नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वले बेहोरिरहेका तीन वटा संकटसँग जुध्न नेपाली युवा तयार रहनुपर्ने बताएका छन्। बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महरले यस्तो बताएका हुन्।
‘तीन सकंट भनेका जैविक विविधता, जलवायु परिवर्तन र प्रदूषण हुन्,’ महरले भने, ‘विश्वले यी तीन विषयलाई महासंकटका रूपमा लिइरहेको छ। यी तीन विषयको सन्तुलनमा ध्यान नदिएमा भोली विश्वले महासंकट बेहोर्नुपर्ने हुनसक्छ।’
त्यसैले विश्वले यी विषयमा सन्तुलन राख्न ग्लोबल पोलिसी निर्माण आजको आवश्यकता रहेको भन्दै उनले युवा पुस्ता यो संकटसँग जुध्न सचेत हुनुपर्ने बताए।
‘जनसंख्या वृद्धिले जैविक विविधता भइरहेको छ। जलवायु परिवर्तन औद्योगिक करणले भइरहेको छ। यसले जमिन, वायु, जललगायत सबै क्षेत्र प्रदूषित तुल्याइरहेको छ। यसले नेपाल मात्र नभएर विश्वमै महासंकट ल्याउने आंकलन गरिदै छ ।त्यसैले यससँग जुध्नका लागि युवालाई दिइने शिक्षा पनि यसैको आधारमा हुनुपर्छ,’ महरले भने।