मन्त्रिपरिषद् पुनर्गठन: नौजना थपिए, सातजना बाहिरिए
०५ मंसिर २०७६
•
६ मिनेट पाठ
मन्त्रिपरिषद् पुनर्गठन: नौजना थपिए, सातजना बाहिरिए
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद् २५ सदस्यीय छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा नयाँ सदस्य थप, हेरफेर र कार्य विभाजन गरेकी हुन् ।




मन्त्रिपरिषद्मा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्बाङ र पार्वत गुरुङ थपिएका छन् । त्यस्तै राज्यमन्त्रीका रूपमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर थपिएका छन् ।

त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, भुसाललाई कृषि तथा पशुपन्छी विकास, भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात र गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । राज्यमन्त्रीका रूपमा रहेका दुगडलाई उद्योग, रावतलाई स्वास्थ्य तथा जनसंख्या र मानन्धरलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यीमध्ये नेम्बाङ, गुरुङ, दुगड, रावत र मानन्धर पहिलो पटक मन्त्री बनेका हुन् ।

मन्त्रिपरिषद्बाट गोकर्ण बिष्ट (श्रम), लालबाबु पण्डित (संघीय मामिला), थममाया थापा (महिला), रघुवीर महासेठ (भौतिक पूर्वाधार), चक्रपाणि खनाल (कृषि) र मात्रिका यादव (उद्योग) बाहिरिएका छन् । कृषि राज्यमन्त्रीका रूपमा कार्यरत रामकुमारी चौधरी पनि बाहिरिएकी छन् ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई उपप्रधानमन्त्रीसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । कानुन मन्त्रालय सम्हाल्दै आएका भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल (रक्षा), रामबहादुर थापा (गृह), प्रदीपकुमार ज्ञवाली (परराष्ट्र), गिरिराजमणि पोखरेल (शिक्षा), वर्षमान पुन (ऊर्जा), योगेश भट्टराई (पर्यटन), शक्तिबहादुर बस्नेत (वन), डा. युवराज खतिवडा (अर्थ), मोहम्मद इस्तियाक राई (सहरी विकास), जगतबहादुर विश्वकर्मा

(युवा तथा खेलकुद), गोकुलप्रसाद बास्कोटा (सञ्चार), पद्माकुमारी अर्याल (भूमि व्यवस्था) र बिना मगर (खानेपानी) को कार्यविभाजन भने यथावत् रहेको छ ।

२०७४ फागुन ३ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद् यसअघि २०७४ फागुन १४, २०७४ चैत २, २०७५ जेठ १८, २०७५  साउन १८ र २०७६ साउन १५ मा हेरफेर तथा विस्तार गरिएको थियो ।

यस्तो छ २५ सदस्यीय मन्त्रिपरिषद्

केपी शर्मा ओली–    प्रधानमन्त्री

ईश्वर पोखरेल–    उपप्रधानमन्त्री,    रक्षा

उपेन्द्र यादव–   उपप्रधानमन्त्री,    कानुन, न्याय तथा संसदीय मामिला

रामबहादुर थापा–     मन्त्री    गृह

प्रदीपकुमार ज्ञवाली–    मन्त्री    परराष्ट्र

हृदयेश त्रिपाठी–     मन्त्री    संघीय मामिला तथा सामान्य प्रशासन

गिरिराजमणि पोखरेल–     मन्त्री    शिक्षा, विज्ञान तथा प्रविधि

वर्षमान पुन–     मन्त्री    ऊर्जा, जलस्रोत तथा सिँचाइ

घनश्याम भुसाल–     मन्त्री    कृषि तथा पशुपन्छी विकास

भानुभक्त ढकाल–     मन्त्री    स्वास्थ्य तथा जनसंख्या

लेखराज भट्ट–     मन्त्री    उद्योग, वाणिज्य तथा आपूर्ति

योगेशकुमार भट्टराई–     मन्त्री    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

शक्तिबहादुर बस्नेत –    मन्त्री    वन तथा वातावरण

रामेश्वर राय यादव–    मन्त्री    श्रम, रोजगार तथा सामाजिक सुरक्षा

डा. युवराज खतिवडा–     मन्त्री    अर्थ

मोहम्मद इस्तियाक राई–     मन्त्री    सहरी विकास

जगतबहादुर सुनार (विश्वकर्मा)–     मन्त्री    युवा तथा खेलकुद

गोकुलप्रसाद बास्कोटा–     मन्त्री    सञ्चार तथा सूचना प्रविधि

पद्माकुमारी अर्याल–     मन्त्री    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

बिना मगर–     मन्त्री    खानेपानी

वसन्तकुमार नेम्बाङ–     मन्त्री    भौतिक पूर्वाधार तथा यातायात

पार्वत गुरुङ–     मन्त्री    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

मोतीलाल दुगड–    राज्यमन्त्री    उद्योग, वाणिज्य तथा आपूर्ति

नवराज रावत–    राज्यमन्त्री    स्वास्थ्य तथा जनसंख्या

रामवीर मानन्धर–    राज्यमन्त्री    सहरी विकास
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
५१ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
यो पनि पढौँ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस