स्ववियु निर्वाचनप्रति विद्यार्थी उदासीन, किन घट्यो सहभागिता ?
१२ जेष्ठ २०८२
•
६ मिनेट पाठ
स्ववियु निर्वाचनप्रति विद्यार्थी उदासीन, किन घट्यो सहभागिता ?
विगतमा विद्यार्थी तथा विद्यार्थी-सङ्गठनहरूले देशको व्यवस्था परिवर्तनमै प्रभावशली भूमिका खेल्थे। उनीहरू राजनीतिक तथा सामाजिक विसङ्गतिविरुद्ध हुने प्राय: आन्दोलनहरूमा सहभागी हुन्थे। तर, पछिल्लो समय भने विद्यार्थीहरूले आफ्नै क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्वविय)को निर्वाचनमा समेत भाग लिन छाडेका छन्।




यसको ज्वलन्त उदाहरण पछिल्लो स्वविय निर्वाचन हो। जहाँ, विद्यार्थीहरू निर्वाचन र मतदानका प्रति उदासीन देखिन्छन्। पछिल्लो स्वविय निर्वाचनमा भएको मतदानका आधारमा हेर्दा ठूला क्याम्पसहरूमा मुस्किलले २३ प्रतिशत मत खसेको तथ्याङ्क बताउँछ।

२०८१ चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वविय निर्वाचन भयो। तर, निर्वाचनमा विद्यार्थीहरूको सहभागिता भने अति न्यून देखियो। अथवा, यसो भनौँ- निर्वाचनका प्रति युवाहरूमा चासो अति न्यून देखियो।

स्वविय निर्वाचनप्रति विद्यार्थी उदासीन

काठमाडौं उपत्यकाका १७ आङ्गिक क्याम्पसहरूको निर्वाचन मतपरिणाम हेर्ने हो भने औसतमा आदिभन्दा पनि कम मतदान भएको देखिन्छ। 

नागरिकले काठमाडौंको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, पद्यकन्या क्याम्पस, नेपाल ल क्याम्पस, त्रि-चन्द्र क्याम्पस, नेपाल कमर्स क्याम्पस, अमृत विज्ञान क्याम्पस, थापाथली क्याम्पस, ललितकला क्याम्पस, महाराजगन्ज केडिकल क्याम्पस, जनप्रशासन क्याम्पस, महेन्द्ररत्न क्याम्पस, आयुर्वेद क्याम्पस र महाराजगन्ज नर्सिङ्ग क्याम्पस गरी कूल १३ क्याम्पस, भक्तपुरको भक्तपुर क्याम्पस र सानोठिमी क्याम्पस गरी दुई र ललितपुरको पाटन क्याम्पस र पुल्चोक क्याम्पस गरी दुई कलेज गरी कूल १७ कलेजको मतदानको नतिजा विश्लेषण गर्‍यो।

जहाँ, औसतमा आधाभन्दा पनि बढी विद्यार्थीहरूले मतदान नगरेको देखिन्छ।

१७ कलेजमा कूल विद्यार्थी मतदाता ५९ हजार १९२ हुन्। जसमा २६ हजार ८०६ जनाले मात्रै मतदान गरेका छन्। प्रतिशतमा हेर्दा त्यो ४५ मात्रै हो। त्यसमा पनि ठूला कलेजहरूमा अति न्यून १५ देखि ३४ प्रतिशतको हाराहारीमा मात्रै मतदान भएको तथ्याङ्क छ। 

धेरैजसो क्याम्पसहरूमा विद्यार्थीले मतदाता परिचयपत्र लिएर पनि मतदान गर्न नआएको देखिन्छ भने कतिपयले त मतदाता परिचयपत्र नै नलिएको विद्यार्थीहरू नै बताउँछन्। 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्यामपसकै अवस्था पनि फरक छैन। त्यहाँ जम्मा मतदाता ६ हजार १७४ थिए। जसमध्ये ३ हजार ११८ ले मात्रै मतदान गरेको देखिन्छन्।

यसैगरी काठमाडौंकै बागबजारमा रहेको पद्यकन्या क्याम्पसका कूल मतदाता ६ हजार २९७ मध्ये १ हजार ५९६ ले मात्रै मतदान गरे। अर्थात् पद्मकन्या क्याम्पसमा १५ प्रतिशत मात्र मतदान भयो। 

निर्वाचनमा घटेको विद्यार्थी सहभागिता यहाँ हेर्नुस्।
आङ्गिक क्याम्पसमध्ये सबैभन्दा बढी मतदाता रहेको कलेज काठमाडौंकै त्रि-चन्द्र कलेज हो। त्यहाँ कूल मतदाताको सङ्ख्या ७ हजार ६९१ हो। जसमा २ हजार ६७१ ले मात्र मतदान गरेको देखिन्छ। अर्थात्, त्यहाँ ३४ प्रतिशत मात्र मत खस्यो। उता नेपाल कमर्स क्याम्समा कूल मतदाता ६ हजार ७८६ थिए तर, मतदान भने २ हजार २६७ ले मात्र गरे। यो सङ्ख्यालाई प्रतिशतमा हेर्दा ३३ मात्र हो। 

उता ललितपुरमा रहेको त्रिविको अर्को ठूलो आङ्गिक क्याम्पस हो, पाटन बहुमुखी क्याम्पस। यो क्याम्पसमा कूल मतदाता सङ्ख्या ७ हजार हो। तर, मतदान भने १ हजार ६७८ ले मात्रै गरेका छन्। प्रतिशतमा हेर्दा यो सङ्ख्या २३ मात्रै हो। 

किन घट्यो विद्यार्थी सहभागिता ?

यी तथ्याङ्कहरूले विद्यार्थीमा राजनीतिप्रति वितृष्णा बढ्दै गएको देखाउने भनाइ छ त्रिवि केन्द्रीय क्याम्पसका पूर्वसभापति हिमाल शर्मा। उनी विगतमा कलेजका स्ववियु केन्द्रमा रहेका राजनीति दलहरूको शक्तिशाली केन्द्रकै रूपमा स्थापित भएको सम्झन्छन्।

विद्यार्थी राजनीतिले देशको व्यवस्था परिवर्तनसम्मको ल्याकत राख्ने गरेको शर्मा बताउँछन्। 'पछिलो समय स्ववियुले विद्यार्थीहरूका माझमा खासै प्रभाव पार्न सकेन। फलत: विद्यार्थीहरू निर्वाचनमा भाग लिन बाध्य भएनन्,' शर्मा भन्छन्, 'स्ववियु भनेको शैक्षिक एजेन्डामा केन्द्रित हुनुपर्ने कसैले बुझ्न सकेनन् र नयाँ पुस्तालाई बुझाउन पनि सकेनन्।'

आफू २०६५ सालको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सदस्य रहेको अनुभव सुनाउँदै शर्माले त्यसबखत स्ववियुको प्रभाव विद्यार्थी र कलेज तथा विश्वविद्यालयभित्र मात्र नभई देशको व्यवस्था परिवर्तनसम्मै रहेको उनी सुनाउँछन्। 'तर, हाल कलेजमा रहेका स्ववियुहरूले विद्यार्थी हक, हित र न्याय दिलाउने काममा विश्वास दिलाउन सकेनन्। शैक्षिक मुद्दा उठान गर्न सकेनन्। यसकारण विद्यार्थीमा स्ववियुको र निर्वाचनको रौनक कम भएको मलाई लाग्छ,' उनले भने।

पछिल्लो समय कलेजमा निर्वाचनको समयमा हुने गरेको 'डर्टी पोल्टिक्स'का कारणले पनि विद्यार्थीहरूले मतदान गर्न नरुचाएको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का अध्यक्ष दुजाङ शेर्पाको ठहर छ। उनले त्रिविमा लामा समयसम्म चलेको निर्वाचनसम्बन्धी विवादका कारण पनि विद्यार्थीहरूको निर्वाचनप्रतिको चाहना घटेको बताए।

'नयाँ पुस्तामा राजनीतिमा जुन हिसाबले विश्वास हुनुपर्ने हो, त्यो हुन नसकेकै हो। त्यसमा चाहे त्यो केन्द्रको दलगत राजनीति होस् या कलेजमा गरिने विद्यार्थी राजनीति। युवालाई विश्वास दिलाउन नसकेकै हो। त्यो स्ववियुको निर्वाचनको परिणामले देखायो,' उनले भने।

यसअघि पनि चौध वर्ष कलेजहरूमा निर्वाचन नै नभएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले भने, 'हामी विद्यार्थी सबै मिलेर अघिल्लो निर्वाचन ०७९ मा चौध वर्षपछि गराउन सफल भयौँ। उमेरहद पनि २८ वर्ष कायम भयो। यसले वास्तविक विद्यार्थीले चुनाव लड्न पाए। कलेजमा कायम हुने स्ववियु नेतृत्व निर्माण गर्ने थलो हो। हिजोको दिनमा व्यवस्था परिवर्तन र अधिकारका लागि प्रयत्न भयो। अब नेतृत्व विकासका लागि स्ववियु आवश्यक हो। नेविसंमा हामीले ३२ वर्षे उमेरहद पनि कायम गर्‍यौँ।'

रत्नराज्य कलेजका पूर्वस्ववियु सभापति राजकुमार राई पछिल्लो समय स्ववियु निर्वाचनबारे विद्यार्थीलाई जानकारीसमेत नभएको बताउँछन्। यही कारणले पछिल्लो निर्वाचनमा विद्यार्थीहरूको सहभागिता घटेको उनको तर्क छ। 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिवसमेत रहेका राईका अनुसार स्ववियुले पनि पछिलो समय रचनात्मक र विद्यार्थीको मुद्दा उठान गर्न सकेको छैन। २०६५ सालको रत्नराज्य कलेजको स्ववियु सभापति उनी भन्छन्, 'केन्द्र राजनीतिको नेतृत्व स्थापित गर्ने आधार स्ववियु हुने गरेको थियो। हाम्रो पालामा कलेजको स्ववियु निर्वाचनमा विद्यार्थीहरू आफ्नो नेतृत्व चयन गर्न निकै उत्साहित भएर निर्वाचनमा भाग लिन्थे। स्ववियु पनि खेलकुद प्रतियोगितादेखि विद्यार्थीको शैक्षिक उन्नयनमै चौतर्फी विकासको योजना बनाएरै काम गर्ने गरेका थिए। कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनका बिचमा समन्वयकारी भूमिकामा स्ववियु हुने गरेको थियो।’

उनी पछिल्लो समय विद्यार्थीहरू कलेजमा अल्झिनका लागि मात्रै भर्ना हुने गरेको बताउँछन्। ‘पछिलो समय नयाँ पुस्ताहरू नेपालका कलेजमा अल्झिन मात्र भर्ना हुन्छन्। अवसर पाए विदेश गइहाल्ने चलन नै चल्यो। अर्कोतिर देशका राष्ट्रिय राजनीतिमा भएका नेतृत्व वर्गले पनि समयसापेक्ष देश र जनताको पक्षमा काम नगरेको आभास पनि युवाहरूले गरेकै छन्,' उनी भन्छन्।

यिनै मूलभूत कारणले गर्दा विद्यार्थीहरूले निर्वाचनमा भाग नलिएको तर्क राई को छ।

नेविसंका मुख्य-सचिव विजय खड्काले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो निर्वाचनमा नेविसंले १४३, अनेरास्ववियुले १०२ र  क्रान्तिकारीले ६५ कलेजमा स्वविय सभापति जितेका छन्। ७१ कलेजमा भने निर्वाचन हुनै सकेन।
अर्को समाचार
नेविसंघको १२ औं महाधिवेशन चैतमा गर्नेगरी कार्यतालिका प्रस्ताव
१६ भदौ २०८१
•
१ मिनेट पाठ
नेविसंघको १२ औं महाधिवेशन चैतमा गर्नेगरी कार्यतालिका प्रस्ताव
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी चैतमा आफ्नो १२ औं महाधिवेशन गर्ने भन्दै कार्यतालिका प्रस्ताव गरेको छ। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आइतबार मातृ पार्टी नेपाली कांग्रेसको केन्द्रीय समितिमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै त्यसै पत्रमार्फत १२ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका हुन् ।  




प्रस्तावित कार्यतालिका अनुसार २०८१ चैत १३, १४ र १५ गते १२ औं केन्द्रीय महाधिवेशन गर्ने भनिएको छ । जसका लागि आगामी असोजदेखि नै महाधिवेशनकेन्द्रीत कार्यक्रम थाल्ने कार्यतालिकामा उल्लेख छ ।

जसमा असोज १ देखि कात्तिक २९ गतेसम्म महाधिवेशनको अंगका रूपमा ‘सुझाव संकलन’ गर्ने, मंसिर ९ गते अधिवेशन प्रतिनिधि चयन र प्रतिनिधिको सूची प्रकाशन, मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म बृहत सदस्यता वितरण, पुस २० गते माध्यामिक विद्यालय अधिवेशन९सभा०, पुस २३ गते स्थानीय तह९गाउँ÷नगर० अधिवेशन, पुस २६ गते क्याम्पस अधिवेशन, माघ १५ गते सिटिइभिटी अन्तर्गतका क्याम्पसको अधिवेशन, माघ १९ र २० गते ७७ वटै जिल्ला अधिवेशन, माघ २३ गते सिटिइभिटी अधिवेशन, माघ २६ गते उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालय अधिवेशन, माघ ३० गते प्रदेश अधिवेशन, फागुन १ देखि २५ गतेसम्म स्ववियू निर्वाचन र चैतमा केन्द्रीय महाधिवेशन गर्ने नेविसंघको प्रस्ताव छ ।

 
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस