उस्तै छ।’ जिल्ला समन्वय समिति प्रमुख बनेका बूढा कार्यकर्तामा व्यापक विचलनसमेत आएको बताउँछन्। उनी सरकारले विद्रोहको बाटो रोजेको विप्लव नेतृत्वको नेकपा पनि मुलधारमा आउने बाटो खोल्नुपर्ने बताउँछन्।

‘पार्टीले दिएको ठूलो योजना र विश्वासअनुसार कार्यदिशाअगाडि नबढेपछि यसो भएको हो। कार्यदिशाअनुसार पार्टीअगाडि नबढे पछि घुम्तीमा आइपुग्दा विचलन सुरु भएको छ।’ आफ्ना कार्यकर्ताको जीवनशैली नजिकबाट नियालेका बुढा भन्छन्, ‘हिजो रक्सीका ड्रम फुटाउनेहरू, परस्त्री गमन गर्नेलाई सफाया गर्नेहरू अर्थात् सप्रिएका भन्नेहरू नै बिग्रिए।’ केही समयपहिले उनले जिल्लाको एउटा औपचारिक कार्यक्रममै आफ्ना कार्यकर्ताका व्यवहारलाई लिएर आक्रोशसमेत पोखेका थिए।

सानै उमेरमा माओवादी युद्धमा होमिएका पूर्वलडाकुका कम्पनी कमाण्डर कमाण्डर नवीन लोचन मगर अहिले रोल्पामा बसेर पत्रकारिता गर्दैछन्। माओवादीले भनेको जनयुद्ध लडेका उनी पछिल्लो समय देखिएको युद्ध लडेर आएकाको गतिविधिले असन्तुष्ट छन्। ‘नेतृत्वमा परिवारवाद हाबी भयो। कार्यकर्ता सामाजिक र सांस्कृतिक विचलनमा छन्। नगर्नुपर्ने गतिविधिमा तत्कालीन माओवादी नेता कार्यकर्ताको उल्लेख्य सहभागिता देखिन्छ।’

माओवादी द्वन्द्वलाई नजिकबाट भोगेका नवीन यतिखेर जनयुद्ध सही थियो या गलत भन्नेमै अन्योलमा देखिन्छन्। ‘सुसासनका सवालमा पाटी पंक्ति चुकेको देखिन्छ। कार्यदिशा नै परिवर्तन भएको छ।’ उनी पार्टी एकीकरणले जनयुद्धको बाटो नै फेरिएको अनुभव गर्छन् भने सँगै लडेका साथीहरू फेरि पनि मूलधारभन्दा बाहिर गएकोमा दुःखी छन्। ‘अब शान्तिपूर्ण ढंगबाट विकास अगाडि लैजानुको विकल्प छैन। त्यसैले विप्लव समूह पनि मूलधारमा ल्याउनुपर्छ।’

विगतमा १० वर्ष बन्दुक समाएर परिवर्तनका लागि लडेका पूर्वडाकुको अवस्थाबारे दुवै नेकपाका नेतृत्वलाई कुनै जानकारी छैन। कति विदेसिए भने कति अपांग छन्। अन्य कति लडाकुको अवस्थामा नाजुक छ। तर यसको कुनै तथ्यांक नराखेका दलहरूले भाषणमा समेत सम्झिन छाडेका छन्। नवीन भन्छन्, ‘पूर्वलडाकुका बारेमा सरकारी र विद्रोही दुवै पक्ष सधै मौन छन। योगदानको कुनै कदर भएन।’ यतिबेला उनि माओवादीले माओवाद भुलेको देखेर अचम्मीत छन्।
अर्को समाचार
माओवाद भुलेका माओवादी
०१ फागुन २०७७
•
२ मिनेट पाठ
माओवाद भुलेका माओवादी
पाँचौँ डिभिजन दहवनमा प्रचण्डसंग पूर्व कमाण्डर राजबहादुर बुढा । थवाङको प्रबेशद्वारमा बनाइएको स्केच ।
२०५२ साल फाल्गुन १ गते रोल्पाको ‘होलेरी’ इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूमिगत भएको थियो। त्यो आक्रमणका ३ जना हस्तीहरु अहिले रोल्पाबाट निर्वाचित जनप्रतिनिधि छन्। प्रतिनिधि सभामा जितेका बर्षमन पुन, प्रदेशसभा ‘क’ बाट निर्वाचित कुलप्रशाद केसि सोनाम र ‘ख’ बाट निर्वाचित दिपेन्द्र पुन सिजल ‘होलेरी’ आक्रमणमा सहभागी पात्र हुन्। त्यसो त आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन वर्तमान उपराष्ट्रपति छन्।




सोहि १० वर्षे सशस्त्र द्वन्द्वका अर्का रोल्पाली हस्ती नेत्रबिक्रम चन्द 'विप्लव' यतिबेला एकीकृत जनक्रान्तिका नारा बोकेर भूमिगत छन्। हिजो संगै युद्ध लडेका विप्लवका धेरै सकृय कार्यकर्ता जेल वा हिरासतमा छन्। एकले अर्कोलाई सिध्याउने लक्ष्य बोके जस्ता देखिने हिजोका उग्र माओवादीहरुले माओवाद भने बिधिवत भुलिसकेका छन्।  

चार वर्ष अगाडि रोल्पाको थवाङमा भएको अधिबेशनमा माओवादलाई उतै छाडेर आएको विप्लव नेतृत्वको बिद्रोही नेकपा र एमालेसंग पिरति गास्दा माओवादलाई छेउतिर पन्छाएको सरकारी नेकपाका गतिबिधिले पूर्व लडाकु र कार्यकर्ता भने यतिबेला असन्तुट र अन्यौलमा देखिन्छन्। होलेरी आक्रमणसंगै भूमिगत भएको तत्कालीन माओवादी र उसका नेतृत्वले पछिल्लो राजनीतिक परिवर्तनमा आफ्नो अमूल्य भूमिका रहेको दाबी गर्दै देश समृद्धिको बाटोमा अगाडि बढेको बताइरहँदा आम जनमासमा असन्तुष्टि बढ्दै गएको हो।  

अहिले सम्म राजनीतिक परिवर्तन बाहेक समय क्रमले भएको वा हुन सक्ने विकास बाहेक केही भएन भन्ने गुनासो युद्धमा लागेकैहरु बताउँछन्। परिवर्तनको मिठो सपना बोकेर २५ वर्ष अगाडि बन्दुक समाएका लडाकुहरु समेत यतिबेला अलमलमा देखिन्छन्। पछिल्लो समय तत्कालीन माओवादी कार्यकर्तामा आएको बिचलन देखेर माओवादी कार्यकर्तासंगै पूर्व लडाकु समेत दिक्क छन्।  

बिगतमा १० वर्ष बन्दुक समाएर परिवर्तनका लागि लडेका पूर्वलडाकुको अवस्थाका बारेमा दुबै नेकपाका नेतृत्वलाई कुनै जानकारी छैन। कति विदेशीय, कति अपाङ्ग छन् वा अन्य कति लडाकु बिजोग अवस्थामा छन् भन्ने कुनै तथ्याङ्ग नराखेका दुबै दलहरुले भाषणमा समेत सम्झिन छाडेका छन्। राज्य ब्यवस्था परिवर्तन गर्न पहल गरेका तत्कालीन माओवादीहरु सत्तामा पुगेपछि बिचलन भएको जिल्ला स्तरीय कार्यकर्ताको ठम्याई छ।  

माओवादलाई औपचारिक रुपमै कार्यदिशाबाटै फालेर सत्ता लोलुपतामा नेतृत्व झुमेको जिल्लास्तरीय एक माओवादी कार्यकर्ता बताउँछन्। ‘हिजो कुरा फरक थियो। आज सत्तामा पुगेपछि उनिहरुको रहनसहन नै फेरिएको छ। हिजो रक्सीका ड्रम फुटाउनेहरु, परस्त्री गमन गर्नेहरुलाई सफाया गर्नेहरु अर्थात सप्रिएका भन्नेहरु नै बिग्रीए।’ उनि भन्छन्, ‘जनयुद्ध जनताका लागि नै थियो या धोका थियो समिक्षा गर्ने बेला आएको छ।’

सहिद परिवार, बेपत्ता परिवारसंगै घाइते अपाङग, अपहरण, लुटपाट, टुहुरा अनि एकल महिलाको अवस्थाका बारेमा केन्द्र, प्रदेश र स्थानीय सरकारहरु मौन बसेपछि द्वन्द्व पीडितहरुको बिचल्ली भएको हो। सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगले पनि गतिलो काम नगरेका कारण संक्रमणकालिन न्याय कुहिरोको काग जस्तै अन्यौलमा छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस