नेकपा (एमाले) का पूर्वनेता तथा मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पूर्वपार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई 'निरङ्कुश' भनेका छन्।
एमाले परित्याग गरेर आफ्नो अभियानमा जोडिएका सुदूरपश्चिम प्रदेश एमालेका लेखा कमिटी सदस्य बालागिरी कुँवरसहित ७० नेता कार्यकर्तालाई धन्यवाद भन्दै उनले यस्तो भनेका छन्।
'एमाले अध्यक्ष केपी ओलीका सिद्धान्तहीन, निरङ्कुश र तानाशाही कामकुराको विरूद्ध विद्रोह गरी...,' रावलले बधाई दिने क्रममा भनेका छन्।
त्यसो त रावल ओलीका प्रति प्राय: खह्रो नै सुनिन्छन्। पार्टीको १० औं महाधिवेशनमा आफूसँग 'जोडी खोजेको' भन्दै ओलीले रावललाई पार्टीभित्र हेला गरे। त्यसपछि एकपछि अर्को गर्दै ओलीका प्रति खनिँदै आएका रावल गत पुसमा पार्टीबाट निलम्बनमै परे।
त्यसपछि रावलले मातृभूमि जागरण अभियान गठन गरेका छन्। अहिले उनी त्यही अभियानमा काम गरिरहेका छन्। यो अभियानलाई पार्टीकै रूपमा विस्तार गर्ने उनको तयारी छ।