गत शनिबारदेखि ‘झोले’ शब्द चर्चामा छ। प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनताको झोले भएको बताएपछि यो शब्द चर्चामा आएको हो।
त्यसो त ‘झोले’ शब्द आफैँमा नकारात्मक शब्द होइन। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’मा झोलेका तीनवटा अर्थहरू छन्। पहिलो, अर्कोको झोला बोक्ने, दोस्रो, झोल भएको; रसदार र तेस्रो झोला बोकेर हिँड्ने।
प्रधानमन्त्री ओलीले आफूलाई भनेको पहिलो नम्बरको झोले हो। जहाँ, उनले आफूले जनताको झोला बोक्ने गरेको जिकिर गरेका छन्। यथार्थमा त्यो हो वा होइन, जनताले विश्लेषण गर्ने कुरा रह्यो।
तर, नेपाली राजनीतिक वृत्तमा भने झोले शब्दलाई ‘नेगटिव कोनोटेसन’मा बुझिन्छ। अर्थात्, खासगरी राजनीतिक रूपमा एकले अर्कालाई गाली गर्नुपर्यो, रोष पोख्नुपर्यो भने झोले शब्दको प्रयोग गरिन्छ। अझ भन्नुपर्दा, झोले शब्दले नेताका 'पिछालगु'हरूलाई जनाइन्छ।
यही सन्दर्भमा प्रधानमन्त्री ओलीले आफूलाई जनताका झोले भने, त्यसपछि यो शब्द चर्चामा आयो। अर्थात्, प्रधानमन्त्री ओलीले नेपाली राजनीतिक वृत्तमा झोलेका जुन अर्थ छन्, त्यसलाई सामान्यीकरण गर्न खोजेका छन्। ओलीको उक्त ‘अभियान’ मा एमालेका सबै नेताहरूले साथ दिएका छन्।
अहिले एमाले नेताहरू सबैले ‘म झोले हो’ भन्ने पोस्टर सामाजिक सञ्जालहरूमा साझेदारी गरिरहेका छन्। सुरुमा प्रधानमन्त्री ओलीले नै यस्तो पोस्टर साझेदारी गरेका थिए। यसपछि एमालेका सबै नेताहरूले यो साझेदारी गरेका छन्। यो क्रम जारी नै छ।
यस्तो पोस्टर साझेदारी गर्ने नेताहरूमा अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितका नेताहरू छन्। नेताहरूले उही टेम्प्लेटमा आफ्नो फोटो राखेर पोस्टरहरू साझेदारी गरिरहेका छन्।
यस्तै एमाले सांसदहरू सुनिता बराल, सुहाङ नेम्वाङसहित एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्गठनका अध्यक्ष क्षितिज थेवेलगायतका नेताहरूले पनि यस्तो पोस्टर साझेदारी गरिरहेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...