सुल्झिएन सीमा विवाद
२८ मंसिर २०७६
•
९ मिनेट पाठ
सुल्झिएन सीमा विवाद
धनगढी – कैलाली र कञ्चनपुरका स्थानीयले उपभोग गरिरहेको भूभागमा भारतीय अतिक्रमण नरोकिएपछि सीमा विवाद जटिल बनेको छ। नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले तीन वर्ष पहिलेदेखि ती जिल्लाको सीमा विवाद समाधान गर्न हराइरहेका सीमास्तम्भ निर्माण र भत्किएकाको मर्मत थाले पनि सो कार्यले पूर्णता पाउन सकेको छैन। कैलालीका भजनी, फूलबारीलगायत केही ठाउँमा नेपालीले उपभोग गर्दैै आएको जमिनमा भारतीय पक्षले अतिक्रमण गरेका छन्। नेपाली भूभाग अतिक्रमणमा परी सीमा विवाद जटिल रहेको कञ्चनपुरमा संयुक्त सर्भे टोलीले काम नै थाल्न सकेको छैन। कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी हराएका तीन सय २९ सीमास्तम्भ अझै निर्माण हुन सकेका छैनन्।




नेपाल र भारत सरकारबीचको सहमतिअनुसार तीन वर्षयता सर्भे टोलीले काम गरिरहेको हो। अहिलेसम्म दुईवटा सर्भे टोलीले काम गरिसकेका छन् भने यो वर्ष नयाँ सर्भे टोली बनाउन बाँकी रहेको बताइएको छ। पहिलोपटक प्रमुख नापी अधिकृत सुदर्शन धामी र गत वर्ष प्रमुख नापी अधिकृत जनकराज भट्टले संयुक्त टोलीमा नेपाली पक्षको नेतृत्व गरेका थिए। मंसिरदेखि जेठसम्म संयुक्त सर्भे टोलीले काम गर्ने गरेको धामीले बताएका छन्।

भूमि अतिक्रमणको विरोध जनताबाट

दुई देशका नक्सा, सीमा स्तम्भलगायतका आधारमा सर्भे टोलीले स्तम्भ हराएका स्थानमा सीमा निक्र्योल गरी नयाँ सीमास्तम्भ बनाउने गरेको छ। सर्भे टोलीमा रहेका नेपाल पक्षका कर्मचारीले भारतले अतिक्रमण गरेको भूभाग नेपालकै हो भनेर अडान राख्न नसक्दा समस्या आएको स्थानीय बताउँछन्। कैलालीको फूलबारी र भजनीका स्थानीयले उपभोग गर्दैै आएको भूभाग भारतले अतिक्रमण गरेको र त्यो भूभाग भारतमै पर्नेगरी सीमास्तम्भ राख्न संयुक्त सर्भे टोली मन्जुर भएपछि स्थानीयले विरोध गर्दै आएका छन्। ‘हाम्रा बुवाबाजेका पालादेखि प्रयोग गर्दै आएको जमिन भारतले आफ्नो भनेर अतिक्रमण गरेको छ, सीमाविवाद समाधान गर्ने संयुक्त सर्भे टोलीले पनि भारतले अतिक्रमण गरेको सदर हुने गरी सीमास्तम्भ राख्न खोजेपछि हाम्रो जमिन भारतलाई लैजान दिनुहुँदैन भनेर विरोध गरेका हौं,’ धनगढी उपमहानगरपालिका–१४ फूलबारीका महेश गोलेले भने। फूलबारीस्थित सामुदायिक वनलाई भारतले आफ्नो दाबी गरेको छ।

३ सय २९ स्तम्भ अझै गायब। संयुक्त सर्भे टोलीले विवाद नरहेको ठाउँमा हराएका केही पिलर राख्ने र जीर्ण अवस्थाका केही पिलर मर्मतबाहेक विवाद देखिएका ठाउँमा काम गर्न सकेको छैन।

सर्भे टोलीको नेतृत्व गरेका धामीले भने नेपाली भूभाग भारतमा पर्नेगरी कुनै पनि ठाउँमा सीमा निक्र्योल नभएको बताए। ‘मोहना नदीले धार बदल्दा, सीमास्तम्भ हराउँदा स्थानीयको बुझाइ फरक भएको हो,’ उनले भने, ‘भारततिरका जनताले कुनै ठाउँमा विरोध गरेनन्, नेपालका जनताले मात्र विवाद ल्याएर विरोध गरेको पाइयो।’

कैलालीको फूलबारी, भजनी, खक्रौला तथा कञ्चनपुरका पुनर्वास, बेलौरी, प्याराताल, ब्रह्मदेवलगायत कैयौं ठाउँमा वर्षाैंदेखिको विवाद समाधान हुन सकेको छैन। यी ठाउँमा भारतले नेपाली भूभाग अतिक्रमण गरेको स्थानीय बताउँछन्। लालपुर्जा भएको जमिनसमेत भारतले अतिक्रमण गरेको उनीहरू बताउँछन्।

संयुक्त टोलीले विवाद नरहेको ठाउँमा हराएका केही पिलर राख्ने र जीर्ण अवस्थामा रहेका केही पिलर मर्मतबाहेक विवाद देखिएका ठाउँमा काम गर्न सकेको छैन। कैलालीका केही ठाउँमा हराएका सीमास्तम्भ राखिए पनि बढी विवाद रहेकाले कञ्चनपुरमा कामै सुरु गर्न नसकेको गत वर्ष नेपाली टोलीको नेतृत्व गरेका भट्टले बताए। कैलालीमा विवाद नरहेका ठाउँमा संयुक्त सर्भे टोलीले गत वर्ष ४९ वटा सीमा स्तम्भ राखेको उनको भनाइ छ। ‘धेरै ठाउँमा सीमा स्तम्भ हराएका छन्, विवादित ठाउँमा काम गर्न सकिएको छैन,’ उनले भने।

संयुक्त सर्भे टोलीलाई दुवै देशको नक्सा भिडाएर हराएका ठाउँमा नयाँ सीमास्तम्भ राख्ने, भएका स्तम्भलाई मर्मत र रङरोगन गर्ने कार्यादेश थियो। हराएका स्तम्भ राख्न नसके पनि मर्मतको काम भने सकिएको भट्टले बताए। कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी तीन सय ८० स्तम्भ हराएका पाइएको प्रमुख नापी अधिकृत भट्टले बताए। कैलालीमा एक सय ३३ र कञ्चनपुरमा दुई सय ४७ स्तम्भ हराएका हुन्। यीमध्य सर्भे टोलीले विवाद नरहेका ठाउँमा आठवटा मुख्यसहित ४९ वटा नयाँ स्तम्भ राखेको छ भने तीन सय २९ स्तम्भ अझै छैनन्।

कञ्चनपुर पुनर्वास नगरपालिका–४ आनन्द बजारनजिक सीमा विवादकै कारण नेपाली भूमिमा बनाइएको कल्भर्ट भारतीय सुरक्षाकर्मीले भत्काउन थालेपछि विरोध गर्ने स्थानीय बासिन्दामाथि भारतीय एसएसबीले गोली हानेको थियो। गोली लागेर गोविन्द गौतमको ज्यान गएको थियो। कञ्चनपुरको सीमा क्षेत्रका बासिन्दा सीमा समस्याका कारण विकासका पूर्वाधारबाट समेत वञ्चित बनेका छन्।

पुनर्वास–६, ८ र ९ नम्बर वडामा सीमा विवाद रहेको नगर प्रमुख जीवन थापा बताउँछन्। उनका अनुसार बाटो, कल्भर्ट, काँडेतारलगायत कुनै विकासका पूर्वाधार भारत पक्षले बनाउन नदिँदा समस्या भएको छ। कञ्चनपुरमा भारत पक्षले पिलर गायब गरेर, पिलर सारेर नेपाली भूभाग अतिक्रमण गरेको छ। आनन्द बजारमै रहेको २०० नम्बर पिलर हराएकाले भारतले नेपाली भूमि अतिक्रमण गरेको छ। २०१ नम्बर पिलर पनि सारेर नेपाली भूमिमा गाडेको स्थानीय बताउँछन्। यसैगरी पुनर्वास–९ बीचफाँटामा रहेको १९५ नम्बरको पिलर ढलेको छ भने १९६ नम्बर पिलर भारतीय पक्षले गायब पारेको छ। दुई लाख ५० हजार वर्गकिलोमिटरको जैविक विविधताले महत्वपूर्ण प्याराताललगायत वरपरको करिब दुई सय बिघा जमिन कब्जा गर्न पिलर गायब पारेको वडाध्यक्ष नारायणप्रसाद जैसीले बताए।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
४१ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस