गगन, सूर्य, रामहरि र गोकुलको पोलिग्राफ टेस्ट गर्न मेटमणिको प्रस्ताव
२२ वैशाख २०८२
•
१ मिनेट पाठ
गगन, सूर्य, रामहरि र गोकुलको पोलिग्राफ टेस्ट गर्न मेटमणिको प्रस्ताव
नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नीति तथा कार्यक्रम 'पूर्वको टिकट काटेर पश्चिम हुइँकिएको जस्तो' भएको टिप्पणी गरेका छन्।




सोमबार (आज) बसेको संसद् बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिएका चौधरीले यस्तो बताएका हुन्।

उनले सत्तापक्षकै सांसदहरू पनि सरकारका नीति तथा कार्यक्रमबारे सन्तुष्ट नभएको जिकिर गरे। तर, उनीहरूले सन्तुष्ट छु भनेर भनिरहेको उनले बताए।

त्यो पत्ता लगाउनका लागि पोलिग्राफ गर्न उनले प्रस्ताव गरे। गगन थापा, रामहरि खतिवडा, सूर्य थापा, गोकलु बाँस्कोटालगायतका नेताहरूको पोलिग्राफ गर्नुपर्ने उनले बताए।

'के साँच्चै सरकार पक्ष, माननीयज्यूहरू मनैदेखि दिलैदेखि नीति तथा कार्यक्रम विषयमा सन्तुष्ट हुनुहुन्छ ? मलाई लाग्छ सन्तुष्ट हुनुहुन्न। यदि सन्तुष्ट हुनुहुन्न, म सन्तुष्ट हुनुहुन्न भनिरहेको छु, उहाँहरू सन्तुष्ट छु भनिरहनुभएको छ। अब यसको जाँच कसरी गरौँ त ? म एउटा प्रस्ताव गर्छु- एउटा जाँच गरौँ। जाँच कसरी गरौँ भने मेरो अनन्य मित्र माननीय गगन कुमार थापा, जो नेपाली कांग्रेसको महामन्त्री हुनुहुन्छ। माननीय रामहरि खतिवडा, माननीय गोकुल बाँस्कोटा र सूर्य थापालगायतका माननीयज्यूहरूको दिल र मनको जाँच गरौँ भन्छु म,' उनले भने।

त्यसका लागि उनले स्वास्थ्यमन्त्रीलाई डिजिटल पोलिग्राफ टेस्ट मेसिनको व्यवस्थापन गर्नसमेत भने। 'त्यो मेसिनको व्यवस्थापनको लागि माननीय सभामुख महोदयले त्यो व्यवस्थापन गर्नका लागि म हार्दिक अनुरोध गर्छु। अनि थाहा भइहाल्छ नि, मनैदेखि स्याटिस्फाइ भएको, नभएको कुरा। सन्तुष्टिको अङ्क पाँच नम्बर आउँछ कि एक नम्बर आउँछ कि तीन नम्बर आउँछ कि १० नम्बर आउँछ,' उनले भने।
अर्को समाचार
मेटमणि लेख्छन्- शासकहरू, तिमीहरूका कारण गणतन्त्र बदनाम भइरहेको छ
११ चैत्र २०८१
•
१ मिनेट पाठ
मेटमणि लेख्छन्- शासकहरू, तिमीहरूका कारण गणतन्त्र बदनाम भइरहेको छ
नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले शासकहरूका कारण गणतन्त्र बदनाम भइरहेको बताएका छन्।




'याद गर, शासकहरू- तिमिहरूका कारण गणतन्त्र धरापमा पर्दैन, बदनामचाहिँ पक्कै भइरहेको छ। तर, तिमिहरूलाई धरापमा पर्नबाट भने कसैले रोक्न सक्दैन,' चौधरीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले शासकहरूले गणतन्त्रबारे चिन्ता नगर्दा हुने पनि बताएका छन्। 'गणतन्त्र नेपाली युवा र सचेत नागरिकहरूले जोगाउने छन्। बरू तिमी गणतान्त्रिक भनिने शासकहरू आफनो आनीबानी, चिन्तन र चरित्रलाई गणतान्त्रिक बनाउ,' उनले भनेका छन्।

यस्तै उनले दुईतिहाइको घमण्ड नगर्नसमेत भनेका छन्। 'दुईतिहाइमा थप सङ्ख्या थपेर जतिसुकै अङ्कको सरकार बनाए पनि त्यो अर्थहीन हुन्छ। बङ्गलादेशलगायत अन्य देशहरूमा पनि बहुमतकै सरकार हुँदा नि शासकहरू भाग्नुपरेको इतिहास ताजै छ। त्यसैले बहुमतको अङ्कमा शासकहरू घमण्ड नगरे हुन्छ,' उनले लेखेका छन्।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस