थाकिसकेको छ रेशम चौधरीको मन !
०८ असार २०८२
•
४ मिनेट पाठ
थाकिसकेको छ रेशम चौधरीको मन !
२०७४ सालको संसदीय निर्वाचनमा कैलाली क्षेत्र नं. १ बाट निर्वाचित भएर पनि संसद् पस्न नपाएका रेशम चौधरीले त्यसपछि पाँच वर्ष थुनामा रहनुपर्‍यो। थुनामा रहँदै पत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गरेका उनले थुनामुक्त भएपछि पार्टी अध्यक्ष बन्ने रहर गरे। पहिलो महाधिवेशनबाट अध्यक्ष बने पनि तर, निर्वाचन आयोगले अध्यक्षका रूपमा उनको नाम अद्यावधिक गर्नै मानने। फलत: पार्टी अध्यक्षमा पुन पत्नी रञ्जिताकै नाम चढाइयो। 




आफूलाई पार्टी अध्यक्ष नमानेपछि रेशम आयोगका प्रति त खनिए नै, सँगै पत्नी रञ्जितासँग पनि उनको सम्बन्ध हार्दिक रहन सकेन। उनीहरूबीचको विवाद र दोषारोषण बाहिरी सतहमै देखियो। यत्तिसम्म कि उनीहरूबीचको विवादकै कारण पार्टीले सुदूरपश्चिम प्रदेशमा पाएको मुख्यमन्त्रीसमेत गुमायो। यदि त्यतिबेला उनीहरूबीचको विवाद नभएको हुन्थ्यो भने नागरिक उन्मुक्ति मुलुकमा पहिलो थारु मुख्यमन्त्री बनाउने पार्टी बन्थ्यो तर, त्यस्तो भएन।

रञ्जिता र रेशम।
पत्नी तथा पार्टी अध्यक्ष रञ्जितासँग राम्रो सम्बन्ध नभएपछि र कार्यकारी बनेर काम गर्न नपाएपछि सेरेमोनिय पद संरक्षक रहेका रेशमले डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग पार्टी एकताको लागि पहल गरे। राउत पार्टी एकताका लागि सहमत पनि भए। त्यसपछि गत वैशाख १७ गते नागरिक उन्मुक्ति र जनमतबीच पार्टी एकता हुने मिति तय भयो। तर, कार्यक्रममा पुग्दै गरेका रशेम ढोकैबाट पक्राउ परे। उनी त्यही दिन साढे पाँच घण्टापछि छुटे पनि। कसरी पक्राउ परे र छुटे भन्ने विषयबारे छुट्टै कथा छ। जे होस्, त्यसबेला दुई पार्टीबीचको एकता रोकियो।

यसपछि जिल्ला झरेका रेशमले सङ्गठन बिनाको राजनीति कल्पना गर्न नसकिने बताएका थिए। ‘मौसम जस्तै बदलिरहँदैन आस्था। विचार परिवर्तन भौतिक शरीर नष्ट भए मात्रै समाप्त हुन्छ। सबै कुरा थाँती राखेर आफ्नो सङ्गठन निर्माणमा जुटौँ। सङ्गठन रहे तपाईं रहने हो, राजनैतिक पदधारी हुने हो। सङ्गठन बिनाको राजनीति कल्पना पनि नगरौँ,’ उनले भनेका थिए। जनमतसँगको एकता भाँडिएपछि उनले भनेको यो विषयले त्यही कुरा इङ्गित गरेको हो भनेर अड्कल लगाउन गाह्रो छैन।

चन्द्रकान्त राउत र रेशम चौधरी।
त्यस बीचमा उनले दैलेखदेखि कञ्चनपुरसम्म यात्रा गरे। बीच-बीचमा उनले राजनीति तथा पार्टीसँग सम्बन्धित टिप्पणीहरू फेसबूकबाट गरिरहे। जेठ ४ गते उनले यस्तै एक पोस्ट फेसबूकमा गरेका छन्। उनले लेखेका छन्, ‘पार्टी सानो बलिदानले जन्मिएको होइन। शान्त तलाउमा ढुङ्गा मिल्काउनु पनि शोभनीय होइन। अनुशासनहीन विद्यार्थीले नैतिक शिक्षामा कति अङ्क प्राप्त गर्छन्, पछि मूल्याङ्कन होला नै।’ यतिबेला उनका प्रति पार्टीकै कतिपय नेताहरू, जो रञ्जितानिकट मानिन्थे; उनीहरूले विभिन्न टिप्पणीहरू गरिरहेका थिए। यसपछि उनले यो लेखेका थिए। त्यहाँ उनले घुमाउरो पारामा चेतावनीसमेत दिएका छन्।

यसबीचमा उनले गैरराजनीतिक कार्यक्रममा सहभागिता जनाए, गीतका शब्दमा सङ्गीत भरे, कवि तथा कलाकारहरू भेटे। तर, राजनीति भुलेनन्। जेठ २७ गते उनले फेसबूकमा लेखेका छन्, ‘रहरले राजनीति गर्नु हुँदैन। मुद्दामा अडिग भए सफलता अवश्य प्राप्त हुन्छ।’ उनले फेसबूकमार्फत आफू राजनीतिक मुद्दामा अडिग नै रहेको र आफू कति पनि विचलित नभएको सन्देश दिएका छन्। 

रेशम चौधरी, खेतमा काम गरिसकेपछि।
यस बीचमा उनले आमासँग राजनीति छाड्नेबारे सल्लाह पनि गरे। तर, आमाले राजनीति नछाड्नका लागि आग्रह गरे। ‘बेलुकी भात खाँदा आमालाई सोधेँ- राजनीति छोडिदिउँ आमा ? मुखको गाँस चपाइसकेपछि आमाले जवाफ दिनुभयो- तैँले राजनीति छोडे हामी सबै थारूहरूको बिजोग हुन्छ बा। अब त झन् छोड्नुहुन्न। त्यसपछि उहाँले भनेको शब्द म लेख्न सक्दैन,’ उनले भनेका छन्।

यसपछि पनि उनले केही समय घरमै बिताए। आमा बिरामी भइन्। ठूलोबुवा गुरुप्रसाद चौधरी बिते। उनले सबै जिम्मेवारी निर्वाह गरे। त्यस बीचमा उनले खेतीकिसानीमा पनि लागे। उनले फेसबूकबाटै नेताले पनि काम गर्नुपर्ने विचार व्यक्त गरेका छन्। राजनीति नछाड्ने आमाको सुझाव लिएर काठमाडौं आएका रेशमले पछिल्ला दिनमा गैरराजनीतिक कार्यक्रमहरूमा सहभागिता जनाइरहेका छन्। यहीबीच उनले आइतबार (आज) मात्रै थप अर्को स्टाटस लेखे— ‘शरीर फुर्तिलो देखिन्छ तर, मन थाकिसक्यो।’

उनले यो लेखेर ठ्याक्कै यही इङ्गित गरेका होलान् भनेर अड्कल गर्न गाह्रो छ तर, पक्का भइसकेको जनमतसँगको एकता पनि टुङ्गो नहुनु, पार्टी अध्यक्ष तथा पत्नी रञ्जितासँग राम्रो सम्बन्ध नहुनु, पार्टीका नेताहरू विभाजित हुनु, पार्टी गठनका बेला गरिएका बाचाहरू थाँती रहनू; यी र यस्तै कुराले उनको मन त थाकेकै होला।
अर्को समाचार
जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्छ : रेशम चौधरी
०४ साउन २०८२
•
१ मिनेट पाठ
जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्छ :  रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्ने बताएका छन्।




आइतबार सामाजिक सञ्जालमा लेख्दै चौधरीले यस्तो बताएका हुन्। साथै उनले 'जथाभावी नबोल्नुस् मित्र' भन्दै सुझाव समेत दिएका छन्।

चौधरीले कसलाई लक्षित गर्दै यो स्टाटस लेखेका हुन् भनेर नाम खुलाएका छैनन्। तर नाम नखुलाए पनि उनले लक्ष्मण चौधरीप्रति लक्षित गर्दै स्टाटस लेखेको बुझिन्छ। किनभने केही दिनअघि मात्र लक्ष्मणले नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध अन्तर्वार्ता दिएका थिए। 

उनले रञ्जिताको नेतृत्वमा पार्टी चल्न नसक्ने भन्दै ठोकुवा गरी विरोध गर्दै आउका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस