गुट–उपगुटले ग्रस्त कांग्रेस
०९ पौष २०७६
•
८ मिनेट पाठ
गुट–उपगुटले ग्रस्त कांग्रेस
काठमाडौं – पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ। विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ। तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधि अनुसार पार्टी चलाउन पनि सकेनन्।




१३औं महाधिवेशन अन्त्यसँगै अर्को महाधिवेशनको जोडघटाउ र नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा सुरु हुँदा कांग्रेसमा उल्ट्टै गुटबन्दी झागिन पुग्यो। जसले गर्दा पार्टी पनि विधिअनुसार चल्न सकेन। आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह कांग्रेसमा सक्रिय हुँदा केन्द्रदेखि गाउँसम्मको संगठन विभाजित भएको छ। केन्द्रीय र जिल्ला समितिबाहेक पार्टीका सबै निकाय र अंग निष्क्रिय बनिरहेका बेला १४औं महाधिवेशनको कार्यतालिकालाई लिएर केन्द्रीय समिति पनि अनिर्णीत बन्न पुगेको छ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजयपछि राष्ट्रिय राजनीतिमा पनि भूमिकाबिहीन बनेकोे कांग्रेसका नेताको ध्यान अहिले पनि संगठन होइन गुट निर्माणमै केन्द्रित छ। नेताहरू संगठन बनाउनभन्दा पनि एकअर्कालाई कमजोर देखाएर/बनाएर आगामी महाधिवेशनको परिणाम अआफ्नो पक्षमा पार्न उद्यत् देखिन्छन्। संस्थापन र इतर पक्ष आआफ्नै स्वार्थखातिर सक्रिय हुँदा करिब दुई साताअघि बोलाइएको केन्द्रीय समिति बैठक बस्न सकेको छैन।

मंसिर २९ देखि सुरु केन्द्रीय समिति बैठकको अजेन्डामा १४औं महाधिवेशनको कार्यतालिका नपरेको भन्दै नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्दै आएका छन्। असन्तुष्ट पक्षको बहिष्कारपछि संस्थापन सभापति देउवा पक्षले सहमतिको प्रयासस्वरुप थाले पनि अहिलेसम्म दुई पक्ष समझदारीमा पुग्न सकेको अवस्था छैन। १४औं महाधिवेशन २०७७ को मध्य फागुनमा गर्नेगरी केन्द्रीय समितिबाट कार्यतालिका पारित गर्न दुवै पक्ष सहमत भए पनि भ्रातृसंस्था नेपाल विद्यार्थी संघको कार्यसमितिमा कुन पक्षले कति कोटा लिने भन्ने विवाद पेचिलो बनेको छ। आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने र टिक्ने रणनीतिका गुट र समूहहरूले आआफ्नो स्वार्थलाई केन्द्रमा राख्दा कांग्रेसभित्रको समस्या बल्झिँदै गएको छ।

१४औं महाधिवेशनलाई केन्द्रमा राखेर प्रभावशाली सबै नेताहरु आफ्नो स्वार्थ समूह बनाउन सक्रिय हुँदा उपगुटहरुको महासंघ जस्तो बन्न पुगेको छ कांग्रेस।

आधा दर्जन बढी गुट र समूहमा विभाजित कांग्रेसमा आठदेखि दसजना नेताले आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्ने आकांक्षा पालेका छन्। सभापति देउवा र नेता पौडेल नेतृत्वका दुई मुख्य गुटभित्र आधा दर्जन बढी उपगुट सक्रिय रहेको कांग्रेसमा उपसभापति विजयकुमार गच्छेदार, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र कुलबहादुर गुरुङ नेतृत्वका छुट्टछुट्टै समूह सक्रिय छन्।

नेता खुमबहादुर खड्काको निधनअघिसम्म उनले नेतृत्वमा अर्को शक्तिशाली समूह पार्टीमा सक्रिय थियो। खड्काको निधनपछि उक्त समूह देउवा नेतृत्व गुटभित्रको उपगुटमा विकास हुँदै आएको छ। साथै उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्कासहितको उपगुटहरू पनि देउवा गुटमा सक्रिय छन्। देउवा पत्नी आरजु पनि आफैं गुट बनाउन लागिपरेकी छिन्।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजयपछि राष्ट्रिय राजनीतिमा पनि भूमिकाबिहीन बनेकोे कांग्रेसका नेताको ध्यान अहिले पनि संगठन होइन गुट निर्माणमै केन्द्रित छ। नेताहरू संगठन बनाउनभन्दा पनि एकअर्कालाई कमजोर देखाएर÷बनाएर आगामी महाधिवेशनको परिणाम अआफ्नो पक्षमा पार्न उद्यत् देखिन्छन्।

देउवापछि कांग्रेसमा नेता पौडेल नेतृत्वमा अर्को शक्तिशाली गुट सक्रिय छ। प्रभावशाली सबै नेताहरु नेतृत्वका लागि दाबी गर्दै आफ्नो स्वार्थ समूह बनाउन सक्रिय हुँदा उपगुटहरुको महासंघ जस्तो बन्न पुगेको छ कांग्रेस। सभापति देउवाविरुद्ध पौडेल नेतृत्वमा गोलबद्ध देखिने गुटमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु रामशरण महत, शेखर कोइराला, सुजाता कोइराला आआफ्नै ढंगले सक्रिय छन्।

१३औं महाधिवेशनमा देउवा गुटबाटै महामन्त्रीको उम्मेदवार बनेका अर्जुननरसिंह केसी अहिले पौडेल नेतृत्वमा रहेको असन्तुष्ट समूहमा पुगेका छन्। १३औं महाधिवेशनमा तेस्रो धारको नेतृत्व गर्दै सभापतिको प्रत्यासी बनेका सिटौला प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयपछि देउवाविरुद्ध हुने पौडेल पक्षले राख्ने छलफलमा सहभागी हुने गरेका छन्। निर्वाचनको मुखमा गच्छेदारले आफ्नो नेतृत्वमा रहेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराए। ११ केन्द्रीय सदस्यसहित कांग्रेस फर्केका गच्छेदार नेतृत्वको समूहलाई देउवा र पौडेलपछिको शक्तिशाली गुटका रुपमा हेर्न थालिएको छ। पूर्वमहामन्त्री गुरुङ पनि बिपी विचार राष्ट्रिय समाजका नाममा आफ्नो समूह बनाउन अहिले पनि सक्रिय छन्।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
१२ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस