नेकपाका अधिकांश केन्द्रीय सदस्य एमसिसीको विपक्षमा, भीम रावललाई मत्थर पार्ने प्रयास
१७ माघ २०७६
•
११ मिनेट पाठ
नेकपाका अधिकांश केन्द्रीय सदस्य एमसिसीको विपक्षमा, भीम रावललाई मत्थर पार्ने प्रयास
काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अधिकांश केन्द्रीय सदस्य अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिएका छन्। १५ समूहमा भएको छलफलमा अधिकांश केन्द्रीय सदस्यहरूले एमसिसीको विरोध गरेका हुन्। उनीहरूले कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारले सैन्य रणनीतिअन्तर्गत आएको सहयोग स्वीकार गर्न नहुने बताएका थिए। केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बैठकको उद्घाटन सत्रमा दिएको अभिव्यक्ति चित्तबुझ्दो नभएको प्रतिक्रियासमेत दिएका थिए। उनीहरूले विज्ञ समूह बनाएर त्यसले दिएको रिपोर्टका आधारमा मात्रै एमसिसीबारे निर्णय गर्न सरकारलाई सुझाव दिए।




पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही, जनवर्गीय संगठन कार्यालय पेरिस डाँडा र राष्ट्रिय सभागृहमा छुट्टाछुट्टै समूहमा छलफल गरेका केन्द्रीय सदस्यहरूले एमसिसी अमेरिकाको सैन्य रणनीति भए÷नभएको विवाद रहेको तथा राष्ट्र नै विभाजित भएको अवस्थामा त्यसलाई स्वीकार गर्न नमिल्ने बताएका थिए। केन्द्रीय सदस्य शिवबहादुर बस्नेतले विज्ञहरूको समूह बनाएर त्यसले दिएको प्रतिवेदनका आधारमा मात्रै एससिसी स्वीकार गर्ने कि नगर्ने निर्णयमा पुग्न सरकारलाई सुझाए। उनले आफ्नो समूहका सदस्यहरूले एमसिसीको विरोध गरेको बताए। त्यस्तै अर्की केन्द्रीय सदस्य रचना खड्काले नेपालमाथि प्रभुत्व र प्रभाव जमाउने अमेरिकाको उद्देश्य हो भने त्यस्तो सहयोग स्विकार्न नहुनेमा जोड दिइन्। आफ्नो समूहका पनि अधिकांश नेता एमसिसी स्वीकार गर्न नहुने पक्षमा रहेको उनले बताइन्।

छलफलका लागि तयार गरिएको एउटा टोलीका नेतासमेत रहेका ठाकुर गैरेले सरकार सञ्चालन, एमसिसी, सीमा विवादजस्ता विषयलाई केन्द्रमा राखेर केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेको बताए। ‘विषय धेरै उठेका छन्। सरकार सञ्चालन तथा अन्य कामबारे पक्षविपक्षमा कुरा उठ्नु स्वाभाविक हो। बहस अझै बाँकी छ। २७ जनाले बोलिसकेका छन्। अब बाँकी दुई सदस्यले बोल्ने पालो रहेको छ,’ गैरेले भने। स्रोतका अनुसार अधिकांश नेताले एमसिसीको विषयलाई मुख्य एजेन्डै बनाएर आफ्नो धारणा राखेका थिए। लेखनाथ न्यौपाने, राम कार्की, राजेन्द्र राई, जगन्नाथ खतिवडा टोली नेता रहेका समूहका केन्द्रीय सदस्यहरू पनि एमसिसीको विपक्षमा देखिएका थिए। छलफलमा सहभागी नेताहरूका अनुसार बहुमत केन्द्रीय सदस्यले त्यसको विरोध गरेका थिए। उनीहरूले सो लगानीलाई शंकास्पदसमेत भनेका छन्। सरकारी नियुक्ति र सीमा विवाद, नेताहरूको सम्पत्ति छानबिनलगायत विषयले पनि छलफलमा उत्तिकै स्थान पाए।

१५ समूहमा भएको छलफलमा अधिकांश केन्द्रीय सदस्यहरूले एमसिसीको विरोध गरेका हुन्। उनीहरूले कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारले सैन्य रणनीतिअन्तर्गत आएको सहयोग स्वीकार गर्न नहुने बताएका थिए।

समूह १ को नेतृत्व उर्मिला अर्याल र आनन्द पोखरेलले गरेका छन्। समूह २ का टोली नेता कमला रोका, उपनेता कृष्ण राई र कृष्णध्वज खड्का चुनिएका छन्। समूह ३ को नेतृत्व गर्नेमा खिमलाल भट्टराई, समूह ४ मा जगन्नाथ खतिवडा र ५ मा ठाकुर गैरे छानिएका छन्। समूह ६ का नेतामा दीनानाथ शर्मा, ७ मा पूर्णकुमारी सुवेदी र उपनेता निरज आचार्य छन्। समूह ८ को अगुवाइ गर्नेमा नेता विन्दा पाण्डे, उपनेता बलराम बाँस्कोटा र बलावती शर्मा छानिएका छन्। समूह ९ को टोली नेतामा भगवती चौधरी र उपनेतामा भाष्कर काफ्ले चुनिँदा समूह १० ले भने नेता चयन गर्नै सकेको छैन। यज्ञराज सुनुवार, महेश बस्नेत, युवराज चौलागाईलगायत नेताहरूले बहस नोट गरिरहेका छन्। समूह ११ मा राजेन्द्र राई, समूह १२ मा रेणु दाहाल, समूह १३ मा लेखनाथ न्यौपाने र उपनेता सावित्रा भुसाल छन। समूह १४ का नेता राम कार्की र उपनेता शिवमाया तुम्बाहाम्फे, समूह १५ को टोली नेतामा हिमाल शर्मा छन्। अधिकांश नेताले बोलिसके पनि उनीहरूको बहस नोट लेखन भइरहेको छ।

ठेकेदार हाबी भएको भन्दे विरोध

पार्टीभित्र राजनीति गर्नेभन्दा ठेकेदारी गर्ने हाबी हुन थालेको भन्दै केन्द्रीय सदस्यहरूले चर्को विरोध गरे। यस्तै अवस्था रहे आउँदो चुनावमा पार्टीका नेताभन्दा पनि ठेकेदारको बिगबिगी हुने उनीहरूको भनाइ थियो। ‘हाम्रा पार्टीका शीर्ष नेताहरूलाई ठेकेदारहरूले प्रभावित पार्न थालेका छन्,’ एक केन्द्रीय सदस्यले भने, ‘ठेकेदारका लागि मस्ती गर्न हामीले क्रान्ति गरेका होइनौं। पार्टीमा उनीहरूले कब्जा जमाउन सक्ने खतरा बढ्यो।’ त्यसैगरी ठेकेदारका कुरा सुन्ने र तिनै ठेकेदारले काम नगर्दा सरकार र पार्टीका नेतासमेत बदनाम भएको उल्लेख गर्दै उनीहरूले पार्टी नेतृत्वको ध्यानाकर्षण गराए। पैसाको बिटो लिएर हिँडे मात्रै पार्टीको असली नेता–कार्यकर्ताका रूपमा गणना हुन थालेको भन्दै केन्द्रीय सदस्यहरूले नेतृत्वको आलोचना गरेका हुन्। केन्द्रीय सदस्यहरूले पार्टीभित्र बिचौलिया हाबी हुन थालेकोप्रति पनि चिन्ता व्यक्त गरे।

सीमा विवाद सुल्झाउन सुझाव

नेकपाका अधिकांश नेताहरूको ध्यान एमसिसीपछि सीमा विवादतर्फ केन्द्रित भएको थियो। उनीहरूले कालापानी लिम्पियाधुरा तथा नेपाल भारत सीमा विवादलाई यही सरकारले टुंग्याउने अवसर आएको भन्दै चाँडोभन्दा चाँडो भारतसँग कुरा गरेर सीमा विवाद टुंगो लगाउन सुझाव दिए। झपट रावल, हेमकुमार राई, अजम्बर काङमाङलगायत नेताले सीमा विवादबारे सरकार गम्भीर नभएको औंल्याउँदै तत्काल त्यो समस्या सुल्झाउन र नेपालको राजनीतिक तथा भौगोलिक दुवै नक्सा प्रकाशन गरेर जनतालाई जानकारी दिन सुझाए। ‘सीमा विवाद सुल्झाउन राष्ट्रिय सहमति जुटेको अवस्थाका कहाँ, किन र कसरी ढिलाइ भएको भनी जानकारी दिन उनीहरूले माग गरेका छन्,’ बैठक स्रोतले भन्यो। उनीहरूले सरकारी नियुक्ति पारदर्शी नभएको र सरकारले गरेका काममा समेत विवाद सिर्जना भएको, सरकारले ल्याएका अधिकांश विधेयकमा विवाद आएको विषयलाई पनि महŒव दिए। पार्टीभित्र समान्तवाद हाबी हुन थालेको र नेताहरू व्यक्तिवादी चरित्रमा रमाउन थालेको विषयले पनि प्राथमिकता पाएको थियो।

बक्स

भीम रावललाई मत्थर पार्ने प्रयास

अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा निरन्तर उभिएका स्थायी कमिटी सदस्य भीम रावललाई मत्थर पार्ने कोसिस भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनलाई भेटेरै एमसिसीबारे मौन बसिदिन आग्रह गरेको जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा दाहालले रावललाई बोलाएर त्यसबारे छलफल गरेका थिए। तर रावलले आफू प्रमाणबिना नबोल्ने भएकाले यो विषयमा जहाँ र जस्तो ठाउँमा पनि धारणा राख्न सक्ने बताएका थिए।

स्रोतका अनुसार केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघि पार्टी काममा अछाम रहेका रावललाई पार्टी अध्यक्ष दाहालले निरन्तर फोन गरेर काठमाडौ बोलाएका थिए। १४ गते साँझ काठमाडौं आउने तयारीमा रहेका रावल अध्यक्ष दाहालको निरन्तर फोनका कारण १२ गते साँझ नै काठमाडौं आएका थिए। काठमाडौं आएपछि सुरुमै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरे। त्यसपछि दाहालसँग भेटेर उनले आफ्ना कुरा राखेका थिए। उनले केन्द्रीय कमिटीको बैठकमा एमसिसीलाई छलफलको एजेन्डा बनाउन अध्यक्ष दाहाललाई आग्रह गरेका थिए। तर १५ गतेको बैठकको एजेन्डामा एमसिसी नदेखेपछि हलबाट उठेर उनले एजेन्डा मागे गरे। सोहीअनुसार अहिले केन्द्रीय कमिटीको बैठकमा एमसिसीमाथि बहस भएको छ।
अर्को समाचार
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
३९ मिनेट अघि
•
१ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।

पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।

‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।

पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।

पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ



जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५३ सेकेन्ड अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस