रुपन्देही-३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाबाट नागरिक उन्मुक्तिको उम्मेदवार ?
१६ असार २०८२
•
२ मिनेट पाठ
रुपन्देही-३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाबाट नागरिक उन्मुक्तिको उम्मेदवार ?
सात मधेसकेन्द्रित दलसम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देही-३ मा हुँदै गरेको उपनिर्वाचनमा साझा उम्मेदवार तय गर्दैछ। यसबारे मोर्चाभित्र छलफल भइरहेको छ। त्यसमा मुख्यत: रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले दाबेदारी प्रस्तुत गरेका छन्।




नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उपनिर्वाचनमा पार्टीले सक्रिय रूपमा सहभागिता जनाउने बताएकी छन्। गत निर्वाचनम राम्रो जनमत प्राप्त भएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘यो उपनिर्वाचनमा पनि नागरिक उन्मुक्ति पार्टी सक्रिय रूपमा भाग लिन्छ।’

उनले उम्मेदवार छान्ने जिम्मा पार्टीका संरक्षक रेशम चौधरीलाई दिएको बताएकी छन्। ‘यस सम्बन्धमा उम्मेदवार चयनको पूर्ण जिम्मेवारी मैले पार्टीका संरक्षक एवम् जननेता रेशम चौधरीज्यूलाई सुम्पिएको छु,’ उनले भनेकी छन्। सँगैमा उनले पार्टीका सबै नेता-कार्यकर्ताहरूलाई संरक्षक चौधरीको निर्देशनअनुसार जुट्न आह्वान गरेकी छन्।

उता अर्को दाबेदारी पार्टी जनमत पार्टीको बैठक बसिरहेको छ। बैठकले यसबारे निर्णय लिने प्रवक्ता डा. शरदसिंह यादवले बताएका छन्। तर, पार्टीको बलियो दाबेदारी रहेको उनले बताएका छन्।

मोर्चासम्बद्ध अर्को दल राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाका अनुसार नागरिक उन्मुक्ति र जनमतबीच कुरा मिलेपछि सबै कुरा मिल्नेछ। अरु पार्टीहरूले समर्थन गर्ने उनी बताउँछन्। ‘दुईवटा पार्टीका बीचमा सहमति भएपछि सबै कुरा मिलिहाल्छ। अरु पार्टीहरूको सहमति नै छ,’ उनले भने।

अर्का एक नेता भने उम्मेदवार नागरिक उन्मुक्तिको हुने लगभग तय भएको बताउँछन्। ‘लगभग उम्मेदवार नागरिक उन्मुक्तिको हुने तय भइसकेको छ, त्यसमा अब जनमतको के कुरा आउँछ, बैठक बस्दैछ। तर, मलाई लाग्छ- नागरिक उन्मुक्तिबाट तय हुन्छ।’

त्यसो त गत निर्वाचनमा मोर्चासम्बद्ध दलहरूमध्ये सबैभन्दा बढी मत नागरिक उन्मुक्तिले नै ल्याएको थियो। समानुपातिकतर्फको मत हेर्दा नागरिक उन्मुक्ति पार्टीले ६ हजार १० र जनमतले ३ हजार ७३२ मत पाएको थियो। त्यसबाहेक जनता समाजवादी पार्टी नेपालले ५ हजार २९१ र लोकतान्त्रिक समाजवादी पार्टीले ५ हजार ५३ मत पाएका थिए। सुरुमा उनीहरूले पनि उम्मेदवारीका लागि दाबेदारी प्रस्तुत गरेका थिए तर, अहिले उनीहरू पछि हटिसकेको ती नेताले बताए।

यो पनि पढ्नुहोस्

रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने
अर्को समाचार
रुपन्देही-३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चामा कुलमानलाई उम्मेदवार बनाउने 'प्रस्ताव'
२० असार २०८२
•
३ मिनेट पाठ
रुपन्देही-३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चामा कुलमानलाई उम्मेदवार बनाउने 'प्रस्ताव'
रुपन्देही-३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। दलहरू उपनिर्वाचनकेन्द्रित भएर छलफलमा जुटिसकेका छन्। सत्तासीन दल नेकपा (एमाले) ले त उम्मेदवार नै छनोट गरिसकेको छ, एमालेबाट खिमलाल भट्टराई उम्मेदवार बन्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू पनि उपनिर्वाचनकेन्द्रित छलफलमा जुटिसकेका छन्।




यसैबीच सात मधेसकेन्द्रित दलसम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चा पनि उपनिर्वाचनकेन्द्रित छलफलमा गत हप्तादेखि नै जुटेको हो। मोर्चामा मुख्यत: दुईवटा पार्टीले दाबेदारी पेस गरेका छन्। डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारीका लागि दाबेदारी पेस गरेका छन् तर, सहमति जुटिसकेको छैन।

अन्य पाँचवटा दलहरूले तय भएको उम्मेदवारलाई सघाउने वचन दिइसके पनि जनमत र नागरिक उन्मुक्तिबीच कुरा नमिलेको मोर्चाको घटक दल राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए। तर, ढिलो-चाँडो सहति जुट्ने उनले बताए। ‘सहमति जुट्छ। मोर्चाबाट एकजना मात्रै उम्मेदवार हुन्छ,’ नेता झाले भने, ‘यसबीचमा थप सल्लाह गर्छौँ।’

यसैबीच नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उम्मेदवार बनाउने प्रस्ताव गरेका छन्। मोर्चाका एक नेताका अनुसार चौधरीले कुलमानलाई उम्मेदवार बनाउँदा हरेक हिसाबले राम्रो हुने बताएका छन्। ‘उहाँ (रेशम चौधरी) ले त्यो प्रस्ताव फ्याँक्नुभएपछि नै अरु दल पनि पछाडि हटेका हुन् जस्तो लाग्छ,’ ती नेताले भने।

मोर्चासम्बद्ध दलका नेताहरू।
तर, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भने कुलमान पार्टी वा मोर्चाबाट उम्मेदवार नबन्ने बताउँछिन्। ‘कुलमान घिसिङजस्ता व्यक्तित्वप्रति जनआस्था हुनु स्वाभाविक हो। उहाँको योगदान ऊर्जा क्षेत्रमा उल्लेखनीय छ। तर, उहाँ नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको वा चुनाव लड्ने भनेर हालसम्म पार्टीमा कुनै औपचारिक संवाद, प्रक्रिया वा निर्णय भएको छैन। त्यसैले हाल फैलिएको चर्चा हल्ला मात्रै हो। नागरिक उन्मुक्ति पार्टी कोही व्यक्तिको प्रतिष्ठा मात्र हेरेर होइन, उसको विचार, राजनीतिक दृष्टिकोण र पार्टीको सिद्धान्तसँग मेल राख्ने आधारमा निर्णय लिन्छ,’ अध्यक्ष श्रेष्ठले भनिन्।

त्यसो त यो हल्ला मात्रै भएको कुलमान निकट स्रोतको दाबी छ। ‘मुख्यत: सामाजिक सञ्जालहरूमा यस्तै हल्ला देखिन्छ तर, यो हल्ला मात्रै हो। झुटो हो यो। अहिलेका लागि उहाँ उज्यालो नेपाल अभियानमा हुनुहुन्छ। त्यसभन्दा दायाँबायाँ केही छैन,’ स्रोतले भन्यो, 'उहाँको विदेश भ्रमण पनि त्यही उज्यालो नेपाल अभियानकै क्रम हो।'

पछिल्लो पटक २०८१ चैत्र ११ गते सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमानले राजनीतिमा आउने छनक दिइरहेका छन्। अहिले उनी विदेश भ्रमणमा छन्। मध्यपूर्वी देशहरू बहराइन, कतार, ओमन, दुबईलगायतका देशहरू घुमिरहेका छन्। असार १७ गते नेपालबाट उडेका कुलमान अहिले बहराइनमा छन्। अब उनी दुबई, ओमन र कतारसमेत पुग्नेछन्। उनले मुख्यत: त्यहाँ कार्यरत नेपाली युवाहरूलाई भेट्ने लक्ष्य राखेका छन्।

यो पनि पढ्नुहोस्

रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस