उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौंका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताएका छन्। काठमाडौँ क्षेत्र नम्बर १ अन्तर्गत वडा नं १० बुद्धनगरमा ‘सके सफा गरौँ नसके फोहर त नगरौँ’ भन्ने नारासहित सुरु भएको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।
नदी सफा गर्न सिधै ढल मिसाउने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री सिंहले आफूले मन्त्री भएदेखि नै उपत्यकाका नदी प्रणाली स्वच्छ र सफा बनाउनुपर्नेमा जोड दिइरहेको पनि जानकारी दिए।
‘नदिमा सिधै ढल मिसाउन रोक्नपर्छ । सरकारले धेरै लगानी गरिसकेको छ । तर, कार्यान्वयनमा कमीकमजोरी भएको कारणले हो कि अब विगतमा भएका गल्ती सच्याउने बेला आइसकेको छ’, उपप्रधानमन्त्री सिंहले भने, ‘बागमती, विष्णुमती, मनोहरा, धोबिखोला लगायतका उपत्यकाका नदी सफा राख्न यस वर्ष सहरी विकास मन्त्रालयले ठोस कार्यक्रम ल्याउने पनि यहाँहरूलाई जानकारी गराउँदछु ।’