राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता तथा सांसद मनीष झाले पार्टी सरकारमा गएकोमा पश्चात्ताप व्यक्त गरेका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको कुराकानीका क्रममा उनले पश्चात्ताप व्यक्त गरे।
पहिलो पटकको संसद् यात्रामै पार्टी पटक-पटक सरकारमा सहभागी हुँदा त्यति राम्रो सन्देश नगएको उनले बताए। त्यसबेला सङ्गतले फुस्काइदिएकाले त्यो निर्णय लिएको उनले बताए। 'पहिलो पटकको ३४ दिनको जुन समय थियो, गृह मन्त्रालयको। त्यसका बारेमा खास पश्चात्ताप छैन। त्यसका बारेमा त काठमाडौंका धेरै फोरमहरूमा अहिले पनि चर्चा हुन्छ तर, दोस्रो पटक जाँदाचाहिँ अलिक धेरै विचार गर्नुपर्थ्यो कि,' उनले भने।
उनले पछि २०८४ नै कुरेको भए हुने रहेछ भन्ने महसुस भएको पनि झाले बताए। 'तर, हामीले कुनै नराम्रो काम गरेनौँ। गरेको भए त वर्तमान गठबन्धनले निकालिसक्थ्यो। पहिलोको ३४ दिनको कार्यकाल जुन थियो, त्यसमा केही काम गर्न सकिन्छ कि भनेर गयौँ। मिसन त्यही थियो तर, मिसन हुनै पाएन,' उनले भने।
पछिल्लो संसदीय निर्वाचनमा आश्चर्य रूपमा चौथो दलका रूपमा उदाएको रास्वपा त्यसलगत्तै गठित सरकारमा चार मन्त्रालय लिएर सहभागी भएको थियो। उक्त सरकारबाट चाँडै बाहिरिएको रास्वपा पुन: दोस्रोपटक पनि सहभागी भयो। अझ के भयो भने दोस्रोपटक त उसले गृह मन्त्रालय नपाए सरकारमै सहभागी नहुनेसमेत भयो। त्यसबेला रास्वपाको आलोचनासमेत भएको थियो।