पूर्वमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई तहको सरकार कायम गर्न प्रस्ताव गरेका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै थापाले यस्तो प्रस्ताव गरेका हुन्।
थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव गरे। 'अहिलेको प्रदेश संरचनाको आवश्यकता छैन। यो त हामीले प्रमाणित रूपमा पनि हेर्न सक्दछौँ,' उनले भने।
प्रमुख दलका प्रमुख नेताहरूले पनि भित्रभित्रै यो कुरा स्वीकारिसकेको उल्लेख गर्दै थापाले थप भने, 'प्रदेश संरचना आवश्यकताहीन छ, उपयुक्तविहीन छ। आर्थिक दृष्टिकोणले पनि धान्न नसकिने अवस्था छ। प्रदेश संरचना खारेज गरौँ, दुई तहको सरकार कायम गरौँ। सङ्घीयताको नयाँ स्वरूप भन्नुस् वा सङ्घीयता खारेज भएको भन्नुस्।'