राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पार्टी प्रवक्ता मनीष झाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग आफूहरूको माग नभएको बताएका छन्।
उक्त माग जनताको भएको जिकिर उनको छ। मङ्गलबार (आज) नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, 'भिजिट भिसा प्रकरणमा छानबिन हाम्रो माग होइन। यो त जनताको माग हो। जनता १८ वर्षयता ठगिइरहेका छन्। अब ठगिन नपरोस् भन्ने माग हो। त्यसलाई पनि सुनिदिनका लागि हाम्रो माग छ।'
उक्त प्रकरणमा छानबिनको माग गर्दै रास्वपाले जेठ १४ गतेयता संसद् अवरुद्ध गर्दै आएको छ। माग पूरा नभएसम्म आफूहरूको विरोध जारी रहने झाले बताए।