संसद्मा अहिले फरक दृश्य देखिन्छ। संसद्मा बैठक मात्रै होइन, नाराबाजी पनि सँगसँगै सञ्चालित छ। चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू अहिले बैठकमा होइन, नाराबाजीमा सहभागी हुन संसद् पुग्छन्।
रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखक दोषी छन् भनिएको भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै आएका छन्। फलत: उनीहरूले गत जेठ १४ गतेयता संसद् अवरुद्ध गर्दै आइरहेका छन्। जेठ ३० गतेसम्म प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) पनि यही पङ्क्तिमा थियो। तर, ३० गते उसले सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्यो, त्यसयता उसले आफ्नो तर्फबाट संसद् खुलाएको छ। तर, रास्वपा र राप्रपाले भने जारी राखेका छन्।
उनीहरूले भनिरहेका छन्- 'भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नैपर्छ।' तर, सत्तापक्षीय दलहरू कांग्रेस-एमाले यसमा सहमत छैनन्। झनै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र पनि त्यही कित्तामा मिसिएपछि त सत्तापक्षीय दलहरू कांग्रेस-एमालेलाई हाइसन्चो भएको छ।
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आफ्नो तर्फबाट संसद् खुलाएसँगै बैठक रास्वपा र राप्रपाको नाराबाजीका बाबजुद पनि अगाडि बढिरहेको छ। सामान्य भाषामा भन्दाखेरि सभामुख देवराज घिमिरे रास्वपा र राप्रपालाई पेलेरै अगाडि बढेका छन्।
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको जेठ ३० गते नै यो दृश्य देखिएको थियो। माओवादी केन्द्रका सांसदहरू आसनमै हुँदा रास्वपा र राप्रपाका सांसदहरू भने नाराबाजी गर्दै लबीमा उत्रिएका थिए। तर, सभामुख घिमिरेले पेरेलै अगाडि बढ्ने नीति अख्तियारी गरे। रास्वपा र राप्रपाका नेताहरूले बैठक अवधिभरि नाराबाजी गरिरहे।
माओवादी केन्द्रले संसद् खुलाएको दोस्रो दिन आइतबार (आज) पनि बैठकको दृश्य फरक देखिएन। रास्वपा र राप्रपाका सांसदहरूले लबीमा उभिएर नाराबाजी गरिरहे। तर, सभामुख घिमिरे अगाडि बढिरहे। बैठक सुरु हुनासाथ नाराबाजीमा उत्रिएका सांसदहरूको हल्लालाई बेवास्ता गर्दै सभामुख घिमिरेले विशेष समय अगाडि बढाए। र श्यामकुमार घिमिरे, योगेश भट्टराई, वर्षमान पुनलगायतलाई समय दिँदै अगाडि गए।
उता लबीमा रास्वपा र राप्रपाका सांसदहरूले अझ ठूला-ठूला स्वरमा नाराबाजी गरिरहे। अन्तिममा राप्रपाले त संसद् बहिष्कार नै गर्यो। तर, सभामुख घिमिरेले त्यसलाई बेवास्ता गरेरै बैठक सञ्चालन गरे। दुई दिन अघिदेखि सभामुख घिमिरेले रास्वपा र राप्रपाको नाराबाजीलाई बेवास्ता गर्दै सभा सञ्चालन गरेको सन्दर्भको आलोचनासमेत हुन थालेको छ।
त्यसो त प्रतिनिधिसभा नियमावली २०७९ मा यसबारे ठोस व्यवस्था छैन। नियमावलीले मूलत: संसद् सभामुखकै निर्देशनअनुसार चल्ने परिकल्पना गरेको छ। तर, असन्तुष्ट पक्षहरूको आवाजको बेवास्ता पनि गर्न नहुने बताउँछन् पूर्वसभामुख अग्नि सापकोटा। ‘नियमावलीले नै ठोस रूपमा केही व्यवस्था त गरेको छैन। तर, विपक्षीहरूको आवाजको पनि सम्बोधन गरिनुपर्छ। सकेसम्म सबैलाई समेटेर लानका लागि सभामुखले अधिकतम् प्रयास गर्नुपर्छ,’ उनले भने।
सापकोटाले विगतको अभ्यास र वर्तमानको आवश्यकताले पनि त्यसको निर्धारण गर्ने बताए। ‘विगतको अभ्यास र अहिलेको आवश्यकताले निर्धारण गर्छ। तर, नियमावलीमा ठोस कुनै व्यवस्था छैन त्यसबारे, सभामुखकै निर्देशनअनुसार बैठक चल्ने हो। तर, सभामुखले असन्तुष्ट पक्षसँग सहमतिका लागि अधिकतम् प्रयत्न गर्नुपर्छ। तर, के सत्य हो भने फेरि सत्तापक्ष र प्रतिपक्ष दुबैले अडान लिइरहने हो भने त्यसले कसैलाई कति पनि फाइदा गर्दैन। यसर्थ, निचोड त निकाल्नैपर्यो। त्यसका लागि सबै पक्ष उत्तिकै लचकता हुनुपर्छ,’उनले भने।