भारत र पाकिस्तानबिचमा द्वन्द्व बढिरहेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रदेश स्तरीय प्रमुखसँग छलफल गरेका छन्। शुक्रबार मुख्यमन्त्री कार्यालयमा बोलाएर सुरक्षा निकायले अपनाइरहेको सतर्कताबारे मुख्यमन्त्री शाहले छलफल गरेका हुन्।
छलफलमा सीमा सुरक्षामा सतर्कताबारे मुख्य छलफल भएको मुख्यमन्त्री कार्यालयस्रोतले बतायो। यसबाहेक लागुऔषध नियन्त्रण र सीमा क्षेत्रमा सहज आवागमनका विषयमा छलफल भएको छ।
‘सीमा क्षेत्रमा बढाइएको सुरक्षा निगरानीका विषयमा मुख्यमन्त्रीज्युले विशेष चासो राख्नुभएको छ,’ मुख्यमन्त्री कार्यालयस्रोतले भन्यो।
छलफलमा प्रदेश सरकारका मन्त्रीहरू, सचिहरू, प्रमुख जिल्ला अधिकारीका नेपाल प्रहरीका प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआइजी) डम्बरबहादुर बिक, सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख डिआइजी प्रदिपकुमार पाल, राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख अनुसन्धान निर्देशक बालनरसिंह राणालगायत सुरक्षा अधिकारीहरू सामेल थिए।