ओली–दाहाल विवादमा नेपाल ‘मौन’
०५ कार्तिक २०७६
•
८ मिनेट पाठ
ओली–दाहाल विवादमा नेपाल ‘मौन’
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सत्ता हस्तान्तरण वा पार्टीमा कार्यकारी अध्यक्षको विवाद भइरहँदा अर्का नेता माधवकुमार नेपाल भने मौन बसेका छन्। पार्टी एकताको बेला भएका समझदारी कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दै पार्टीका अध्यक्ष दाहालले पार्टीका नेतासँग गुनासो गर्दा नेपाल भने मौन बसेका हुन्। उनले पार्टीका पछिल्ला गतिविधि र ओली दाहालबीच देखिएको आन्तरिक विवादमा केही पनि बोलेका छैनन्।




पार्टी एकताको समयमा भएको मध्ये आलोपालो प्रधानमन्त्री बन्ने समझदारी कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दे पूर्वएमालेका नेतासँगको भेटघाटलाई अध्यक्ष दाहालले तिव्रता दिएका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी वा सरकारमध्ये एक जिम्मेवारी दिने आश्वसन दिए पनि बेलाबखत धोका महशुस गर्दै आएका छन्। ओलीले भने समय नै नआई दाहालले हतार गर्न थालेको भन्दै समयआएपछि कार्यान्वययनतर्पm जाने बताउन थालेका छन्। दसंैलगत्तै दाहालले सचिवालय सदस्य ईश्वर पोखरेललाई घरमै पुगेर भेटघाट गरेका थिए। पोखरेलसँग करिब डेढ घण्टा छलफल गरेका दाहालले झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमसँग पनि छलफल गरेका थिए। पार्टी एकतापछि दाहाल र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो। तर पछिल्लो समय कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने विषयमा दाहाल पोखरेल एक ठाउँमा उभिएका छन्।

पार्टी एकताको बेला वरिष्ठ नेताका रूपमा रहेका नेपाललको वरिष्ठता(मर्यादा)क्रम खोस्ने बेला ओली खनाललाई दाहालले साथ दिएपछि दाहाल नेपालबीचमा सम्बन्ध सुमधुर बन्न सकेको छैन। गौतमलाई उपाध्यक्ष बनाउने नेपालको वरिष्ठ मर्यादाक्रम खोस्नेबारे सहमति जनाएपछि दाहाल नेपालबीच सम्बन्ध चिसिएको थियो। तर प्रधानमन्त्री ओली स्वास्थ्य उपचारको क्रममा सिंगापुर जाँदा ओली नेपालबीच भएको तिक्तता मिलाउने प्रयास भने दाहालले गरेपछि केही सुधार भए पनि नेपालले दहाललाई सिधा विश्वास गर्न सकेका छैनन्। ओलीले सहमति कार्यान्वयन नगर्ने संकेत गरेको भन्दै नेपालसँग गुनासो गर्न पुगेका दहाललाई नेपालले तपाईंहरूको समझदारीको विषयमा पार्टीले चिनेको छैन, अहिले यो विषय उठानु नै उपयुक्त होइन। बरु तपाईंहरू दुवैजना बसेर मिलाउनुस् भन्ने जवाफ दिएका थिए। ‘विषय के हो भन्नेबारेमा पार्टीभित्र छलफल त हुन्छ होला। त्यसकारण त्यहीँ छलफल गरौंला भन्ने जवाफ दिनुभएको छ यस विषयमा उहाँले खासै रुचि दिनुभएको देखिएन,’ नेपालनिकट स्रोतले भन्यो। भदौ ५ गते ओली स्वास्थ्य उपचारका लागि सिंगापुर गएपछि दाहालले बैठक राख्ने अधिकार पाएका थिए। उनले त्यो अधिकार अब आफूले सधै पाएको भन्दै निकटका नेतालाई बोलाएर भनेका समेत थिए। ओली सिंगापुर छँदै एकपटक सचिवालयको बैठक राखेर अन्तरपार्टी निर्देशन जारी गरेपछि अर्को बैठकको तोकेर पनि राख्न सकेनन्। अर्को बैठक राख्न खोज्दा महासचिव विष्णु पौडेल प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन भन्दै सिगापुर गए भने त्यसपछि गौतम पनि उतै लागे। दाहालनिकट स्रोतका अनुसार त्यही बेलादेखि उनले धोका महशुस गरेका थिए। ‘दाहालले जब दोस्रो बैठक राख्न खोजे त्यसपछि महासचिव नै सिंगापुर गएर बस्नु नै उहाँका लागि घात भएको आभाष हुन्छ,’ दाहाल निकट एक सदस्यले भने।

नेपाल, खनाल र गौतमपछि दाहाल सिधै पश्चिमतिर लागेका थिए। उनले सुदूरपश्चिमका नेता भीम रावलसँग पनि सोही प्रकारको गुनासो गरेका थिए। धनगढीमा कार्यकर्ता प्रशिक्षणमा सहभागी दाहालले रावलसँग छुट्टै कुराकानी गरेका थिए। रावल निकट स्रोतका अनुसार दुई नेताबीच धनगढीमा करिब ४५ मिनेट कुराकानी भएको थियो। दाहालले प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी एकिकरणताका भएका समझदारीबाट पछि हट्ने संकेत गरेको र यसलाई कार्यान्वयनको दिशामा लैजान पहल गर्नुपर्ने बताएका थिए। रावलले दुई नेताबीच भएको सहमति वा समझदारी के हो त्यसले पार्टीको बैठकमा प्रवेश पाउनुपर्ने बताएका थिए। उनले दुई नेतालाई आपूmहरूले अध्यक्ष मानेपछि समझदारी कार्यान्वयन गर्नतर्फ आफूहरूको जोड रहेने पनि बताएका थिए।

वामदेवको ‘उपाध्यक्ष’ पद अलपत्र

वामदेव गौतमलाई सचिवालय सदस्यबाट उपाध्यक्षमा बढुवा गर्ने निर्णय गरेको दुई महिना बितिसक्दा पनि औपचारिक रूपमा बढुवा भएका छैनन्। सचिवालय एक बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले वामदेव गौतमलाई लक्षित गरेर तपार्इं त उपाध्यक्ष भइसक्नु भएको होइन भन्दा गौतमले मलाई उपाध्यक्ष नभन्नुस् भनेका थिए। ३१ साउनमा बसेको बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय भएको थियो। पार्टीको विधानमै नभएको पार्टी उपाध्यक्ष पदको अनुमोदन स्थायी कमिटी बैठकबाट गर्ने निर्णय भए पनि स्थायी कमिटीको बैठक अहिलेसम्म बसेको छैन। पार्टीको विधानमा ६/६ महिनामा बस्नुपर्नेमा गत वर्ष पौष १२ गतेपछि स्थायी कमिटीको बैठक बस्न सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली अजरवैजान जानुअघि स्थायी कमिटीको बैठक बस्ने अवस्था छैन। गत शनिबार बोलाएको सचिवालय बैठक सचिवालयका सदस्य ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ चीनतर्फ र अध्यक्ष दाहाल काठमाडौबाहिर भएका कारण बस्न सकेन। अहिले गृहमन्त्रीसमेत रहेका अर्का सचिवालय सदस्य रामबहादुर थापा जापान गएका छन्। प्रधानमन्त्री पनि असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली कात्तिक ७ गते अजरबैजानको बाकुतर्फ जाने भएपछि सचिवालय बैठक उनी नआउँदासम्म अनिश्चित बनेको छ।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
२२ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस