क्यान्सर बिरामीलाई किमो निःशुल्क गर्ने तयारी: स्वास्थ्यमन्त्री
१० जेष्ठ २०८२
•
२ मिनेट पाठ
क्यान्सर बिरामीलाई किमो निःशुल्क गर्ने तयारी: स्वास्थ्यमन्त्री
क्याप्शन
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरका बिरामीहरूका लागि किमोथेरापी (किमो) सेवा निःशुल्क उपलब्ध गराउने तयारी भइरहेको बताएका छन्।




मोरङको धनपालथान गाउँपालिकास्थित सोसभागमा शनिबार आयोजित वृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री पौडेलले उक्त घोषणा गरेका हुन्।

मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाबाट मात्रै सबै नागरिकलाई गुणस्तरीय सेवा दिन सम्भव नहुने भन्दै यसका लागि निजी क्षेत्र र विभिन्न संघसंस्थाहरूको सहकार्य र सहयोग अपरिहार्य रहेकोमा जोड दिए।

‘स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गरी आम जनताले सुलभ र सरल रूपमा सेवा पाउने सुनिश्चितता भए मात्र लोकतन्त्रको वास्तविक अनुभूति गर्न सकिन्छ,’ मन्त्री पौडेलले भने, ‘यसका लागि स्वास्थ्य क्षेत्रमा थप लगानी र पूर्वाधार विस्तार आवश्यक छ।’

विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा देखिएको कठिनाइबारे बोल्दै मन्त्री पौडेलले प्रदेश सरकारले केन्द्रलाई दुई वर्षका लागि मात्र हस्तान्तरण गरेकाले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमार्फत पूर्ण क्षमतामा सञ्चालन गर्न समस्या भएको स्पष्ट पारे।

उनले कि त प्रदेश सरकारले नै केन्द्रको जिम्मेवारी लिनुपर्ने (जसमा संघीय सरकारले सहयोग गर्ने) वा पूर्ण रूपमा गंगालाललाई हस्तान्तरण गर्नुपर्ने विकल्प अघि सारे।

साथै, मन्त्री पौडेलले स्वास्थ्य बिमाको दायरा फराकिलो पारेर सबै प्रकारका स्वास्थ्य उपचारलाई यसभित्र समेट्ने व्यवस्था मिलाउन आवश्यक रहेको सुनाए।

गणेशमान फाउण्डेशन र लायन्स क्लब अफ विराटनगरद्वारा आयोजित उक्त शिविरमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद अमृत अर्यालले दुर्गम क्षेत्रका नागरिकलाई घर आँगनमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिए।

उनले मोरङको जहदा र धनपालथान गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पतालका लागि आवश्यक बजेट व्यवस्थापन गरी शीघ्र निर्माण सम्पन्न गर्ने वातावरण बनाउन मन्त्री पौडेलको ध्यानाकर्षण गराए।

शिविरमा विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरेको आयोजकले जनाएको छ।
अर्को समाचार
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
९ मिनेट अघि
•
१ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल र युवा नेता सन्तोष परियारबीच वैज्ञानिक समाजवादलाई देशको वर्तमान राजनीतिक संकटको निकास तथा समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको छ।
डल्लुस्थित खनाल निवासमा शनिबार भएको भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
छलफलका क्रममा अबको बाटो वैज्ञानिक समाजवाद हुनुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादले मात्रै जनताको अधिकार, सुशासन, सामाजिक न्याय, आर्थिक समानता र आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितता गर्न सक्ने धारणा व्यक्त गरिएको थियो। 
भेटमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने आधार र भावी राजनीतिक कार्यदिशाबारे समेत दुवै नेताबीच विचार आदानप्रदान भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ। 


युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस