विशेष समितिले १६ महिनामा बुझायो प्रतिवेदन
०१ पौष २०७६
•
६ मिनेट पाठ
विशेष समितिले १६ महिनामा बुझायो प्रतिवेदन
बुटवल – प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न गठित विशेष समितिले १६ महिना लगाएर तयार पारेको प्रतिवेदन सोमबार प्रदेशसभाका उपसभामुख कृष्णी थारूलाइ बुझाएको छ। समितिका सभापति दीपेन्द्रकुमार पुनले बुझाएको सो सिलबन्दी प्रतिवेदनभित्र के कस्ता सुझाव सहितको सिफारिस छ भन्ने कुरा प्रदेशसभामा पेस भएपछि मात्रै बाहिर आउने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए।




प्रदेशको नाम लुम्बिनी र राजधानीका लागि रूपन्देही, दाङ र कपिलवस्तुको नाम समेटिएको सूचना समितिका सदस्यहरुले यसअघि नै चुहाइ सकेका छन्। त्यसमा प्रदेशको नाम लुम्बिनी राख्नेबारे खासै विवाद देखिएको छैन। तर राजधानीबारे भने रूपन्देही पहिलो प्राथमिकतामा रहे पनि विष्कर्ष निकालिएको छैन। त्यसपछि दाङ र कपिलवस्तु उपयुक्त हुन सक्नेगरी सुझाव दिइएको छ। बुटवल वा आसपासको क्षेत्रमा जमिन र पूर्वाधार सहज उपलब्ध हुन सक्नेगरी राजधानी निर्माण गर्न सकिने सुझाव दिइएको छ। दाङ र कपिलवस्तुलाई पनि स्थायी राजधानी बनाउन जनताको मागसँगै भूगोलका दृष्टिकोणले पायक भएकाले उपयुक्त हुन सक्ने उल्लेख गरिएको छ। ‘हामीलाइ थाहा भएसम्म फाइनल प्रतिवेदनको आशय यही नै हो तर भाषा तलमाथि हुन सक्छ,’ ती सदस्यले भने।

तर समितिअन्तर्गतकै भनिएको विशेषज्ञको टोलीले भने रूपन्देहीभन्दा दाङ र कपिलवस्तुलाई बढी प्राथमिकता दिएको स्रोतको दाबी छ। वातावरण, सुरक्षा र भूगोलविद्को टोलीले बुटवल तथा सैनामैनास्थित सालझण्डी क्षेत्रको विशेष अध्ययन गरेको थियो। त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिकाको शिवपुर क्षेत्र, बाणगंगा तथा बुद्धभूमि क्षेत्रको अध्ययन गरेको भए पनि यी स्थान भारतीय सीमाक्षेत्रबाट नजिक र जमिनको उपलब्धताका सम्बन्धमा प्रश्न उठाइएको स्रोतको दाबी छ। तर दाङको भालुवाङ–लमही तथा कालाकाटे क्षेत्रमा प्रशस्त जमिन उपलब्ध हुनुका साथै भौगोलिक दृष्टिकोणले पायक पर्ने विशेषज्ञले बताएका छन् तर त्यहाँको मुख्य चुनौतीमा पूर्वाधार अभाव राखिएको छ।

तर विशेष समितिका सभापति पुनले भने हल्ला चलाइए जस्तो प्रतिवेदनमा नभएको बताए। ‘समितिको प्रतिवेदनसँगै विशेषज्ञको प्रतिवेदन पनि संलग्न गरेर बुझाइएका छौं। बाँकी जानकारी प्रदेशसभामार्फत नै बाहिर आउने छ,’ पुनले भने। सके सहमति नभए संसद्को दुईतिहाइले नामकरण र स्थायी राजधानी तोक्नसक्ने संवैधानिक व्यवस्था भए पनि नाम र राजधानीबारे सिफारिस गर्न भन्दै २०७५ को साउनमा प्रदेससभामार्फत विशेष समिति गठन गरिएको थियो।

प्रदेश ५ मा ८७ सांसद छन्। दुइतिहाइका लागि ५८ मत आवश्यक पर्छ। नेकपाले ह्वीप जारी ग-यो भने उसँग स्पष्ट बहुमत छ। ८७ मध्ये कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५, जनमोर्चा र राजपाका १÷१ सांसद छन्। निर्वाचनका बेला बुटवल र दाङलाई प्रदेश राजधानी मुख्य अजेन्डा बनाएका तत्कालीन एमाले, माओवादी र नेपाली कांग्रेसका प्रतिनिधि र प्रदेश सांसद तथा प्रभावशाली नेताको लबिङ अहिले पनि निरन्तर छ। जसले प्रदेशको नाम र राजधानीको विषयलाई झन् जटिल बनाउँदै लगेको छ।

मुख्यमन्त्री शंकर पोखरेलसहित, प्रदेशका सभामुख, कानुनमन्त्री तथा दाङ, बाँके, बर्दिया, रोल्पा, रुकुम, प्युठानका सत्ता प्रतिपक्ष सांसद दाङको पक्षमा छन्। अन्य विषयमा सत्ता प्रतिपक्ष छुट्टै कित्तामा उभिएपनि राजधानीका विषयमा सांसदहरू क्षेत्रगत रूपमा एकमत छन्।

पछिल्लो समय विशेष समितिले कपिलवस्तुलाइ पनि चर्चामा ल्याइदिएपछि कपिलवस्तुका सांसद आफनै जिल्ला उपयुक्त भन्न थालेका छन्। रूपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँचीको समर्थन बुटवललाई छ। अन्तिम अवस्थामा कपिलवस्तुले दाङलाई भन्दा बुटवललाई नै समर्थन गर्ने बताइन्छ। बुटवल पक्षधरको मत बढी भए पनि दुईतिहाइ भने पुग्दैन।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
१२ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस