राप्रपाका केन्द्रीय कार्यसमिति सदस्य रवि किरण हमालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोप लगाउँदै भन्दै तत्काल पक्राउ गर्न माग गरेका छन्।
हमालले सामाजिक सञ्जालमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल पठाएको पत्र जारी गरेका छन्। पत्रमा प्रधानमन्त्री ओलीले आइतबार एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिले शान्ति सुरक्षा खलल पार्ने र देशलाई द्वन्द्वतर्फ धकेल्ने उद्देश्य राखेको आरोप लगाइएको छ। प्रधानमन्त्रीले हिजो एक कार्यक्रममा १५ जेठमा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए।
हमालले जेठ १५ गते राप्रपाको घोषित जनआन्दोलनको दिन प्रधानमन्त्री ओलीले ठूलो हिंसा र रक्तपात मच्चाउने योजनाबद्ध मनसाय बोकेको दाबी गरेका छन्। उनले यो विषयलाई गम्भीरतापूर्वक नलिए १५ जेठमा भयावह र त्रासदीपूर्ण स्थिति उत्पन्न हुन सक्ने चेतावनी समेत दिएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...