यी कमल, ती थापा: हिजो गोली ठोक्न आदेश दिन्थे, आज घिसारिँदै पक्रिन्छन्
१८ जेष्ठ २०८२
•
५ मिनेट पाठ
यी कमल, ती थापा: हिजो गोली ठोक्न आदेश दिन्थे, आज घिसारिँदै पक्रिन्छन्
सञ्चार माध्यम र सामाजिक सञ्जाल पछ्याउने व्यक्ति हुनुहुन्छ भने आज(आइतबार) कमल थापालाई जरुर हेर्नुभएकै होला। प्रहरीले हातखुट्टा  समातेर ‘झ्यानाकुटी’ पार्दै पक्राउ गरेर भ्यानमा लगेर हालेको दृश्य यति बेला सामाजिक सञ्जालमा भाइरल छ। प्रहरीले बलपूर्वक लग्दा थापालाई केही बेर लछारेको दृश्यमा देखिन्छ। 




कमल थापाको अहिलेको परिचय ‘विद्रोही राजावादी’ हो। यद्यपि ‘राजावादी’ परिचय भने उनका लागि नौलो होइन, भलै कुनै समय रिसाएर गणतन्त्रवादी बनेको उदाहरण पनि ज्युँदै छ। 

‘समय बौलाएका बेला’ तथाकथित राजावादी हुनु गर्वको विषय बनाइन्छ। अहिले नेपालमा सबैभन्दा राष्ट्रवादी, देशभक्त र भ्रष्टाचार विरोधी शक्ति भनेकै राजावादी हुन् भन्ने भाष्य स्थापित गर्न भगीरथ यत्न गरिँदै छ। पूर्व राजा ज्ञानेन्द्र शाहलाई नारायणी हिटीको सिंहासनमा विराजमान गराए वर्तमानमा देखिएका सबै समस्या ‘छुमन्तर’ हुन्छन् भन्दै राजावादी सडक र सामाजिक सञ्जालमा कोकोहोला मच्चाइरहेका छन्। उनीहरूको नजरमा देश प्रगतिको बाधक भनेकै गणतन्त्र हो, राजसंस्था मात्रै देशको भाग्य विधाता हो। 

यो भाष्य सिर्जनाका पछिल्ला सर्जक यिनै थापा हुन्। उनी मुलुक गणतन्त्रमा गएदेखि नै राजावादी जिजीविषाको त्यान्द्रो समातेर एकोहोरो यात्रारत थिए। बिचमा एक पटक गणतन्त्रको सत्ता सिँढी चढ्दा दरबारिया शक्तिले उनलाई राप्रपाबाट किनारा लगाउँदै रछ्याँनमा मिल्काएको थियो। त्यहीँबाट चिच्याएर उनले गणतन्त्रको नारा लगाए। केही समय शान्त भएपछि उनी फेरी राजावादी शक्तिमै मिसिए। 

पछिल्लो समय राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको दरबारसँग बिग्रेको सम्बन्ध, तीनकुने घटनापछि दुर्गा प्रसाईँको हिरासत बासको मौका छोपेर थापा राजावादी आन्दोलनको मूलधारको नेता बनेका छन्। उनकै समन्वयमा अहिले प्रसाईँ समूहबाहेकका सम्पूर्ण राजावादी एक ठाउँमा आएर जेठ १५ बाट आन्दोलनरत छन्। 

चैत १५ गतेको ‘तीनकुने ताण्डव’ सम्झने हो भने, पछिल्ला तीन दिन काठमाडौंमा सडकमा राजावादीले गरेको प्रदर्शन अपवादजस्तै शान्तिपूर्ण थिए। 

तर, आइतबार(आज) भने राजावादीले आफ्नो असली औकात देखाए। त्यही दृश्यमा सङ्कलित एक दृश्य थापा पक्राउको हो। उनीसहितका राजावादीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनलाई गिरफ्तार गरेको हो। नारायण चौरबाट पक्राउ परेका थापासहितका सात जनालाई प्रहरीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखेको छ। 

ती सत्ताधारी थापा, यी विद्रोही कमल

थापा अहिले प्रखर क्रान्तिकारी बोली बोल्छन्। १८ वर्षअघि खारेज गरिएको राजसंस्था पुनर्स्थापनाको माग गर्दै गणतन्त्रविरुद्ध सबैभन्दा चर्को सुनिने गरेका छन्। उनका पछिल्ला अभिव्यक्ति सुन्दा लाग्छ–मानौँ, उनी हिलोमा फुलेको पवित्र कमल हुन्। नामजस्तै उनको चरित्र बेदाग छ। उनले न राज्य स्रोतको दुरुपयोग गरेका छन्, न शक्तिको नाजायज प्रयोग। लाग्छ उनीबाहेक ठुलो राष्ट्रवादी यो देशमा अर्को कोही छैन। 

तर इतिहासतर्फ फर्केर हेर्ने हो भने थापाले राज्य शक्ति र स्रोतको दुरुपयोग गर्न कुनै कसर बाँकी नराखेको देखिन्छ। 

उमेरले ७० वर्ष पार गरेका उनले जीवनको अधिकांश ऊर्जाशील समय भने सत्ताकै वरिपरि बिताएका थिए। सुरुवातमा फुटबल खेलाडी रहेका उनी त्यसपछि पञ्चायतकालीन राजनीतिमा प्रवेश गरे। २०४३ सालमा मरीचमान सिंह नेतृत्वको सरकारमा उनी वन तथा भू संरक्षण मन्त्री बनेका थिए। 

बहुदलपछि राप्रपाको राजनीतिमार्फत पटक पटक मन्त्री पनि बनेका थिए। मन्त्री बन्न उनले गरेको दौडधुपलाई त्यो बेला ‘मुसा प्रवृत्ति’ भनेर चिनिन्थ्यो। 

बहुदलकलाका अन्तिम समयमा पूर्व पञ्च हस्तीहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनीहरूबिच परस्पर बेमेल रहँदाको फाइदा थापाले उठाउँदै राजनीतिक शक्ति सञ्चय गरे। 

जसको थप लाभ उनले तत्कालीन राजा ज्ञानेन्द्रले दुई पटक गरेका ‘कु’का बेला उठाए।  २०५९ असोज १८ मा पहिलो पटक ज्ञानेन्द्रले ‘कु’ गरेपछि बनेको सूर्यबहादुर थापा नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्य मन्त्री बनेका थिए। त्यो बेलाको सरकारका उनी हर्ताकर्ता थिए। 

२०६१ माघ १९ मा ज्ञानेन्द्रले दोस्रो पटक ‘कु’ गरेर आफ्नै अध्यक्षतामा सरकार बनाउँदा सुरुमा पूर्व प्रशासक दानबहादुर शाहीलाई गृहमन्त्री बनाएका थिए। पछि आन्दोलन उत्कर्षमा पुग्दै जाँदा ज्ञानेन्द्रले शाहीलाई हटाएर थापालाई गृह मन्त्रालयको कमान सुम्पिएर आन्दोलन दबाउने जिम्मा दिए। 

त्यसपछि थापाले आन्दोलन दबाउन कुनै कसर बाँकी राखेनन्। जसको लिखित दस्ताबेज दोस्रो जनआन्दोलनका क्रममा भएको दमन र ज्यादतीविरुद्ध जाँचबुझ गर्न कृष्णजंग रायमाझीको अध्यक्षतामा गठन भएको आयोगको प्रतिवेदनमा उल्लेख छ। 

आयोगले ६ महिना लगाएर समस्याको विस्तृत अध्ययन गरी सरकारलाई प्रतिवेदन पनि बुझाएको थियो। तर त्यो प्रतिवेदन कार्यान्वयन नहुँदा नै अहिले कमल थापाहरू सडकमा विद्रोह गर्न उत्रन सम्भव भएको हो। 

उक्त प्रतिवेदनमा मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरी, कृतिनिधि विष्ट, गृहमन्त्री कमल थापा, कानुन मन्त्री निरञ्जन थापा, सेनापति प्यार जङ्ग थापा, सशस्त्र प्रहरी महानिरीक्षक वासुदेव ओलीलगायत दुई सयभन्दा बढीलाई कारबाहीको सिफारिस गरेको थियो। 

आयोगले संकलन गरेका तथ्यले जनआन्दोलन दमन गर्न व्यापक रूपमा सत्ताको  दुरुपयोग, ज्यादती, मानव अधिकार हनन, राष्ट्रिय ढुकुटीको दुरुपयोग गरेको देखिएको थियो। 

आयोगले राजधानी उपत्यकासहित ३७ जिल्लामा राज्यबाट अत्यधिक दमन  भएको निष्कर्ष निकालेको थियो। रायमाझी आयोगले तत्कालीन राजा ज्ञानेन्द्रलाई समेत छानबिनको दायरामा ल्याएको थियो। आयोगले बयान दिन ज्ञानेन्द्रलाई लेखेको थियो। तर, जवाफ आएन। 

२०६२ चैत २४ गतेबाट सुरु भएको निर्णायक १९ दिने जनआन्दोलनकै दौरानमा राज्य पक्षबाट अत्यधिक दमन भयो। सोही दमनबाट देशभर २६ जनाको आन्दोलनकारीको मृत्यु भएको थियो। सयौँ घाइते भएका थिए। 

जनआन्दोलन दमन गर्न राष्ट्रिय ढुकुटीबाट करोडौँ रकम दुरुपयोग गरिएको पनि आयोगले निष्कर्ष निकालेको थियो। आयोगको प्रतिवेदनअनुसार गृह मन्त्रालयबाट ५ करोड ४५ लाख, रक्षा मन्त्रालयबाट २ करोड १२ लाख २९ हजार, सूचना तथा सञ्चार मन्त्रालयबाट ६ करोड ३७ लाख ८६ हजार बिना प्रयोजन खर्च गरिएको छ। 

त्यो बेला जनआन्दोलन दमन गर्न मुख्य भूमिका खेल्ने थापा अहिले आफै आन्दोलनकारी छन्। जसरी विगतमा उनले आन्दोलनकारीमाथि जुन प्रहरीबाट गोलीदेखि लाठी बर्साउन निर्देशन दिन्थे, आज त्यही नियति आफूले भोग्नुपरेको छ।
अर्को समाचार
कमल थापाले भनेः ज्ञानेन्द्रपछि कोही राजा नभएकाले श्री ५ लेख्नु स्वाभाविक
२७ असार २०८२
•
१ मिनेट पाठ
कमल थापाले भनेः ज्ञानेन्द्रपछि कोही राजा नभएकाले श्री ५ लेख्नु स्वाभाविक
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले सोधपुछका लागि बोलाएकामा आपत्ति जनाएका छन्।  




‘श्री ५ ज्ञानेन्द्र लेखिएको बहानामा फणिराज पाठकलाई सोधपुछको निमित्त सरकारले बोलाउनु आश्चर्यजनक र हास्यास्पद छ,’ थापाले फेसबुकमा लेखेका छन्, ‘यो सरकारको संकीर्ण मानसिकताको द्योतक हो।’  

उनले ज्ञानेन्द्र नेपालका राजा भएको पनि दाबी गरेका छन्। ‘श्री ५ ज्ञानेन्द्र नेपालका राजा हुन् । प्राविधिक रूपमा अहिले राजतन्त्र नरहे पनि वा संविधानले नचिने पनि उनी पछि अरु कोही राजा नभएकाले उनलाई ‘श्री ५ ले’ सम्बोधन गर्नु स्वभाविक र मर्यादा पनि हो,’ थापाले लेखेका छन्।  

काठमाडौं प्रहरीले शुक्रबार पाठकलाई बयानका लागि बोलाएको छ। पूर्वराजा ज्ञानेन्द्रलाई नेपालको संविधानले नचिन्ने ‘श्री ५ महाराजाधिराज’लेखेर लेटर प्याड प्रयोग गरिएका प्रचारबाजी गरेको विषयमा प्रहरीले पाठकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस