काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित कार्डियोथोरासिक भास्कुलर तथा ट्रन्सप्लान्ट सेन्टरमा मंगलबार उनको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। उनको स्वास्थ्य अवस्थामा मंगलबारभन्दा बुधबार सुधार आएको सेन्टरले जनाएको छ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आए पनि परिवारका सदस्य र सचिवालय सदस्यबाहेक अन्यलाई उनीसँग भेट्न दिइएको छैन्। प्रधानमन्त्रीसँग पत्नी राधिका शाक्य, परिवारका सदस्य, मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापालगायत सचिवालयका सदस्यलाई मात्र भेट्न दिइएको छ। उपचारमा खटिएका चिकित्सकको परामर्शमा भेटघाटमा कडाइ गरिएको हो।
सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा बुधबार बिहानदेखि थप सुधार आएको जनाएका छन्। ‘स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ र उहाँ अहिले राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा रहनुभएको छ’, कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘अस्पतालको विशषेज्ञ टोलीले सघन कक्षमा उहाँको उपचार गरिरहेको छ। उपचारमा खटिएका चिकित्सको सुझाव अनुसार अरुलाई प्रधानमन्त्रीसँग भेट्न नदिइएको हो। उहाँलाई अलिकति आरमको पनि जरुरत छ।’
सेन्टरले साँझ सात बजे जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भएको जनाइएको छ। ‘मंगलबार शल्यक्रियापछि प्रधानमन्त्रीलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र हाल सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको बेहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
चिकित्सकको अनुमतिमा प्रधानमन्त्री ओलीसँग उनकी पत्नी शाक्य, परिवारका सदस्य, मुख्य सल्लाहकार रिमाल, प्रेस सल्लाहकार थापालगायत सचिवालय सदस्यलाई भेट्न दिइएको छ। ‘आज (बुधबार) दिउँसो उहाँ (प्रधानमन्त्री) उठेर कुर्सीमा बस्नुभयो, सचिवालय सदस्यहरुसँग कुराकानी गर्नुभयो,’ प्रेस सल्लाहकार थापाले भने, ‘केही आवश्यक कुरा पनि भन्नुभयो कालो चिया र जुस पनि पिउनुभयो।’ थापाका अनुसार प्रधानमन्त्रीको परिवारका सदस्यले पनि उनलाई भेटेका छन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न र स्वास्थ्य लाभको कामना गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता–कार्यकर्ता, विभिन्न दलका नेता, सरकारी कर्मचारीलगायत बुधबार अस्पताल पुगे। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जानकारी लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अस्पताल पुगेका थिए। प्रधानमन्त्रीलाई भेट्न नपाएपछि सल्लाहकार र चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएर देउवा फर्केका थिए। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर थापा, गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, नेकपा नेता केशव बडाल, गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रहरी महानीरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल पनि अस्पताल पुगेका थिए। उनीहरु सबैले प्रधानमन्त्रीको सचिवालय सदस्य तथा चिकित्सकलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भने पटकपटक अस्पताल पुगेका थिए।
प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारी र चिकित्सक दिव्या सिंहको टोलीले गरेको थियो। सिंह प्रधानमन्त्रीकी निजी चिकित्सक पनि हुन्। प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि उनी फलोअप उपचारका लागि थाइल्यान्ड र सिंगापुर जाने गरेका छन्।