अत्यन्तै तितो अनुभव थियो भन्दै प्रधानमन्त्री ओलीले यसरी सम्झिए गोरखा भूकम्प (पूर्णपाठ)
१२ वैशाख २०८२
•
१० मिनेट पाठ
अत्यन्तै तितो अनुभव थियो भन्दै प्रधानमन्त्री ओलीले यसरी सम्झिए गोरखा भूकम्प (पूर्णपाठ)
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालको वैशाख १२ गतेको महाभूकम्प जाँदा तितो अनुभव भएको बताएका छन्।




गोरखा भूकम्पको स्मृति दिवसका अवसरमा धरहरास्थित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संविधान निर्माणको अन्तिम चरणतिर रहँदा भूकम्प गएकाले तितो अनुभव भएको बताएका हुन्।

उनले एउटा संविधानसभा चार वर्षको कार्यकाल पूरा गरेर संविधान दिन असफल भएर टुंगिएको स्मरण गर्दै भने, 'एउटा संविधानसभा चार वर्षको कार्यकाल पूरा गरेर संविधान दिन असफल भएर टुंगिएको थियो। धेरै मेहनत र धेरै कठिनाइ पार गर्दै र धेरै व्यवधानहरू पन्छाएर हामी संविधान निर्माण गर्न हामी अन्तिम चरणतिर दृढ संकल्पका साथ गएका थियौं। भूकम्प त्यसैबेला गयो। भूकम्प जाँदा अत्यन्तै तितो अनुभव थियो।'

भूकम्प पश्चात् तराईमा जनता आवासजस्ता कार्यक्रमहरू मार्फत् फुसका सानासाना छाप्राहरू, बुकुराहरू, घरै भन्न नमिल्नेखालका घरहरूलाई विस्थापित गर्न जनता आवास कार्यक्रम लगेको उनले बताए। प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचनासहित अगाडि बढाउन र त्यसमा कानुनी र व्यावहारिक अड्चनहरू, बाधाहरू, व्यवधानहरूलाई समाधान गर्न आवश्यक रहेको प्रमको जिकिर छ।

गोरखा भूकम्पको स्मृति दिवस मनाइएको छ। धरहरास्थित एक कार्य्रकम गरी सो स्मृति दिवस मनाइएको हो।प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र गृह मन्त्री रमेश लेखकसहितको उपस्थितिमा सो दिवस मनाइएको हो।

प्रधानम्त्री ‌ओलीको मन्तव्यको पूर्णपाठ:

यस कार्यक्रमका सभापतिज्यू, माननीय उपप्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, विभिन्न जिम्मेवारीमा रहनुभएका नेता पदाधिकारी, विभिन्न देशका राजदूतहरू र सबै यहाँ उपस्थित हुनुभएका साथीहरू, दिदीबहिनी तथा दाजुभाइहरू !

आज हामी एउटा  दु:खको दिन, दु:खको घडीको स्मरण गरिराखेका छौं दश वर्षपछि। आजकै दिन अर्थात् वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्र गरेर महाविनाशकारी भूकम्प गएको थियो। त्यसले ठूलो जनधनको क्षति गरेको थियो। यतिबेला म त्यस आकस्मिक प्राकृति विपतमा परी जीवन गुमाउनेहरूप्रति स्मरण गर्दै श्रद्धासुमन अर्पण गर्दछु।  

त्यसबेला ठूलो धनको पनि क्षति भयो। जसलाई हामीले सफलतापूर्वक पुनःनिर्माण गरेका छौं र नेपाल एउटा भूकम्पछिको पुनःउत्थानशील अथवा यो समाज नै पुनःउत्थानशील छ, रिजिलियन्स यसको विशेषता हो भन्ने कुरा हामीले देखाएका छौं सफल कामहरूबाट। म त्यस दिनको त्रासदीपूर्ण घटना सम्झिन चाहन्छु र सम्पूर्ण नेपाली समुदाय वा  जो जो त्यस बेला काठमाडौंमा थिए, सबैका लागि एउटा त्रासदीपूर्ण समय भएको थियो। त्यसपछिका पराकम्पहरूले सबैमा एउटा त्रासदीपूर्ण मनस्थिति सिर्जना गरेको थियो। त्यसले मान्छे राम्ररी सुत्न नसक्ने, खान नसक्ने, घरभित्र बस्दा सधैं त्रसित हुने, पराकम्पहरू फेरि भयानक रुपमा उस्तैगरी आउने जसबाट त्रासको वातावरण महिनौंसम्म बनेको थियो। जुन अहिले पनि सम्झिदा दु:खद्स्थिति, त्रासदीपूर्ण र त्यसले एउटा मानसिक अवस्थामा समेत मानिसहरूको स्वास्थ्यलाई बिर्गाने खालको कुरा सम्झिएर, अत्यासलाग्दो अवस्था अहिले पनि सम्झिएर हामी एउटा अप्रिय भावना मनमा कसोकसो पलाएको स्थितिमा हुन्छ।  

हाम्रो देश हरेक प्रकारका प्राकृतिक विपत्ति, जमिनबाट प्राप्त हुने विपत्ति, पानीबाट प्राप्त हुने विपत्ति, आगोबाट प्राप्त हुने विपत्ति, हावाबाट प्राप्त हुने सबै विपत्ति हाम्रोमा आइलाग्छन्। जमिनबाट त्रासदीपूर्ण भूकम्प गएर जसले ९ लाखभन्दा बढी संरचनाहरू भत्काउने, ९ हजारभन्दा बढीको ज्यान जाने, त्यस्तो खालको त्रासदीपूर्ण स्थिति रह्यो। हाम्रा पुरातात्विक, ऐतिहासिक, धार्मिक अनेक धरोहरहरूको क्षति भएको थियो। त्यसै गरेर हावाहुरीले कहिले अन्नवाली समाप्त पार्दिन्छ, कहिले घरहरू भत्काइदिन्छ। हामी मौसमअनुसार पीडित हुन्छौं। पानीबाट धेरै पीडित हुन्छौं। कहिले असाधारण बाढी आउँछ र त्यस अतिवृष्टिले जमिनमा पहिरो जाने र बाढी जाने, त्यसले बाटा भत्काइदिने, घरहरू बगाइदिने, खेतबारीहरू बगाइदिने, पुलहरू भत्काइदिने र बगाइदिने अनेक प्रकारका वितण्डहरू हामीले त्यसबाट सहनु परेको छ। गर्मी ठाउँ छ। कहिले आगजनीका घटनाहरू हुन्छन्। कहिले वनमा आगलागी हुन्छ, कहिले गाउँमा आगलागी हुन्छ। यसको पीडा पनि हामीले बेहोर्नु परेको छ।

आगोबाट, हावाबाट, पानीबाट, जमिनबाट र सबैतिरबाट हामी प्राकृतिक विपत्तिको चपेटामा पर्छौ। हामीले के देख्यौं भने, २०७२ सालको भूकम्पजस्तो कुरा जतिसुकै रिजिलियन्स भनेपनि हाम्रो राष्ट्रको आर्थिक अवस्थाले, हाम्रो बजेटले, हाम्रो क्षमताले पुनःनिर्माण भ्याउन सक्ने अवस्था होइन। त्यसो भएर हामीले पहिले त्यसबाट क्षति नहुने खालका संरचनाहरू तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरू बनाउनु पर्ने आवश्यकता छ। भत्किन जेल पर्खिने होइन। पहाडतिर हाम्रा घरहरू कस्ता छन् भने, डल्लाडल्ला ढुंगाहरू, नमिलेका ढुंगाहरूमा माटो मिसाएर यत्तिकै पर्खाल लगाएको हुन्छ, अलिकति हल्लियो भने त्यो भत्किहाल्ने खालको हुन्छ। धन्न भन्नु पर्छ अहिलेसम्म कतिपय यस्ता घरहरू बाँकी नै छन्। ती घरहरूलाई हामी आफैँले, हरेक व्यक्तिले पनि आफ्ना घरहरूलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा ध्यान दिनु पर्दछ। जहाँ, फलामको प्रयोग होस्, जहाँ काठको प्रयोग होस्, जहाँ सिमेन्टको प्रयोग होस्, जहाँ बालुुवाको प्रयोग होस्, यसरी नभत्किनेखालका संरचनाहरू, नभत्किनेखालका मेटरियलहरूको प्रयोग गरेर पहिले नै निर्माण गर्‍यो भने पछि अचानक एउटा भयावह परिस्थिति, क्षति जीवन, ज्यान र धन, हरेक कुरामा जुन भयावह क्षति बेहोर्नु पर्ने हो, त्यो अवस्था नआउन सक्छ। त्यसैकारण हामीले पहाडमा फुसका छानालाई जस्तापाताहरूले विस्थापित गर्‍यौं। किनभने आगो लाग्न नपाओस्। कमसेकम जस्तापातामा फुसका पातामा जस्तो छिटो आगो  लाग्दैन, लागिहाल्यो भने निभिहाल्छ र निभाउन सकिन्छ। त्यसकारण यी कार्यक्रमहरू हामीले अगाडि बढायौं।

तराईमा जनता आवासजस्ता कार्यक्रमहरू मार्फत् फुसका सानासाना छाप्राहरू, बुकुराहरू, घरै भन्न नमिल्नेखालका घरहरूलाई विस्थापित गर्न जनता आवास कार्यक्रम लग्यौं। कतिपय ठाउँमा जमिनको धनीपूर्जा नहुने आदिजस्ता कारणहरूले त्यो पनि बनाउन नसकिने खालका अवस्थाहरूलाई हामीले मिलाउँदै जानुपर्छ र कानुनी प्राबधानहरू सजिलो बनाउनु पर्छ। सरकारले निर्णय गरेर जहाँ त्यस्ता एकीकृत वस्ति निर्माण गर्ने हो, जहाँ जनता आवास कार्यक्रम अगाडि बढाउने हो। त्यस्ता ठाउँहरूलाई प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचनासहित अगाडि बढाउनु पर्दछ। त्यसमा कानुनी र व्यवहारिक अड्चनहरू, बाधाहरू, व्यवधानहरूलाई हामीले समाधान गर्नु पर्दछ।  

मुख्य कुरा प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारी हो। म राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अहिले पनि भन्न चाहन्छु कि पहिले नै त्यस्तो क्षति न होस् भनेर पूर्वतयारीमा जोड दिनुस्। भूकम्प गइसकेपछि भत्किएपछि घरले किचेर मान्छे मारेपछि घर पुनःनिर्माण गर्नेभन्दा पहिले नै घर भत्किनै नपाइन, मान्छे किच्नै नपाइन, अलिअलि भएको जायजेथा पनि ध्वस्त पार्न नपाइकन विस्तापित गर्ने बाटोमा लागौं। क्रमशः यस बाटोबाट हामी सुरक्षित नेपाल निर्माण गर्छौं। प्राकृतिक विपत्तिहरूबाट पनि सुरक्षित नेपाल निर्माण गर्न सक्छौं। हाम्रो मात्रै होइन, विभिन्न देशमा भूकम्प जान्छ। हाम्रो जस्तो जुन विनाशकारी भूकम्प भयो, त्यस्ता भूकम्पहरू अन्त पनि जान्छन् तर केही पनि क्षति नभइकन भूकम्प टर्छ। किनभने त्यहाँका संरचनाहरू त्यसैअनुसार छन्। अरु देशहरूमा सामुन्द्रिक आँधी, समुन्द्रबाट अरु प्रकारका विपत्तिहरू आउने हाम्रो देशमा छैनन्। समुद्रका विपत्तिहरू हामी कहाँ छैनन्। पानी भएका खोलाका छन्, तालतलैया, ग्ल्यासियर विस्फोटका हुनसक्छन् थामेमा भएका जस्तै। यस्ता कुराहरू जलवायु परिवर्तनका समस्याहरूलाई सम्बोधन गर्ने विधिबाट पनि त्यस्ता कुराहरूलाई पनि समाधान गर्न सकिन्छ। अर्को कुरा, त्यस्ता ग्लायासियरहरूलाई कुनै बस्ती केही भइहाल्यो भने पनि त्यस्तो बस्ती तलतिर क्षति नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ। यस पटक थामेमा दिउँसो भएको हुनाले मान्छे भाग्न पाएँ, दिउँसो भएको हुनाले त्यसबाट जनको क्षति, जीवनको क्षति कम भयो। यदि दिउँसो नभएर राती हुन्थ्यो भने, यदि २०७२  वैशाख १२ गतेको भूकम्प यदि राती  वा बिदाको दिन त्यो घटना भएको हुन्थ्यो भने त्यसले असाधारण विनाश गर्ने थियो। तर, दिउँसो ११ बजेर ५६ मिनेटमा शनिबारको दिन, बिदाको दिन परेको हुनाले क्षति कम भयो।

त्यसकारण हामी छनोट गरेर त्यस्तै समय त पार्न सक्दैनौं। त्यसकारण त्यस्तो समय पार्न सक्दैनौं भने जस्ता सुकै समयमा पनि हामी सुरक्षित हुने विधि हामीले अवलम्बन गर्नु पर्दछ। हामीले यस्तो स्थितिमा एउटा पुनःनिर्माणको असाधारण क्षमता देखाएका छौं। त्यसबेला उद्दार कार्यमा, राहत कार्यमा हाम्रा सुरक्षा निकायहरू, संघसंस्थाहरू र हाम्रा जनताले गरेका प्रयासहरू असाधारण छन्, प्रंसशनीय छन्। म अहिले पनि त्यो स्मरण गर्न चाहन्छु र उहाँहरूको प्रशंसा गर्न चाहन्छु। सुरक्षा निकायहरूले जुन असाधारण योगदान गरेका छन्, त्यसको प्रशंसा गर्न चाहन्छु। त्यसै गरेर पुनःनिर्माणका काममा र राहतका कामदेखि वा उद्दारका कामदेखि नै हाम्रा मित्रहरूले, हाम्रा सहयोगी मित्रहरूले अप्ठ्याराको परिस्थितिमा हामी साथमा छौं भनेर जुन मित्रताका हातहरू, सहयोगका हात अगाडि बढाउनु भयो, ती असाधारण छन्, स्मरणयोग्य छन् अथवा भुल्न नसकिनेखालका छन्। म त्यसका निम्ति साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। त्यसै गरेर पुनःनिर्माणका काममा हाम्रो मात्रै प्रयासबाट सायद त्यति छोटो समयमा ती कामहरू  गर्न सक्ने थिएनौं होला। हाम्रो मात्रै प्रयासले त्यो पर्याप्त हुँदैनथ्यो। हामी धेरै अप्ठ्यारो स्थितिमा हुने थियौं तर म हाम्रा सहयोगी मित्रराष्ट्रहरू, संघसंस्थाहरू सबैलाई धन्यवाद भन्न चाहन्छु कि उहाँहरूले यस्तोमा असाधारण सहयोग पुर्‍याउनुभएको छ, असाधारण तत्परता  देखाउनुभएको छ, नेपाल र नेपाली जनताप्रति असाधारण मित्रता देखाउनुभएको छ। यसका निम्ति म सबैप्रति आभार व्यक्त गर्न चाहन्छु र धन्यवाद व्यक्त गर्न चाहन्छु।  

भूकम्प जाँदा हाम्रो परिस्थिति संविधान निर्माणको कामको अन्तिमतिर थियौं। हामीसँग अत्यन्तै तितो अनुभव थियो। एउटा संविधानसभा चार वर्षको कार्यकाल पूरा गरेर संविधान दिन असफल भएर टुंगिएको थियो। धेरै मेहनत र धेरै कठिनाइ पार गर्दै र धेरै व्यवधानहरू पन्छाएर हामी संविधान निर्माण गर्न हामी अन्तिम चरणतिर  दृढ संकल्पका साथ गएका थियौं। भूकम्प त्यसैबेला गयो। हामी जतिबेला संविधान निर्माणको अन्तिमअन्तिम चरणतिर थियौं र संविधान जारी गर्ने हाम्रो राष्ट्रको जुन साझा आकांक्षा थियो, तितो अनुभवसहित र अघिल्लो असफलताको तितो अनुभवसहित त्यही कुरा हामी दोहोरिन नदिन चाहिरहेका थियौं र कुनै पनि हालतमा दोहोरि नदिने हाम्रो संकल्प थियो। त्यस संविधानसभाले संविधान दिनै पर्दथ्यो, त्यो संकल्पका साथ हामी डटिरहेको बेला, जुटिरहेको बेला स्वाभाविक रुपमा त्यहाँ स्वार्थ समूहहरू उत्पन्न हुनु, स्वार्थ समूहहरूले आफ्ना आफ्ना स्वार्थहरूलाई संविधान निर्माणका बखत अगाडि बढाउनु, स्वार्थहरू बाँझिनु, स्वार्थहरू टकराउनु धेरै अस्वाभाविक थिएन। हामीले ती कुराहरूलाई समाधान गर्नु पर्ने थियो। त्यस्तो बेलामा अचानक महाभूकम्प गयो। जसले नेपालको परिस्थितिलाई अर्कै दिशामा मोड्दियो। म नेपालका राजनीतिक दलहरूको सुझबुझलाई धन्यवाद भन्न चाहन्छ्, त्यसबेला पक्ष र प्रतिपक्ष नभनेर जसरी एकजुटता कायम गर्ने र यस विपत्तिको हामी सबैले सामना गर्नु पर्दछ र संविधान निर्माणको काममा पनि साथैसाथै अगाडि बढ्नु पर्दछ भन्ने एउटा राष्ट्रिय एकताको भावना सबैतिरबाट प्रर्दशन भयो, त्यस कुराको म स्मरण गर्न चाहन्छु र त्यसका लागि सबै पक्षहरूलाई म धन्यवाद पनि भन्न चाहन्छु। हाम्रो युनिटी त्यसरी नै देखिनु पर्दछ। राष्ट्रिय प्रश्नहरूमा, राष्ट्रिय हितका प्रश्नहरूमा वा यस्ता महत्वपूर्ण प्रश्नहरूमा राष्ट्रिय एकता अनिवार्य छ। त्यसै गरेर सुशासन र विकासका प्रश्नहरूमा पनि हाम्रो राष्ट्रिय एकता अनिवार्य हुनुपर्दछ।  

लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनु पर्दछ। आलोचना स्वागत छ र स्वागतयोग्य हुन्छ। तर आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक आलोचना होस् न कि झुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निमत्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन। राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस्। यस कुरामा हामीले ध्यान दिनुपर्दछ।  

तसर्थ, म सबैलाई धन्यवाद भन्न चाहन्छु र यस्ता कुराहरूका निम्ति हामी सदैव राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय साथ, सहयोग र समर्थनको उच्च मूल्याङ्कन पनि गर्दछौं र यस्तो कुराहरू आगामी दिन पनि हुनुपर्दछ भन्छौं। सबै पीडितहरूप्रति म फेरि एकपटक सहानुभूति व्यक्त गर्न चाहन्छु। त्यस बेलाका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ होस् भन्न चाहन्छु र अहिले पछिका भूकम्पजन्य कुराहरूलाई पनि हामीले त्यसैगरी ध्यान दिएका छौं र ध्यान दिनुपर्छ। कार्यक्रमको आयोजनाका लागि गृह मन्त्रालय र प्राधिकरणलाई धेरैधेरै धन्यवाद भन्दै आफ्नो भनाई टुंग्याउँछु धन्यवाद।
अर्को समाचार
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
२१ साउन २०८२
•
३ मिनेट पाठ
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी रोक्न कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार ढाल्न कोसिस गरेको खुलासा गरेका छन्। बुधबार माओवादी केन्द्रका नेता लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन्। 




‘एमसिसीमा सबैभन्दा दबाब माओवादी केन्द्रलाई थियो,’ दाहालले भने, ‘त्यो बेला एमसिसी रोक्ने हो भने एमालेलाई सरकारको नेतृत्व दिएर बाहिरबाट समर्थन दिन पनि तयार छौँ भनेका थियौँ।’ एमसिसीको विषय राष्ट्रिय महत्वको धेरै ठुलो विषय भएकाले त्यसो गरिएको उनले दाबी गरे।  

त्यसका लागि आफूसहितका चार जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखेको दाहालले खुलासा गरे। त्यसमा आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको उनले बताए। 

‘तर, यति नमिठो यति तितो, यति अपमानजनक भाषा प्रयोग गर्नुभएको कि कांग्रेसभन्दा त धेरै बढी रहेछ उहाँहरूको,’ दाहालले भने।

सँगै एमालेबाट चार बुँदे जवाफ आएको पनि उनले सुनाए। उनले भने, ‘त्यसो भन्दा अहिलेका प्रधानमन्त्रीले अन्य कुरा त भन्नु भो भन्नु भो, फुल स्टप र कमा पनि चेन्ज गर्न आवश्यक छैन, एमसिसी जस्ताको तस्तै पास गरिन्छ भनेपछि र हामी तयार नहुने हो भने नेपाली कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने र यसलाई अत्यधिक बहुमतले पारित गर्ने भनेपछि सबैभन्दा ठुलो अप्ठेरो परिस्थितिमा नेकपा माओवादी केन्द्र प¥यो।’

तर, आफूले अन्तिम समयसम्म जस्ताको तस्तै त एमसिसीलाई समर्थन गर्न नसक्ने भनेको उनले दाबी गरे। आफ्ना त्यति बेलाका वक्तव्य हेर्न पनि उनले आग्रह गरे। ‘साथीहरूलाई सडकमा पनि आवाज उठाइराख्न निर्देशन दिइएको थियो,’ उनले भने।

त्यो अवस्थामा माओवादी केन्द्रले अन्तिमसम्म गर्न सक्ने गरेको अध्यक्ष दाहालले बताए। ‘अब त जसरी पनि पास त हुने नै भयो। सदनबाट हामीले रोक्न सक्ने स्थिति भएन,’ उनले भने,‘कांग्रेस र एमाले मिलेपछि बहुमत भइहाल्छ।’ 

एमसिसी अनुमोदन गर्न कांग्रेस दृढ अडानमा रहेको एमाले नेतृत्वमा रहेका ओली झन् कडा सुनिएको उनले बताए। ‘एमालेसँगै हिजो कार्यदल बनाएको, समझदारी बनाएकाले आस गरेको, उ त झन् कडा! कांग्रेसभन्दा केपी ओली त झन् कडा। केही चेन्ज गर्न आवश्यक छैन भन्दिए’, उनले भने। 

‘आइपिएसको सदस्य बनाउने एमाले’

एमाले एमसिसीमा त्यति कडा हुनुमा अमेरिकाको इन्डो प्यासिफिक रणनीति(आइपिएस)को सदस्य बनाउने पार्टी हुनु रहेको दाहालले आरोप लगाए। ‘किनकि आइपिएसको सदस्य बनाउने पनि उहाँहरू नै हो। एसपिपीसम्म पनि सैद्धान्तिक सहमति गराउने पनि उहाँहरूले भएकाले गर्नुभएन,’ उनले भने। 

त्यसपछि माओवादी केन्द्रसँग अन्तिममा बहिस्कार गर्ने, उठेर हिँड्ने, भोटिङमा भाग नलिने बाटो रहेको दाहालले सुनाए। ‘तर हामीले जेजे गरे नि त्यो अनुमोदन त भई नै सक्थ्यो हामीले त्यसलाई रोक्ने र त्यसैको निम्ति विद्रोह र क्रान्ति गर्न सक्ने स्थिति पनि थिएन,’ उनले भने। 

अनि त्यही बेलामा बुद्धिजीवी कानुन व्यवसायीले अलिकति ‘फेस सेभ’ हुने ठाउँ देखिने गरी व्याख्यात्मक टिप्पणीको विकल्प ल्याएको दाहालले बताए। व्याख्यात्मक टिप्पणीले भोलि पनि आन्दोलन गर्न सक्ने बाटो दिएको उनको टिप्पणी छ। 

लामो विवाद चलेको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) कम्प्याक्ट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित २०७८ फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो। त्यो बेला माओवादी केन्द्रलगायतका दलको सहयोगमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री थिए। २०७४ को निर्वाचनपछि बनेको नेकपा विभाजनपछि एमाले प्रतिपक्षमा थियो। 

त्यही बेला एमसिसी बहसका बेला तत्कालीन पाँच दलीय गठबन्धनमा ठुलो मतभिन्नता सिर्जना भएको थियो। त्यही विषयको खुलासा दाहालले अहिले गरेका हुन्। 
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस