मूलधारको राजनीतिमा अवतरण गरेयता नै डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी विवादरहित बन्न सकेको छैन। पछिल्लो संसदीय निर्वाचनमा राष्ट्रिय पार्टी बनेको जनमतभित्र त्यसयता लामै विवादका शृङ्खला चलेका छन्। पछिल्लो पटक अध्यक्ष राउतले सहोदर दाजु डा. जयकान्त राउतलाई एकैपटक तीनवटा जिम्मेवारी दिएयता त्यो विवाद झन् चर्केको छ।
अध्यक्ष राउतले पार्टी निर्माणार्थ योगदान गरेका नेताहरूलाई ‘बाइपास’ गरेर अरु व्यक्तिहरूलाई सङ्गठनात्मक लाभ दिएको, एकलौटी ढङ्गले पार्टी चलाएको, नेताहरूलाई बिना गल्ती कारबाही गरेको, पार्टीमा ‘परिवारवाद’ लादेको लगायतका आरोप लगाउँदै पार्टीका केही नेताहरूले असन्तुष्ट व्यक्त गर्ने गरेका छन्।
यसैबीच ती नेताहरू ‘जनस्वाभिमान यात्रा’मा निस्किँदै छन्। पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साह, राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारलगायतका नेताहरू ‘जनस्वाभिमान यात्रा’मा निस्कँदै छन्। सुरुवाती यात्रा मधेस प्रदेशकेन्द्रित हुने राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहले जानकारी दिए।
यात्रा आउँदो २७ गतेदेखि सुरु हुनेछ। यात्रा मधेसमा आठ दिन रहने र कोशी हुँदै अरु प्रदेशहरूमा जाने नेताहरूको योजना छ। ‘जनताको न्यायका लागि लड्छौँ। पार्टीभित्र लोकतन्त्र र पारदर्शिता पुनर्स्थापित गर्छौँ। विचार, आत्मसम्मान र वैकल्पिक नेतृत्वको नयाँ बाटो खोल्छौँ,’ उपाध्यक्ष साहले भनेका छन्, ‘मधेशमा शिक्षा, रोजगारी र स्वाभिमानको अभियान चलाउँछौँ।‘
साहले जनस्वाभिमान यात्रामार्फत जनताको बीचमा पुग्ने बताए। ‘साँचो शक्ति जनतासँगै छ। हाम्रो आवाजमा आवाज मिलाएर साथ दिनुस् भनेर भन्नेछौँ। हामी निलम्बित होइनौँ, जनताको नियुक्त प्रतिनिधि हौँ,’ उनले भनेका छन्।
साहसहित यादव र सोनार पनि पार्टीको कारबाहीमा परेका नेताहरू हुन्। पार्टी र नेतृत्वका प्रति सन्तुलित व्यवहार नगरेको, पदीय जिम्मेवारीअनुसार भूमिका ननिभाएको लगायतका आरोप लगाउँदै यी नेताहरूलाई पार्टीले काबाही गरेको हो। यद्यपि, नेताहरूले पार्टीले लगाएको आरोप आरोप मात्रै रहेको बताएका छन्।
त्यसो त नेताहरूले आफूमाथि लगाइएका आरोपहरूको प्रमाण मागिरहेका छन् तर, पार्टीले उपलब्ध गराएको छैन। त्यहीँबाट ती आरोपहरू आरोपभन्दा केही नभएको पुष्टि हुने साह बताउँछन्। ‘कुन हिसाबले ती आरोपहरू लगाइयो। त्यसका प्रमाण मागेको ९ महिना भइसक्यो, दिइएको छैन,’ साहले भने।
साहले आफूविरुद्धका आरोपहरूको प्रमाण मागेको पत्र।साहले त पटक-पटक लिखित रूपमै निवेदनसमेत हालेका छन्। तर, पार्टीले उपलब्ध गराएको छैन। पछिल्लो पटक असार १८ गते मात्रै पनि साहले पार्टीक सूचना अधिकारीलाई सम्बोधन गर्दै पुन: ती प्रमाणहरू मागेका छन्। तर, अहिलेसम्म प्राप्त गरेका छैनन्।
पार्टीका नेता-कार्यकर्ताहरूसमक्ष विकल्प प्रस्तुत
यात्रामा रहँदा नेताहरूले पार्टीका नेता-कार्यकर्ताहरूका बीचमा विकल्पसमेत प्रस्तुत गर्नेछन्। पार्टीभित्रै वैकल्पिक आवाज बन्न सक्ने मञ्च वा समूह बनाउनका नेताहरूले पार्टीका नेता-कार्यकर्ताहरूसमक्ष प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।
पार्टीका नेता-कार्यकर्ताहरूसमक्ष प्रस्तुत गर्ने विकल्पहरू।‘वैकल्पिक राजनीतिक मञ्चको सम्भावना निर्माण समान सोच भएका पार्टीभित्रका र बाहिरका इमानदार नेता-कार्यकर्तालाई समेट्दै एउटा जनस्वाभिमानी मञ्च वा जनमत मूल विचार समूह बनाउने, जुन पार्टीभित्र वैकल्पिक आवाज बन्न सकोस्,’ अभियानका लागि बनाइएको बूकलेटमा भनिएको छ।
पार्टी अध्यक्ष डा. सीके राउतसँग असन्तुष्ट भई ‘जनस्वाभिमान यात्रा’मा निस्केका जनमत पार्टीका नेताहरूमाथि आक्रमणको प्रयास भएको छ। यात्राका क्रममा बारा आइपुगेका निलम्बित उपाध्यक्ष दीपक कुमार साह, निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव र निलम्बित केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारमाथि आक्रमणको प्रयास हो।
अध्यक्ष राउत निकट कार्यकर्ताहरूले नै आफूहरूमाथि आक्रमणको प्रयास गरेको साहले आरोप लगाएका छन्। ‘सङ्गठनका नेता-कार्यकर्तासहित खाना खाएर कार्यक्रममा जान लागेको बेला बिहान ११ बजे महागढीमाई नगरपालिका ३, दहियारमा डा. सीके राउतका निकट विकास सिंहले प्रज्वलनशील पदार्थ गाडीभित्रै फाले,’ उपाध्यक्ष दीपक कुमार साहले भनेका छन्, 'आक्रमणको योजना रहेछ।'
आफूहरूमाथि अध्यक्ष राउतले ज्यान मार्ने उद्देश्यले पार्टीभित्रकै केही 'गुन्डा'हरू परिचालित गरेको आरोप पनि साहको छ। ‘हामी सुरक्षित छौँ। त्यस्तो क्षति भएको छैन। हामी डराएर अभियानबाट भाग्ने छैनौँ, हाम्रो मृत्युपश्चात् पनि अभियान जारी रहनेछ। किनभने हामीले मृत्यु दस्ताबेजमा हस्ताक्षर गरेर यो अभियानमा निस्केका हौँ। मृत्युदेखि प्रवाह छैन। आम जनताले डा. सीके राउत कस्ता डाक्टर हुन् भनेर कर्तुत थाहा पाउन जनतासँग अनुरोध गरेका छन्।‘
पार्टीका प्रवक्ता डा. शरदसिंह यादव भने यसलाई पार्टीभित्रका सच्चा नेता-कार्यकर्ताहरूले देखाएको सक्रियताका रूपमा व्याख्या गर्नुपर्ने बताउँछन्। 'पार्टीबाट निलम्बित व्यक्तिहरूले पार्टीको लेटरहेड, झण्डा चलाउन पाइने कि नपाइने भन्ने कुरामा क्वाइनसनमार्क, निलम्बित व्यक्तिले यसरी संवाद यात्रा निकाल्न पाउने कि नपाउने भन्नेमा पनि क्वाइसनमार्क, पार्टीको हक-हितविरुद्ध गरेपछि त पार्टीभित्रका सच्चा नेता-कार्यकर्ता र जनता त आक्रोशित भइहाल्छन् नि,' उनले भने।
प्रवक्ता यादवले साह, यादव, सोनारलगायतका नेताहरूले पार्टीको विधि र विधानविरद्ध जनसंवाद यात्रा सञ्चालन गरेको जिकिर गरे। 'उहाँहरू त पार्टीबाट निष्कासन त हुनुहुन्न नि, निलम्बित मात्रै हो। उहाँहरू त फेरि पार्टीमा फर्किएर काम गर्न सक्नुहुन्छ। जस्तो: बीपी साह पनि उहिले कारबाहीमा हुनुहुन्थ्यो, अहिले त्यही पदमा बसेर काम गर्दै हुनुहुन्छ। तर, विधि र विधानविपरीत भएपछि त्यस्तो भयो। पार्टीभित्रैका साथीहरूले मोबिल छर्किनुभएछ,' उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...