जेठ १५ को तयारीमा एमाले: उच्च सुरक्षा सतर्कता
१३ जेष्ठ २०८२
•
४ मिनेट पाठ
जेठ १५ को तयारीमा एमाले: उच्च सुरक्षा सतर्कता
सरकारमा रहेको नेकपा एमालेले जेठ १५ गते  गणतन्त्र दिवस भव्य रूपमा मनाउने भएको छ । त्यसका लागि एमालेको ५२ औँ सचिवालय बैठक पार्टीका पदाधिकारीलाई जिम्मेवारी समेत दिइएको छ । 




जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिनलाई एमालेले भव्य रूपमा मनाउने तयारी लागेको हो। २३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको र त्यही दिनलाई लक्षित गरेर राजावादी समूहले पनि प्रदर्शनको तयारी गरेका छन्। यो दिनलाई एमाले र राजावादीको मुठभेड हुने हो कि भन्ने आशंका पनि उत्पन्न भएको छ । यद्यपि एमालेले मुठभेड नभई गणतन्त्र दिवस मनाउन आफ्ना नेता कार्यकर्तालाई आग्रह गरेको जनाएको छ । 

नेकपा एमालेले जेठ १५ गते प्रदर्शन केन्द्रित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिएको छ। तीन दिन यता पार्टी मुख्यालय च्यासलमा यस सम्बन्धी विविध छलफल भेलाहरू भइरहेका छन्। भेलामा नेताहरूको जिम्मेवारी बाँडफाँटको सूची बनाएर तयारी थालिएको छ। जनसङ्गठनका अध्यक्ष, इन्चार्ज र काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीबिच तीन दिनयता छलफल चलिरहेका छन्। सचिवालयको बैठकपछि महासचिव शंकर पोखरेलले गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउने र राजावादीले फैलाएका भ्रमहरू चिर्न जनप्रदर्शनको तयारी गरिएको बताएका थिए। सचिवालय बैठकपछि जनपरिचालनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । 

जनसङ्गठनहरूको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ। विष्टलाई सबै जनसङ्गठनका इन्चार्जले सघाउने छन्। ठुला जनसंगठनको रूपमा रहेका सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी भूगोलअनुसार फरक–फरक नेतालाई दिइएको छ।

जसअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट, बागमती प्रदेशका जिल्लाको उपमहासचिव प्रदीप ज्ञवाली, लुम्बिनी र गण्डकीका जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकिएको छ। बैठकपछि जारी गरिएको विज्ञप्तिअनुसार कोसी प्रदेशका जिल्लाको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापा, मधेस प्रदेशका आठ वटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ। उपत्यकाका जनप्रदर्शनमा सहभागिता वृद्धिका लागि ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरू क्रमशः अष्टलक्ष्मी शाक्य, गुरु बराललाई जिम्मेवारी तोकिएको छ। 

राजवादीहरूले राजा फर्काउने अभियानका साथ  काठमाडौं केन्द्रित संयुक्त आन्दोलन गर्दैछन्। उनीहरूले पनि जेठ १५ कै मितिलाई छनौट गरेका छन्। जेठ १५ मै एमालेले काठमाडौँको भृकुटीमण्डपमा जनप्रदर्शन गर्ने सुरक्षा अंगले सजगता अपनाएका छन्। 
उपत्यकाबाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ । स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ। उपत्यका विशेषको संयोजन जिम्मेवारी सचिव योगेश भट्टराईले पाएका छन्। सबै विभागको संयोजन सचिव छविलाल विश्वकर्माले गर्ने छन्। जेठ १५ गते बिहान ११ बजे भृकुटीमण्डपमा एमालेका झाँकी र जुलुस र आफ्नो पार्टी, जनसंगठनको पहिचानसहित उपस्थित हुन पार्टी पंक्तिलाई भेलाले निर्देशन गरिसकेको छ।  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसका लागि पूर्ण तयारी भइरहेको जानकारी दिए। तयारीकै क्रममा पार्टी भेला बैठक र छलफलहरू गरिरहेको छ। उनका अनुसार एमालेले देशभर गणतन्त्र दिवस मनाउन पार्टीका सबै तह र तप्कालाई निर्देशन दिइसकेको छ। यस विषयमा एमालेले बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ। प्रदर्शनको मोडालिटीबारे एमालेले बुधवार जानकारी दिने भएको हो। 

सुरक्षामा सजगता 

राजवादीहरूले राजा फर्काउने अभियानका साथ  काठमाडौं केन्द्रित संयुक्त आन्दोलन गर्दैछन्। उनीहरूले पनि जेठ १५ कै मितिलाई छनौट गरेका छन्। जेठ १५ मै एमालेले काठमाडौँको भृकुटीमण्डपमा जनप्रदर्शन गर्ने सुरक्षा अंगले सजगता अपनाएका छन्। 

पूर्व पञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी नेताहरूको समेत  सहभागीमा प्रदर्शन हुन लागेको हो। राजावादीहरूले पनि उपत्यका बाहिरबाट समेत मानिसहरू ल्याएर  काठमाडौंमा शक्ति प्रदर्शन गर्ने र आन्दोलनलाई काठमाडौँ केन्द्रित गर्ने भएका छन्। राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन निरन्तर जारी राख्ने उनीहरूको धम्की र सरकारमा रहेको एमालेको प्रदर्शनले मुठभेड निम्त्याउन सक्ने सम्भावना रहेको भन्दै सुरक्षा अंगले विशेष सजगता अपनाएको छ। चैत १५ गते राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष सजगता अपनाएका हुन्। नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले सुरक्षा व्यवस्था कडा भएको बताए। ‘काठमाडौँको तथा देशभरको सुरक्षामा नेपाल प्रहरीले ध्यान दिएको छ, सुरक्षा व्यवस्था कडा छ’, एसएसपी थापाले भने । 

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पार्टी पङ्तिलाई गणतन्त्र दिवस मनाउन सडकमा आउन निर्देशन दिएका थिए। उनले त्यस दिन काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएपछि विपक्षीहरूले आलोचना समेत गरेका छन्। यो अभिव्यक्तिले एमाले र राजावादीबिच मुठभेड हुनसक्ने सम्भावना समेत रहेकोमा सुरक्षा निकाय थप सजक भएको हो। 
अर्को समाचार
महेशको चेतावनी: ‘विद्या कमरेड’का नाममा पार्टी कमजोर पार्ने काम बन्द गरौँ
०३ साउन २०८२
•
१ मिनेट पाठ
महेशको चेतावनी: ‘विद्या कमरेड’का नाममा पार्टी कमजोर पार्ने काम बन्द गरौँ
नेकपा एमालेका नेता महेश बस्नेतले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा पार्टीलाई कमजोर पार्ने काम बन्द गर्न चेतावनी दिएका छन्। एमालेको जारी पोलिटब्युरो बैठकमा शनिबार आफ्ना कुरा राख्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन्। 




‘विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौँ,’ बस्नेतले भने । उनले आफूले बैठकमा राखेको धारणा फेसबुकमार्फत सार्वजनिक पनि गरेका छन्।

‘विद्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनुभएको व्यक्ति हो। सक्रिय पार्टी पङतिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत  गल्ती गर्नुहुन्न,’ बस्नेतले भनेका छन्, ‘जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खाँदैन । पार्टीको पदीय दायित्व छनोट चाहनाले मात्र होइन, विधिसम्मत प्रक्रियाले हुन्छ।’ 

यस्तै भण्डारीले पार्टी सदस्यता नवीकरण गर्दा पूर्व राष्ट्रपतिको हैसियत के हुन्छ? भनेर प्रश्न पनि गरेका छन्। ‘नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन ? यती गम्भीर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नु पर्दछ,’ बस्नेतले भनेका छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस