राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरुलाई सिंहदरबारबाटै प्रहरीले नियन्त्रणमा लिएको छ।
लिङदेनसहित राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालय परिसरबाटै सरकारको विरोध गरेका थिए।
प्रहरीले नियन्त्रणमा लिएपछि सञ्चारकर्मीहरूसँग लिङदेनले निरकुंश सरकारले गर्ने काम यही भएको बताएका छन्। उनले भने, निरकुंश सरकारले गर्ने यही काम हो। यसमा हामीले अचम्म मानेका छैनौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनबाटै वर्तमान राजनीतिक व्यवस्था परिवर्तन गर्ने उद्घोष गरेका छन्।
विराटनगरमा शनिबार आयोजित पार्टीको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले चुनावबाट नभई सडक संघर्षबाटै व्यवस्था बदल्ने बताएका हुन्।
गणतन्त्र चुनावबाट नआएकाले राजसंस्थाको पुनर्स्थापना पनि चुनावबाट सम्भव नहुने उनको तर्क थियो। उनले भने, ‘यो व्यवस्था आन्दोलनबाटै आएको हो, यसलाई बदल्न पनि आन्दोलन नै चाहिन्छ।’
अध्यक्ष लिङ्देनले देशलाई कांग्रेस, एमाले र माओवादीजस्ता तीन ठूला दल र तिनका शीर्ष नेताहरूले बन्धक बनाएको आरोप लगाए। उनले देशमा बिचौलिया, नेता, कर्मचारी र न्याय क्षेत्रको ‘अघोषित गठबन्धन’ बनेको र त्यसले देशलाई बर्बादीतर्फ धकेलिरहेको दाबी गरे।
‘बिचौलिया व्यापारीले योजना ल्याउँछन्, नेताले कर्मचारीलाई कार्यान्वयन गर्न दिन्छन्, कर्मचारीले व्यवस्था मिलाउँछन् र त्यसलाई न्यायालयले सदर गर्छ,’ लिङ्देनले भने, ‘यही चक्र तोड्न राप्रपाले आन्दोलनको बाटो रोजेको हो।’
अध्यक्ष लिङ्देनले व्यवस्था परिवर्तनका लागि निर्णायक आन्दोलन आवश्यक रहेको र त्यसका लागि संगठन विस्तारमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिए। उनले गाउँ-गाउँमा संगठनलाई मजबुत बनाउन आग्रह गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...