नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्धको मुद्दाको कानूनी रूपमै प्रतिवाद गर्ने भएको छ।
बिहीबार (आज) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा हदबन्दी छुट प्रकरणमा नेपालविरुद्ध मुद्दा दर्ता गरेको छ।
यसविरुद्ध आफूहरूले कानूनी रूपमै प्रतिवाद गर्ने नेता दामोदर अर्यालले बताए। 'अहिले हाम्रो अध्यक्षलाई मुद्दा लागेको छ। हामी कानूनी रूपमै प्रतिवाद गर्छौँ,' अर्यालले भने।
उनले आफूहरू निराश नरहेको जिकिरसमेत गरेका छन्। 'उत्साहपूर्वक निरन्तर समाजवादी आन्दोलनमा छौँ। सबै खाले प्रतिगामी हर्कत र षड्यन्त्रका विरुद्ध डटेर सामना गर्दछौँ,' उनले भने।