विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउने
२४ मंसिर २०७६
•
९ मिनेट पाठ
विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउने
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को करिब एक वर्षपछि स्थायी कमिटी बैठक बैठक बस्ने भएको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीको बैठक २९ मंसिरमा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले पार्टी उपाध्यक्षको पद थप गर्नेलगायतका निर्णय गर्नेछ।




सचिवालय बैठकले गत साउनमा विधान संशोधन गरेर वामदेव गौतमलाई उपाध्यक्ष बनाउने तयारी गरे पनि स्थायी कमिटी बैठकले उनलाई उपाध्यक्ष बनाउने वा नबनाउने भन्नेबारे अनिश्चित रहेको छ। सोमबारको बैठकले विधान संशोधन प्रस्ताव गरी विधानमा उपाध्यक्ष पद सिर्जना गरी मंसिर २९ को स्थायी कमिटी बैठकमा पेस गर्ने भएको छ। ‘विधान संशोधनको प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको छ,’ सचिवालयको बैठकपछि पार्टी प्रवक्ता श्रेष्ठले भने। सचिवालय बैठकले यसभन्दा अगाडि बसेको स्थायी कमिटीको निर्देशन मान्दै पार्टी विधानमा केही संशोधनसमेत गरेको छ।

यसअघि पार्टीको विधानमै नभएको पद सिर्जना गरेर गौतमलाई उपाध्यक्ष बनाउन खोजिएको भन्दै नेकपाभित्र आलोचना भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउनमा गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने भन्दै सचिवालय बैठकमा प्रस्ताव गरेकोमा स्थायी कमिटीको बैठकबाट निर्णय गराउने सहमति भएको थियो। पूर्वएमाले खेमबाट मात्रै पद बाँडफाँट भएको भन्दै असन्तुष्ट पूर्व माओवादी नेताहरू भने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उपाध्यक्षमा प्रस्ताव गर्दै आएका छन्। माओवादी केन्द्रमा उपाध्यक्ष रहेको आधारमा पूर्वमाओवादी खेमाबाट उनलाई अघि सार्न खोजिएको छ। ‘पद बाँडफाँटको विषय एक पक्षीय जस्तो देखिन्छ त्यसलाई मिलाउनुपर्छ। पार्टी एकिकरण भैसकेको अवस्था छ। अहिले महाधिवेशन पनि भएको छैन त्यसकारण पार्टीभित्र नेताको मर्यादा पनि राख्नुपर्छ होला कि ?,’ पूर्व माओवादीका एक नेताले भने, ‘स्थायी कमिटीमा प्रस्ताव पुगेपछि गौतमलाई मात्रै उपाध्यक्ष मानेर जानसक्ने अवस्था आउँदैन।’

गौतमबारे माधवकुमार नेपाल खेमा भने मौन छ। ‘ओली–दाहाल मिलेर गौतमलाई नै उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटीमा ल्याए त्यसमा आफूहरूको आपत्ति नहुने तर सचिवालय विस्तार गरेर केही नेतालाई सचिवालयमा लैजान प्रयास भने हुनेछ,’ नेपालनिकट एक नेताले बताए। उपाध्यक्ष पदको गरिमा बढ्ने गरी जसलाई दिए पनि हुने उनको भनाइ छ। पद बाँडफाँटमा कसैलाई अन्याय हुन नहुने र स्थायी कमिटीमा प्रस्ताव आएपछि मात्रै धारणा निर्माण हुने पनि ती नेताले बताए। नेपाल पक्षले सचिवालयमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुषाल, सुरेन्द्र पाण्डेको प्रस्ताव गरिरहेको छ भने पूर्वमाओवादी पक्षले जनार्दन शर्मा, देवेन्द्र पौडेल, अग्नि सापकोटालगायतका नेताको प्रस्ताव तयार भइरहेको छ। ‘सचिवालय विस्तार गरेर १४ सदस्य वा २१ सदस्य बनाउने विषयमा स्थायी कमिटीको बैठकमा छलफल चल्नसक्छ। यो विषय माधव नेपालले विगत देखि नै उठाउँदै आउनुभएको हो, त्यसकारण उहाँलाई नै सहयोग हुनेगरी सचिवालय विस्तारको कुरा उठ्न सक्छ,’ पूर्व माओवादी पक्षका नेताले भने। अहिलेको विधानको धारा १८ ले दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिवसहित ४४१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरेको छ। केही समयअघि ४ जना केन्द्रीय सदस्यसमेत थप गरिएको छ।

पूर्व माओवादी पक्षले प्रवक्ता समेत रहेका श्रेष्ठलाई उपाध्यक्षमा अघि सार्दा उनी भने मौन रहेका छन्। केही समयअघि बसेको सचिवालय बैठकमा श्रेष्ठले गौतमलाई तपाईं त उपाध्यक्ष नै भइसक्नु भएको होइन र भन्दै ठट्टा गर्दा गौतमले अब मलाई उपाध्यक्ष नभन्नुस् भनेका थिए। स्थायी कमिटीको बैठक बस्ने निर्णयसँगै विधान संशोधन, पार्टी र सरकारको सम्बन्ध तथा विकास निर्माण र पार्टी निर्माणको सवालमा बैठकले छलफल गर्ने जनाइएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अर्को अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागी थिएनन्।

कार्यदिशा परिवर्तन

सोमबार बसेको सचिवालय बैठकले पार्टीको कार्यदिशा वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादको दिशातिर अघि बढ्ने भन्ने निर्णय गरेको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा लामो समयसम्म पार्टीको कार्यदिशा के हुने भन्ने बहस चलेको थियो। एमालेले नेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई आफ्नो कार्यदिशा मान्दै आएको थियो भने माओवादी केन्द्रको एक्काइसौं शताब्दीको जनवाद कार्यदिशा थियो। दुवै विचार समायोजन गरेर नेकपाले कार्यदिशा जनताको जनवाद र अधिकतम् लक्ष्य समाजवाद स्थापना गर्ने बनाएको थियो। ‘जनक्रान्तिका उपलब्धिको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक आर्थिक रूपान्तरण गर्नु र राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एंव लोकतान्त्रिक मूल्यसहित समाजवादको आधार निर्माण गर्नु यस पार्टीको तात्कालिक लक्ष्य हो,’ विधानमा भनिएको छ।

सल्लाह भन्दा हल्ला बढी

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई विशेषदूत बनाएर भारत भ्रमणमा पठाउने कुरा अलिकति सल्लाह र धेरै हल्ला भएको बताएका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाललाई विशेषदूत बनाएर पठाउने कुरा धेरै हल्ला भएको श्रेष्ठले बताएका छन्। ‘यो कुरा यसभन्दा अगाडि नै मैले प्रष्ट पारिसकेको छु। यसबारे आज कुनै छलफल भएन। अलिकति सल्लाह भएको हो, धेरै हल्ला भयो प्रधानमन्त्रीले राखेको प्रस्तावको बारेमा पूर्व प्रधानमन्त्री नेपालले यसअघिकै बैठकमा भनिसक्नु भएको छ,’ उनले भने। उनका अनुसार त्यसबारेमा पार्टीले कुनै छलफल र निर्णय गरेको छैन।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
४१ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस