नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बुधवार केन्द्रीय सदस्य मोहन बस्नेतले दिएको अभिव्यक्तिपछि आरोप–प्रत्यारोप स्थिति सिर्जना भएको छ। बस्नेतले बुधवार आफूमाथि टेरामक्स प्रकरणमा लागेको भ्रष्टाचार मुद्दा कांग्रेस महामन्त्री गगन थापाकै कारण भएको आरोप लगाएका थिए। उनले गगनले संसद्भित्र र बाहिर टेरामक्सको विषय उछालेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन गराउन र अभियोजन गराउन प्रेरित गरेको अरोप लगाएका थिए।
‘गगन जी तपाईँ सबै नेतालाई समाउन लगाउनुस्, अनि तपाईँको के हुन्छ?,’ भन्दै बस्नेतले नेपालमा कोही पनि चोखो नभएको दाबी गर्दै नेपालको राजनीति पाकिस्तानको मोडलमा गएको टिप्पणी गरेका थिए।
बस्नेतले दिएको त्यो अभिव्यक्तिको साँझ गगनले छोटो प्रतिक्रिया दिँदै ‘फोहोरमा ढुंगा हानेर फोहोर बन्दिनँ’ भनेका थिए।
यही विषयमा बिहीबारको केन्द्रीय समिति बैठकमा गगननिकट केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले बस्नेतको अभिव्यक्तिको प्रतिवाद गरेका छन्।
अजय बाबुले केके भने?
अजय बाबुले अवसर पाउँदा नागरिकको भरोसा जित्नुको साटो बेलगाम हात्ती भएर हिँड्दा नागरिकले आरती गरेर नबस्ने भन्दै बस्नेतलाई कटाक्ष गरे।
‘कांग्रेसको नेता कतै आरोपित हुँदा, अख्तियार र अदालतमा बयान दिन पुग्दा, भ्रष्टाचारमा डामिदा तपाई हामीहरू भन्दा गाउँघरमा कांग्रेसको नाममा दियो बालेर कांग्रेसलाई बचाइरहेका कार्यकर्ता र मतदाताको शिर कति निहुरिन्छ भन्ने हेक्का हामीले राखेका छौँ ?,’ अजय बाबुले प्रश्न गरे, ‘तपाईँ हामी जस्ता नेता कार्यकर्ताले लिएको निर्णय वा व्यवहार गलत हुँदा तपाई हामी भन्दा बढी रक्षात्मक कांग्रेसका तिनै मतदाता र कार्यकर्ता भइरहेका छन्।’ उनले ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ जस्तो भएपछि अहिले कांग्रेसका समर्थकले नै कांग्रेसलाई गाली गरिरहेको दाबी गरे। ‘के यसको जानकारी हामीहरूले राखेका छौँ?,’ उनले प्रश्न गरे।
अजय बाबुले गत वर्ष सिन्धुपाल्चोक कांग्रेस कार्यालयको भवन उद्घाटनको प्रसंग पनि बैठकमा सुनाए। ‘सभापति ज्यु, गत वर्ष २०८१ मंसिर ३ गते सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले आफ्नो कार्यालय भवन उद्घाटन ग¥यो। तर सो दिन सोही जिल्लाका नेता कार्यक्रम बहिष्कार गरेर हुल बाँधेर दोलखातिर बरालिँदै चौताराको कार्यक्रममा नजान सिन्धुपाल्चोक कांग्रेसका कार्यकर्ताहरूलाई उर्दी जारी गरिरहनुभएको थियो,’ उनले भने, ‘महामन्त्री गगन थापा प्रमुख अतिथि रहेको कार्यालय उद्घाटन कार्यक्रममा जिल्लाभरका नेता कार्यकर्ता उर्दीको अवज्ञा गर्दै उत्साहजनक रूपमा सहभागी भए ।’
‘कोही मन परेन भन्दैमा आफ्नै जिल्लाको पार्टी कार्यालय उद्घाटन बहिष्कार गर्न सुहाउने कुरा हो ?’ भन्दै उनले प्रश्न गरे।
भ्रष्टाचारको मुद्दा लागेर संसद् पदसमेत निलम्बनमा परेको व्यक्तिले पार्टीको भूमिकाबाट अलग बस्नुको साटो पार्टीका जिम्मेवार पदाधिकारीविरुद्ध विष बमन गर्नु अनैतिक भएको पनि अजय बाबुले बताए। उनले भने, ‘यहाँ भ्रष्टाचारको मुद्दाको आरोपित भएर संसदले निलम्बन गरेका व्यक्ति पार्टीको भूमिकाबाट अलग बसेर पार्टीलाई थप रक्षात्मक हुन नदिनुको साटो उल्टै केन्द्रीय समितिमा थप समय लिएर गठबन्धन सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री र स्वयं पार्टी सभापति, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारीहरू र विशेषगरी पार्टीका महामन्त्री विरुद्ध बिष वमन गर्दा त्यसलाई टुलुटुलु हेरेर हामीले कस्तो नजिर स्थापित गर्न खोजेका हौ ?’
बुधवारको बैठकलाई अजय बाबुले महाभारतको द्रौपदी चीरहरणसँग पनि जोडे। ‘बुधवारको बैठक धृतराष्ट्रको सभामा द्रौपदीको चीरहरण गरे झैँ थियो,’ उनले भने, ‘महाभारतमा कुलको मर्यादालाई निर्वस्त्र गर्ने प्रयास भएको थियो भने कांग्रेस सभामा महामन्त्रीलाई मर्यादाहीन आरोप लगाएर सो पदको गरिमा धूलिसाथ बनाउँदै चरित्रहत्या गरिएको थियो।’ धृतराष्ट्रको सभाका सदस्य दुर्योधनसँग लाचार भएजस्तै बैठकमा केन्द्रीय सदस्यहरू ‘एक आरोपित’सँग लाचार भएको उनले टिप्पणी गरे।
‘भोलि फेरि कोही उठेर सभापति ज्यूविरुद्ध बुधवारको बैठकमा जस्तै बिष वमन गरे के हुन्छ ?,’ उनले प्रश्न गरे,‘यसै गरी पार्टी अर्डरमा रहन्छ ? मियो बिनाको दाइ जस्तै गरेर पार्टी चल्छ ? बाहुबलले मात्र पार्टी चल्छ ?’
अजय बाबुले सभापति शेरबहादुर देउवाकै सामुन्ने बस्नेतले हिंसात्मक अभिव्यक्ति दिएको भन्दै ‘त्यसलाई टुलुटुलु सहेर बस्नुपर्ने हो ?’ भन्दै प्रश्न गरे। ‘ठुला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला पातला मानिस पलायन हुनुपर्ने हो ? के हामीले पार्टीलाई मलययुद्धको मैदान बनाउन खोजिरहेका हौँ ?’ उनले अगाडि भने।