एसएसपी बढुवामा गृहमन्त्री लेखकको राजनीति
०८ जेष्ठ २०८२
•
६ मिनेट पाठ
एसएसपी बढुवामा गृहमन्त्री लेखकको राजनीति
नेपाल प्रहरीमा चरम राजनीतीकरण भएको छ। आन्तरिक रूपमा पटक–पटक कारबाही भोगेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई राजनीतिक नेतृत्वको बलमा बढुवा गरी संगठनको मनोबल कमजोर पारिएको छ। विवादित एसएसपीहरूलाई गृह मन्त्रालय र गृहमन्त्रीको सचिवालयका सदस्यहरूको दबाबमा डिआइजीमा बढुवा गरिएको छ। बढुवा सिफारिस सूची मंगलबार प्रकाशन गरिएको हो।




वरिष्ठताका नाममा पटक–पटक कारबाहीमा परेका र विवादास्पद अधिकृतलाई मात्र डिआइजीमा बढुवाका लागि सिफारिस गरिएपछि विवाद आएको हो। डिआइजीका रिक्त ११ पदमा बढुवाका लागि भएको सिफारिसमा नौजना राष्ट्रिय अनुसन्धान विभाग (राअवि) बाट स्थानान्तरण भएका परेका छन्। त्यसमा पनि कारबाहीमा परेका र विवादास्पद छबिका एसएसपी परेका छन्।

एसएसपीहरू सुदर्शन कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलीपसिंह देउवा, दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ बढुवा सिफारिसमा परेका छन्। उनीहरूमध्ये कोइराला र रेग्मीबाहेक अरू राष्ट्रिय अनुसन्धान विभागबाट आएका अधिकृत हुन्।

डिआइजीमा बढुवा हुनका लागि २०५६ सालमा भर्ना भएको ११२ को टोलीका अधिकृतहरू पनि दाबेदार थिए। प्रधानमन्त्री केपी शर्मा ओली राअवि टोलीलाई बढुवा नदिने पक्षमा भए पनि गृहमन्त्री रमेश लेखकले विवादित अधिकृतहरूलाई बढुवा गर्न दबाब दिएका थिए।

‘जसरी एआइजी बढुवामा निष्कलंक अधिकृतहरूको बढुवा भएको थियो, त्यसरी नै गृहमन्त्रीले डिआइजीमा बढुवा गर्नुहुन्छ भन्नेमा प्रहरी संगठन ढुक्क थियो। तर उहाँले विवादित पात्रलाई बोकेपछि अब्बल प्रहरी अधिकृतको मनोबल खस्किएको छ,’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने।

डिआइजीमा बढुवा सिफारिसमा गृहमन्त्री लेखक हावी भएपछि प्रहरी महानिरीक्षक दीपक थापाले अडान लिन सकेनन्।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल पनि अहिले डिआइजीमा बढुवा सिफारिस गर्दा राजनीतीकरण बढी भएको बताउँछन्। ‘राजनीतिक हस्तक्षेप पहिला पनि हुन्थ्यो तर यो तहको थिएन। राष्ट्रिय अनुसन्धान विभागबाट आएका अधिकृतलाई बढुवा दिन नहुने भन्ने होइन तर पटकपटक विवादमा आएका, निलम्बनमा परेका र कार्यक्षमतामा प्रश्न उठेकालाई बढुवा गर्नु अब्बललाई अन्याय गर्नु हो,’ पूर्वडिआइजी मल्लले भने।

यो बढुवाप्रति प्रहरी संगठनमा तीव्र असन्तुष्टि देखिएको छ। पूर्वडिआइजी मल्लका अनुसार प्रहरीभित्र राजनीतिक हस्तक्षेपले असन्तुष्टिको स्वर बढेको हो। ‘असन्तुष्टिको स्वर बढ्नु भनेको चेनअफ कमान्डमा प्रहरी रहन्न कि भन्ने हो, आइजिपीले प्रहरी ऐनको सदुपयोग गर्न पाएका छैनन् कि भन्ने हो। राजनीतिक हालिमुहालीका कारण विभागीय प्राथमिकता कमजोर भएको छ,’ मल्लले भने।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही दिनमै कारबाही भोग्न लागेका एक एसएसपी पनि बढुवामा परेका छन्। एसएसपी ओम रानालाई प्रहरी प्रधान कार्यालय कारबाहीका लागि स्पष्टीकरण सोध्न तयारीमा थियो।

मानव बेचविखन ब्युरोको प्रमुख हुँदा एकै व्यक्तिलाई दोहोरो मुद्दा लगाएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन गरी रानालाई स्पष्टीकरण सोध्ने तयारी गरेको थियो। ‘एसएसपी ओम रानाको हकमा के भएको हो भन्ने जानकारी गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडीलाई थियो, तर बढुवा गरियो,’ स्रोतले भन्यो।

राना डिएसपी हुँदा नै विवादमा आएका थिए। बौद्ध र रसुवामा कमान्ड गर्दा उनी धेरै विवादमा आएका थिए। उनले रक्तचन्दन तस्करलाई सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। त्यो घटनामा सेनाका कर्णेल बर्खास्त हुँदा उनी जोगिएका थिए। अहिले उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत छन्।

सुरेन्द्र गुरुङ, सन्जीवदास शर्मा, दीपक रेग्मी, दिलीपसिंह देउवा, माधवप्रसाद श्रेष्ठ विवादित रहेका हुन्। गुरुङले एसपी हुँदा गोरखामा जुवाडेबाट बरामद पैसा लुकाएको पुष्टि भएपछि उनी छानबिनका लागि तानिएका थिए। गुरुङले पैसा लुकाएको विषय छानबिनबाट पुष्टि भएपछि शेखर खनाललाई गोरखा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो।

रामेछापमा डिएसपी हुँदा सञ्जीव शर्मा दासले बालिका सुन्तली तामाङलाई बलात्कारपछि हत्या गरेको आरोप लागेका व्यक्तिलाई जोगाएको आरोप खेप्नुपरेको थियो। प्रहरी अनुसन्धानले दासले अभियुक्तलाई जोगाएको खुलेपछि तत्कालीन गृहमन्त्री जनार्दन शर्माले उनलाई निलम्बन गरेका थिए। निलम्बनमै रहेका बखत उनलाई एसपीमा बढुवा गर्ने विवादास्पद निर्णय भएको थियो। सुन्तली तामाङका हत्यारालाई कुमोद ढुंगेलको टोलीले भारतबाट पक्राउ गरेर ल्याएको थियो।

त्यस्तै बढुवा सिफारिसमा परेका दीपक रेग्मी र एक महिलाबीच भएको विवादित कुराकानीका बाहिर आइसकेको छ। उनलाई नेपाल प्रहरीले यो विषयमा स्पष्टीकरण सोधेको थियो। दिलीपसिंह देउवालाई बारा जिल्लाको प्रमुख हुँदा मदिरा सेवन गरी गाडी ठोक्काएर दुर्घटना गराएको विषयमा प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको थियो। अर्का जयराज सापकोटालाई कांग्रेस नेताको दबाबमा बढुवा सिफारिस गरिएको हो। बढुवामा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका र विभागीय ११२ को टोलीबीच प्रतिस्पर्धा थियो।

सर्वोच्च अदालतको एउटा फैसलाले राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएकाहरूलाई विभागीयसरह मान्न आदेश दिएको छ। प्रहरी नियमावलीले भने राष्ट्रिय अनुसन्धान विभागबाट आएकालाई विभागीय ११२ को टोलीभन्दा जुनियर बनाएको छ।

सशस्त्र प्रहरीमा बिचाैलियाकाे चलखेल

नेपाल प्रहरीमा एआइजी पद रिक्त भइनसक्दै सिफारिस हुँदा पनि सशस्त्र प्रहरीमा बिचौलियाको चलखेलका कारण रिक्त एआइजी पदमा एक महिनादेखि सिफारिस हुन सकेको छैन। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतम गत वैशाख ३ गते अनिवार्य अवकाशमा गएपछि उक्त पदमा बढुवाका लागि सिफारिस हुन सकेको छैन।

रिक्त एआइजीमा बढुवाका लागि १५ वैशाखमा सूचना प्रकाशन गरी एक साताभित्र आवेदन दिन भनिएको थियो। एआइजीमा बढुवाका लागि आठ डिआइजीले आवेदन भरेका थिए। एआइजी बनाइदिने भन्दै राजनीतिक बिचौलिया सक्रिय हुँदा गृह मन्त्रालयले बढुवा सिफारिस गर्न सकेको छैन। ‘अर्धसैन्य संरचनाको फौजमा बिचौलिया हाबी भए चेनअफ कमान्डमा समस्या उत्पन्न हुन्छ,’ गृह मन्त्रालयका एक कर्मचारीले भने।

एआइजीमा बढुवामा मुख्य दाबेदार कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी हुन्। उनीहरूमध्ये गिरी एक नम्बरमा र ठाडामगर दोस्रोमा छन्। वरीयतामा पछाडि भएकालाई बढुवा गराउन बिचौलिया लागेका छन्। तिनै बिचौलियको प्रभावमा परेर गृह मन्त्रालयले सिफारिस नगरेको हो कि भन्ने आशंका छ। ‘सशस्त्रमा पनि बिचौलियामार्फत बढुवामा अस्वस्थ चलखेल बढ्यो,’ मन्त्रालयका ती कर्मचारीले भने। एआइजीमा बढुवा रोकिँदा तल्लो तहसम्मको वृत्ति विकासमा समस्या परेको छ।

सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी बलमा सीमा सुरक्षा विभाग नै रिक्त भएको एक महिना पुगिसकेको छ। प्रधानमन्त्री तथा गृहमन्त्रीबीच वरिष्ठता, कार्यसम्पादन र कार्यक्षमताका आधारमा बढुवा गर्ने सहमति भइसकेको भए पनि बढुवामा भने ढिलाइ भएको छ। बढुवामा ढिलाइ हुँदा आर्थिक चलखेल भएको आशंका बढेको छ। ‘बढुवामा बिचौलियाहरूको प्रवेश नहोस् भन्ने चाहना हो तर ढिलाइ हुँदा आशंका उत्पन्न भएको छ’, सशस्त्र प्रहरी बल मुख्यालय स्रोतले भन्यो। अहिले बढुवा हुने तीन वर्षपछि संगठन प्रमुखको दाबेदार हुने भएकाले पनि यो बढुवा विशेष बन्न पुगेको छ।

अहिले एआइजीमा बढुवा भए २०८४ साल चैत १७ पछि संगठन प्रमुख बन्ने बलियो आधार बन्छ। यसकारण पनि बढुवा निकै पेचिलो बनेको छ। सशस्त्र प्रहरी नियमावलीअनुसार चारवर्षे कार्यकाल पूरा गरेर राजु अर्याल २०८३ वैशाख १७ गते अनिवार्य अवकाशमा जान्छन्। त्यसपछि अहिले एआइजी रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एक आइजिपी बन्नेछन्। त्यसपछि अब एआइजीमा बढुवा हुने संगठन प्रमुखको दाबेदार बन्न सक्छन्।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २४ सेकेन्ड अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस