आरोह–अवरोहबिच खनालको कार्यकाल
२५ माघ २०७६
•
११ मिनेट पाठ
आरोह–अवरोहबिच खनालको कार्यकाल
फाइल तस्बिर
काठमाडौं – कार्यकालको बेला केही राम्रा काम गरेर आफ्नो छवि उँचो बनाउने योजनासहित नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पद सम्हाले सर्वेन्द्र खनालले कार्यकालभर मिश्रित जिम्मेवारी निभाए। उनको कार्यकालमा प्रदेश तहमा प्रहरी संगठन विस्तार, नयाँ कानुनको अभ्यास, राजनीतिक दबाब, निर्वाचन सुरक्षाजस्ता चुनौतीको सामना नेपाल प्रहरीले खेप्यो।




कानुनविपरीत गुण्डाहरूमाथि प्रहरी इन्काउन्टर, निर्मला पन्त हत्या प्रकरण र ३३ किलो सुन काण्डजस्ता घटना उनको कार्यकालमा छताछुल्ल भए। हप्तामा एकपटक बस्नैपर्ने ‘पोलिसी कोर्डिनेसन कमिटी’को बैठक उनको कार्यकालमा जम्माजम्मी पाँचपटक मात्रै बस्यो। निरन्तर गर्नुपर्ने काम नहुँदा त्यसले प्रहरी संगठनलाई अलि कमजोर बनाएको महसुस पूर्व प्रहरीले गरे। पूर्व डिआइजी हेमन्त मल्लले खनालको कार्यकाल सरसर्ती हेर्दा केही राम्रा कामबिच विवादित घटना धेरै भएको तर्क राखे। इन्काउन्टरको विषयमा प्रहरीले पहिलेदेखि नै आलोचना खेप्दै आएकाले खनालको कार्यकालमा पनि त्यसले निरन्तरता पाएको उनको भनाइ छ। ‘बितेका २ वर्षमा राज्यको शासन प्रणाली नै फेरिएको थियो, प्रहरी पनि यसैमा ‘मोभ’ भएर शान्तिसुरक्षा दिनुपर्ने बाध्यता थियो, त्यसकारण नराम्रो भन्न मिल्दैन किनकि अहिलेको सरकारमा प्रहरीले धेरै आरोहअवरोह झेलेको छ,’ उनले भने।

पूर्व एआइजी देवेन्द्र सुवेदीले खनालको कार्यकाल सबैभन्दा कठिनाइले बितेको बताए। उनले खनालले त्यति उत्कृष्ट काम नगरे पनि शान्तिसुरक्षा खलबल्याउने विषयमा निकै सजग भएको जानकारी दिए। उनले भने, ‘उहाँको कार्यकाललाई गलत भन्न मिल्दैन, किनकि देशको अवस्थाअनुसार प्रहरीले सुरक्षा दिने हो।’ केही प्रहरीले खनालको कार्यकाल राम्रो भनेर वकालत गरे पनि पूर्वआइजिपीहरू भने उनको कार्यकालप्रति पुरै असन्तुष्ट देखिए। प्रहरी संगठन परिचालन र उत्साहमा थप्ने विषयमा खनालको नपुगेको आइजीपिहरूको तर्क छ। आइजिपीले प्रहरी संगठनलाई धमिरो लगाएर छाडेको टिप्पणी उनीहरूको छ। ‘उहाँको कार्यकाल पूरै असफल भयो, प्रहरी संगठनमा एकता, सामूहिकता र प्रतिबद्धताको भावना झन् कमजोर बन्योे,’ एक पूर्व आइजिपीले भने, ‘प्रहरी संगठन हालसम्मकै झन् डामाडोल भयो, कर्मचारीमा वितृष्णा पैदा गरियो, हप्ता–हप्तामा बस्नुपर्ने ‘पोलिसी कोर्डिनेसन कमिटी’ बैठक सो अवधिमा पाँचपटक पनि बसेन, यो सबै खेदजनक छ।’ उनका अनुसार व्यक्तिगत स्वार्थले गर्दा संस्था कमजोर बनेको छ। प्रहरी नागरिकको साथी भने पनि विश्वसनीयता गिर्ने काम गरिएका छन्।

अर्का एक पूर्वआइजिपीले पनि उनको कार्यकालको त्यसैगरी आलोचना गरे। ‘प्रहरी संगठन कमजोर भयो, गर्नुपर्ने धेरै काम गरिएनन्, खाली औपचारिक कार्यक्रममा मात्रै भाग लिने परम्पराको विकास भयो, प्रहरीको जग बलियो बनाउनेतर्फ ध्यान दिइएन, ती पूर्व आइजिपीले भने, ‘राजनीतिक स्वार्थमा लाग्दा समाजमा प्रहरीले गर्नुपर्ने धेरै काम छाडिएका छन्, मुख्य घटनाहरूमा पनि प्रहरी चुकेको छ, त्यसले कार्यकाल त्यति राम्रो हुन सकेन।’

खनालले २०७४ चैत २९ देखि आइजिपी पद सम्हालेका थिए। अहिले उनी आफ्नो कार्यकालको उत्तराद्र्धमा छन्। यही माघ २९ गतेदेखि उनी पदबाट अवकाश लिँदै छन्। आपराधिक घटनाको सत्यतथ्य उजागर, अनुसन्धानसँगै जनतालाई शान्तिसुरक्षा प्रत्याभूत गराउने निकायको मुख्य जिम्मा सम्हालेका खनालको कार्यकाल काम प्रहरीले त्यति प्रभावकारी भूमिका निभाउन नसकेको सुरक्षा अधिकारी बताउँछन्। ‘उनको कार्यकालमा देशभर हलचल मच्चाउने ठूला आपराधिक क्रियाकलाप भए,’ गृह मन्त्रालयका एक पूर्वसचिवले भने, ‘सामान्य अपराधबाहेक केही जघन्य अपराधको कारबाही किनारा लगाउने काममा खनाल त्यति सफल हुन सकेनन्।’

विषेशतः दुईवटा आपराधिक घटना केलाउन नसक्दा खनालको ‘खोट’ पकड्ने बहाना त्यही बन्यो। निर्मला पन्त हत्या प्रकरण र ३३ किलो सुन प्रकरणमा खनाल चुकेको उनी आफै स्विकार्छन्। तर, प्रहरीले गर्नसक्ने ठाउँ हुँदाहुँदै पनि पर्याप्त अनुसन्धान नगरेको आरोप उनीमाथि छ। ‘प्रहरीले हरेक मुद्दामा सन्तुलन ढंगले अनुसन्धान गर्न सक्नुपर्छ, तर केही घटनामा प्रहरी चुकेको छ, यसले विश्वास र दायित्व बिर्साउँछ,’ एक पूर्व आइजिपीले भने।

उनको कार्यकालमा अनुसन्धान नभएको घटना ३३ किलो सुन प्रकरण पनि हो। यसको जवाफ अहिले पनि प्रहरीसँग छैन। अनुसन्धान र छानबिन गर्न समिति बनेको भए पनि कुनै कार्यान्वयन भएको देखिँदैन।

ठूला घटनामा कारबाही

त्यसो त खनालको पालामा केही हदसम्म भ्रष्टाचार तोड्ने काम पनि भएका छन्। उनको कार्यकालमा भएका कारबाहीका कतिपय घटना इतिहास बन्ने देखिएका छन्। सिआइबीले गरेको ललितानिवास जग्गा प्रकरणको अनुसन्धान, विप्लव समूहका १२ सय जनालाई नियन्त्रणमा लिएर भएको कारबाही, सिके राउत, श्याम परदेशी, रामबाबु, रूपज्योति, मोहम्मद आफताब आलमजस्ता ठूलाबडा भनाउँदालाई खनालले तह लगाए। यी उनकै कार्यकालमा प्रहरीले गरेका मुख्य काम हुन्। त्यस्तै, पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दामा कारबाही अघि बढाउने पनि प्रहरी नै हो। बाँकेका दीपक हेमकारको परिवार हत्यामा संलग्न पक्राउ, पूर्वराजदूत केशव झाको हत्या अनुसन्धान, जबर्जस्ती करणीका फरार प्रतिवादी १९ वर्षपछि अमेरिकाबाट पक्राउ, बैंक एटिएम ह्याकिङ घटना अनुसन्धानलगायत काम खनालको कार्यकालमा भए।

राजस्व संकलनमा सफलता

प्रहरीले राजस्व संकलनमा पनि मुख्य भूमिका निर्वाह गर्दै आइरहेको छ। २०७५ वैशाखयता प्रहरीले गरेका कारबाहीबाट राजस्व रकम बढेको छ। फरार अभियुक्तबाट ७३ करोड ७ लाख बिगो र अन्य राजस्व गरी ३ अर्ब ४१ करोड ३७ लाख राजस्व संकलन भएको छ। जसमध्ये सुन बरामदबाट ६७ करोड ४७ लाख ७४ हजार ४ सय, ट्राफिक कारबाहीबाट १ अर्ब २९ करोड ३१ हजार र भन्सार छलीबाट १ अर्ब ४२ करोड ८६ लाख २४ हजार रुपैयाँ संकलन भएको हो।

द्विपक्षीय तथा बहुपक्षीय अन्तर्राष्ट्रिय सम्झौता

आइजिपी खनालको कार्यकालमा संयुक्त राष्ट्रसंघ शान्ति स्थापना मिसनसँग नयाँ सम्झौतापत्रमा हस्ताक्षर भयो। आवश्यक शान्तिसुरक्षा आदानप्रदान गर्ने भनेर सहमति पनि भयो। कतारसँग सुरक्षा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो। सो समझदारीबाट संगठित अपराध, आंतङकवादजस्ता अपराधको न्यूनीकरणको लक्ष्य राखिएको छ। खनालले संयुक्त (इन्टरपोल) को वार्षिक साधारण सभामा सहभागिता जनाएका थिए।

अपराध अपरेसन

उनको कार्यकालमा प्रहरीले अवैध बाटोबाट ल्याइएको ४२ केजी सुन बरामद ग¥यो। दुई हजार ७ सय ९० केजी गाँजा बरामद भयो। ५ सय २८ केजी चरेस, १६ केजी हेरोइन, २२ केजी अफिमजस्ता लागुपदार्थ बरामद भए। त्यसको ओसारपसार र कारोबारमा संलग्न २ हजार ८ सय ९० जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दर्ता भई कारबाही अघि बढ्यो। ४९ हजार ३ सय ४६ लिटर घरेलु मदिरा नष्ट गरियो। १ सय ५२ थान अवैध हातहतियार बरामद भए। विभिन्न व्यक्ति तथा लुकाइराखेको अवस्थामा २ सय ८३ राउन्ड गोली र १ सय ५० जना संलग्न व्यक्ति पक्राउ गरिए। त्यस्तै, लामो समयदेखि फरार ७ सय ३२ जना पक्राउ परे। नेपालभित्र अपराध गरी फरार रहेकामध्ये विदेशबाट ५ जना पक्राउ गरेर नेपाल ल्याई कारबाही गरियो।
अर्को समाचार
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
२९ मिनेट अघि
•
१ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।

पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।

‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।

पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।

पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ



उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस