सहमति खोज्दै कांग्रेस शीर्ष नेता
२८ पौष २०७६
•
१ मिनेट पाठ
सहमति खोज्दै कांग्रेस शीर्ष नेता
फाइल तस्बिर: नागरिक
काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि आन्तरिक छलफलमा जुटेका छन्। केही दिनदेखिको संवादहीनतालाई तोड्दै आइतबार साँझ सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भयो। छलफल देउवा निवास बुढानीलकण्ठमा भएको हो।




छलफलमा पौडेल र सिटौलाले केन्द्रीय समितिले बहुमतका आधारमा १४औं महाधिवेशनका विषयमा लिएका निर्णय सच्याउन सभापति देउवालाई आग्रह गरे। १४औं महाधिवेशनको सार्वजनिक कार्यतालिका व्यवहारिक नभएको भन्दै संशोधन गर्नुपर्ने प्रस्ताव पौडेल र सिटौलाले राखे। तर, सभापति देउवाले महाधिवेशन कार्यतालिकामा केही संशोधन सकारात्मक देखिए पनि मिति भने परिवर्तन नहुने बताए।

नेता पौडेल नयाँदिल्लीबाट फर्केपछि विवाद समाधानका विषयमा थप छलफल गर्ने समझदारी भएको स्रोतको दाबी छ। पौडेल सोमबार नयाँदिल्ली जाँदैछन्।
अर्को समाचार
सहमति खोज्दै कांग्रेस शीर्ष नेता
०८ माघ २०७६
•
३ मिनेट पाठ
सहमति खोज्दै कांग्रेस शीर्ष नेता
काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न बुधबार शीर्ष नेताबीच छलफल हुने भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ बजे नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताबीच छलफल हुन लागेको हो।




उपसभापति विमलेन्द्र निधिसहित पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौलाबीच सोमबार भएको छलफलअनुसार देउवा र पौडेलसमेतको उपस्थितिमा सहमतिको प्रयासमा नेताहरू जुट्न लागेका हुन्। दोस्रो तहका नेताले पार्टीको १४औं महाधिवेशनको मिति कार्य राखेर तल्लो तहका अधिवेनका कार्यतालिका संशोधन गर्ने समझदारी गरेका छन्। तर, त्यसलाई शीर्ष नेताकै सहभागितामा अन्तिम निर्णय दिने र त्यो बैठक सभापतिले बोलाउने उनीहरूबीच समझदारी बनेको थियो। २०७७ फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने सार्वजनिक गरेको छ। तल्लो तहको अधिवेशनको कार्यतालिका कति र कहिलेका लागि सार्ने टुंगो लाग्न बाँकी छ।

तीन नेताहरूबीच पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल गठनका विषयमा पनि छलफल भएको छ। पूर्व समझदारी अनुसार पौडेल पक्षले संघमा ४० प्रतिशत र तरुण दलमा ३५ प्रतिशत पाउनुपर्ने अडान दोहो¥याएको छ।तर, पुरानो वा नयाँ विधानअनुसार कार्यसमिति गठनमा असन्तुष्ट पक्ष लचिलो देखिएको छ।

पार्टीको विभाग थपका विषयमा नेताहरूबीच यसअघि नै समझदारीमा पुगेको जनाउँदै असन्तुष्ट पक्षको माग अनुसार केन्द्रीय समितिको पुस ११ गतेको बैठकले निलम्बन गरीएका विधानका धाराहरू फुकुवा गर्न पनि संस्थापन पक्ष लचिलो देखिएको छ। असन्तुष्ट पक्ष पनि महाधिवेशन हुने एक वर्ष पहिला नै स्थानीय तहको अधिवेशन गर्नुपर्ने विधानको व्यवस्था निलम्बन गर्न भने सकारात्मक देखिएको छ। आफ्नो पक्षको सहभागिता बिनामहाधिवेशनको कार्यतालिका सार्वजनीक गरीएको भन्दै असन्तुट पक्षले त्यसलाई संशोधन गर्नुपर्ने जनाउँदै आएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस