नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल पार्टीको १४औं महाधिवेशनमा डा. शेखर कोइरालाको समूहबाट महामन्त्री पदका लागि उम्मेदवार बने। तर, पराजित हुन पुगे। उनीसँगै महामन्त्री पदका उम्मेदवार बनेका अर्का नेता गगन थापा सर्वाधिक मतसहित जित्दै गर्दा मीनेन्द्रले पराजय भोग्नुपर्यो।
त्यसयता उनी राष्ट्रिय राजनीतिमा मात्रै होइन, कांग्रेस-वृत्तको राजनीतिमा पनि त्यति चर्चमा छैनन्। त्यसयता उनले पुस्तक र प्रविधिसँग समय बिताइरहेका छन्। तर, उनलाई कहिलेकाहीँ १४औं महाधिवेशनपछिको समयसँग चित्त दुख्छ। कारण; आफ्ना समूहका नेताहरूको बेवास्ता! हुन पनि उनका समूहका नेताहरू डा. शेखर कोइराला, गगन थापाहरूले केन्द्रीय समिति सदस्यमा मनोनीतका लागि पहलसमेत गरेनन्। उनी केन्द्रीय सदस्य त बने तर, सभापति शेरबहादुर देउवासँग आफैँले कुरा गरेर!
बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको कुराकानीका क्रममा मीनेन्द्रले तिनै गुनासा र चित्तदुखाइका पोको फुकाए। 'शखेरजीको नेतृत्वमा चुनाव लडेँ, गगन थापासँगै महामन्त्री लडेँ। मलाई कहीँ न कहीँ गुनासो त छ नि! किनकि, पार्टी केन्द्रीय समिति सदस्य पनि दुई वर्षपछि सभापतिसँगै कुरा गरेर भा'हो,' रिजालले भने।
पछि संसद्मा ल्याउने कुरामा पनि शेखर-गगनहरूले कुनै पहल नगरेको भनाइ छ रिजालको। उनीहरूले मीनेन्द्र रिजाललाई पनि पार्टीमा कुनै भूमिका दिनुपर्छ भनेर सोच्नै नसकेको उनी बताउँछन्। 'पार्टीमा केही भूमिका दिनुपर्छ भन्ने; उहाँहरूले आफ्नो भूमिकालाई जोखिममा राख्न त पर्दैनथ्यो नि, त्यसले त कुनै फरक पर्दैन्थ्यो। कुनै कुनै बेला त फरक पर्थ्यो होला तर, अहिले त उहाँहरू घच्चीका साथ स्थापित हुनुहुन्छ नि। मीनेन्द्र रिजाल पनि सँगैका साथी, छेऊ पर्या छ, त्यसैले हामीले बोल्नुपर्छ भन्ने चेतना उहाँहरूसँग चेतना भएन भन्ने मलाई मनमा लागेको छैन भन्ने भन्दा त झुटा बोलेको हुन्छ नि त,' उनले भने।
आफ्नो समूहले आफ्नो मूल्याङ्कन नै नगरेको उनको भनाइ छ। 'समूह बनाएर हिँडेका साथीहरूको बारेमा केही नसोच्ने र एउटा पनि साथीहरूले यसलाई जिम्मेवारी दिँदा जाती नै हुन्छ भन्ने कुरामा कसैले पनि मज्जाले बोलेको जस्तो लागेको छैन,' उनले भने।