नेपाली कांग्रेसका नेताहरू जारी केन्द्रीय समिति बैठकमा व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएका छन्। असार १६ देखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकमा सदस्यहरू मुलुकमा विद्यमान राजनीतिक अवस्था र त्यसलाई निकास दिने उपायको साटो व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएका हुन्।
मुलुक र पार्टीभन्दा व्यक्ति केन्द्रित छलफलको क्रमले बुधबार पनि निरन्तरता पायो। बुधबारको बैठकमा केन्द्रीय सदस्य मोहन बस्नेत महामन्त्री गगनकुमार थापाविरुद्ध खनिएका छन्। टेरामक्स प्रकरणमा मुद्दा खेपिरहेका प्रतिनिधिसभाका निलम्बित सांसद् बस्नेतले आफूविरुद्ध महामन्त्री थापा संसद्देखि बाहिरसम्म लागिपरेको आरोप लगाए।
थापाकै कारणले आफूविरुद्ध अख्तियारले छानबिन गरेको आरोप लगाउँदै उनलाई उधृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने, ‘महामन्त्री गगन थापा टेरामक्स प्ररणमा मविरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्मै पनि लाग्नुभयो। तपाईंकै कारणले मविरुद्ध अख्तियारले छानबिन गर्यो।’
आफूविरुद्ध लाग्नेको ढिलोछिटो पालो आउने दाबी गरेका उनले बैठकमा भनेका छन्, ‘हेरौंला, कोही चोखो हुनेवाला छैन। सग्लै चोखिनेवाला कोही छैन।’ महामन्त्री थापाले बस्नेतले आफूमाथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन्।
मंगलबारको बैठकमा अर्का केन्द्रीय सदस्य विनोद चौधरी शेखर कोइरालाप्रति खनिएका थिए। सोमबारको बैठकमा बोल्ने क्रममा कोइरालाले चौधरी केन्द्रीय सदस्य उम्मेदवार बन्न योग्यता र मापदण्डका विषयमा प्रश्न उठाएका थिए। कोइरालाको भनाइको प्रतिवाद गर्दै चौधरीले सारा विधि, पार्टी नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी परिप्रेक्ष्यको विश्लेषण र त्यसपछिको निर्णयअनुसार अघि बढेको दाबी गरे।
आफूलाई आम निर्वाचनमा हराएर हृदयश त्रिपाठीलाई कोइरालाले सघाएको आरोप पनि लगाए। मलाई हराउन हर प्रयास गर्ने लुम्बिनी प्रदेशको महामन्त्रीको पदमा आसिन भएर बस्ने मान्छेलाई बोकेर हिँड्ने नेताले कसरी पार्टीलाई हाँक्न सक्छ भन्ने प्रश्न चौधरीले गरे। कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल कोइराला निकट हुन्।
कांग्रेस विधानअनुसार केन्द्रीय सदस्यको उम्मेदवार हुन १० वर्ष क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था छ। कांग्रेसको क्रियाशील सदस्य १० वर्ष नपुगी चौधरी केन्द्रीय सदस्यको उम्मेदवार बनेको भन्दै उनका विषयमा प्रश्न उठ्दै आएको थियो। र, कोइरालाले अनुशासनको कारबाही नेता हेरेर गरिएको गुनासोसहित चौधरीको नाम बैठकमा उल्लेख गरेका थिए।
बैठकमा कांग्रेसका प्रदेश सभापतिहरूले पार्टीले प्रदेश कार्यसमितिलाई बेवास्ता गर्दा तल्लो तहले पनि आफ्ना कुरा नसुनेको गुनासो गरेका छन्। प्रदेश समितिलाई प्रस्ट भूमिका दिनुपर्ने र बरियता समेत नतोक्दा आफूहरू निरीह बन्नुपरेको गुनासो सभापतिहरूले गरेका छन्। बैठकमा सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर, लुम्बिनीका सभापति अमरसिंह पुन र बागमतीका सभापति इन्द्र बानियाँले केन्द्रले अधिकार नदिने, प्रदेशका मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले नटेरेको गुनासो गरेका हुन्। संविधानले प्रदेशलाई दिएको महत्त्वका आधारमा पार्टीले पनि प्रादेशिक संरचना बनाए पनि अभ्यासमा हदैसम्मको कमजोरी गरेको आरोप लगाएका छन्।
बैठकले नेपाल तरुण दलको महाधिवेशन निर्देशन समितिको प्रस्तावअनुरूप मंसिर २६ देखि २८ सम्म अनिवार्य सम्पन्न गर्ने निर्णय गरेको छ। सोही समयसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने एवं तयारी र व्यवस्थापन सहजीकरणका लागि नेपाल तरुण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय गरेको छ।
बैठकमा केन्द्रीय सदस्यहरू श्यामकुमार घिमिरे, शिवप्रसाद हुमागाइँ, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, मोहन आचार्य, रंगमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सिनाका साथै आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेस), इन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम) ले आआफ्नो धारणा राखे। बैठक बिहीबार साढे १२ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।