ओलीलाई लाग्यो- यसबेला विन्दाहरू नै चाहिन्छन् !
०२ वैशाख २०८२
•
३ मिनेट पाठ
ओलीलाई लाग्यो- यसबेला विन्दाहरू नै चाहिन्छन् !
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले पार्टीकी स्थायी कमिटी सदस्य विन्दा पाण्डेलाई बोलाएरै भेटे। पाण्डे तिनै नेता हुन्, जसलाई चार महिनाअघि पार्टीले ६ महिनाका लागि निलम्बन गरेको थियो।




तर, नयाँ वर्षको शुभकामना दिन फोन गरेका ओलीले पाण्डेलाई शुभकामनासँगै भेटका लागि निम्तोसमेत दिए। त्यसअनुरूप पाण्डे मङ्गलबार (आज) ओली भेट्न प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगिन्। उनले त्यहाँ झन्डै ४५ मिनेत बिताइन्। उलने आफ्नो 'भुइँमान्छे' पुस्तक ओलीलाई दिइन्।

यसपछि उनीहरूबीच पार्टी राजनीतिबारेको कुरा थालनी भयो। त्यसमा निलम्बनको विषय नआउने कुरै भएन। ओलीले पाण्डेलाई 'चित्त नबुझेको भए पनि आफूभित्रै राख्नुपर्थ्यो' भनेर भने। जवाफमा पाण्डेले आफूलाई लागेको कुरा आफूले बोल्ने गरेको बताइन्।

तर, रोचकचाहिँ के भने आजका दिनसम्म पाण्डेलाई पार्टीको निलम्बनको पत्र नै प्राप्त भएको छैन। उनले त्यही कुरा ओलीलाई सुनाइन्। ओलीले अचम्मित मान्दै सोधे, 'ए! आजसम्म पत्र नै प्राप्त भएको छैन ?'

पाण्डेले थपिन्, 'न कारबाहीको पत्र हात पर्‍यो,न फुकुवाकै पत्र प्राप्त भयो।'यसपछि ओली लचक सुनिए, उनले भने, 'कारबाहीको पत्र नै हात परेको छैन भने अब केको कारबाही।'

स्मरणीय छ-पाण्डे गत पुस १० गते ६ महिनाका लागि निलम्बित भएकी हुन्। त्यसबेला भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टीले लिएको १० रोपनी १४ आना जग्गा लिन नहुने विचार व्यक्त गर्दा पाण्डे निलम्बनमा परेकी थिइन्।

तर, अहिले भने उनका प्रति ओली नरम देखिएका छन्। नागरिकसँग पाण्डेले भनिन्, 'उहाँले भेट्न बोलाउनुभयो। म गएँ र मेरो पुस्तक पनि उहाँलाई दिएँ। शुभकामना आदानप्रदान भयो। र, कारबाहीको विषय आयो। मैले पत्र नै प्राप्त भएको छैन भन्दा उहाँले अब भनेपछि त त्यो कारबाही नै भएन भन्नुभयो।'

भनेपछि अब कारबाही फुकुवा भयो ? भन्ने थप जिज्ञासामा उनले भनिन्, 'त्यो मलाई थाहा हुँदैन। अबको सचिवालयले केही गर्ला कि।'

त्यसो त ओलीलाई अहिले त्यति सजिलो छैन। बाहिर प्रधानमन्त्रीका रूपमा र पार्टीभित्र अध्यक्षका रूपमा जवाफदेही बन्नुपर्ने चुनौती उनमा छ। प्रधानमन्त्रीका रूपमा उनको आलोचना भइरहेको छ भने पार्टीभित्र पनि सहज छैन।

आन्दोलन र अराजक गतिविधि झन् चर्को हुँदै गएको छ, अर्थतन्त्र चलायमान छैन, युवा पलायन बढेको-बढ्यै छ। यसले प्रधानमन्त्रीका रूपमा ओलीको आलोचना बढिरहेको छ। अवस्था यस्तो बनेको छ कि उनी जहाँ जान्छन्, त्यहीँ 'मुर्दावाद'को नाराबाजी सुनिन्छ।

अर्कोतिर प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरू उनका प्रति आक्रामक सुनिन्छन्। डा. शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, एनपी साउदलगायतका नेताहरूले ओलीको आलोचना गरिरहेका हुन्छन्। ओलीले कांग्रेसबाट जुन रूपमा सहयोग हुनुपर्ने थियो, त्यो तहमा नपाइरहेको महसुस गरिरहेका छन्।

अर्कोतिर पार्टीभित्र उनलाई सहज छैन। पार्टीकी पूर्वउपाध्यक्ष पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएर ११औं महाधिवेशनबाट पार्टी नेतृत्व गर्ने मनसायमा पुगेकी छन्। उनले आफ्ना वक्तव्यहरूमा त्यही आशयका बोल्नी बोल्ने गर्छिन्। पार्टीभित्रको एउटा पङ्क्तिले भण्डारीलाई उचाल्ने काम गरिरहेको छ। यसले पनि ओलीलाई सहजता घटाइदिएको छ।

प्रधानमन्त्री र पार्टी अध्यक्षको तहमा देखिएका यस्ता अनेकन् चुनौती र अप्ठ्याराका बीचमा ओलीले पाण्डेजस्ता नेताहरूको साथ अपरिहार्य ठान्न थालेका छन्। उसो त पाण्डे पार्टीकी एक इन्मान्दार र प्रभावशाली क्याडर हुन्। मुख्यत: सङ्गठन र वैचारिकीमा काम गर्ने पाण्डेजस्ता क्याडरले नै आफूलाई बचाउन सक्ने बुझाइमा ओली पुगेको एमालेकै कतिपय नेताहरू बताउँछन्। 

'उहाँले अलिक हतारमा निर्णय लिनुभयो त्यसबेला। हामीले सम्झाएका पनि थियौँ,' एक नेता नागरिकसँग भने, 'जे होस् यहाँसम्म आउँदा उहाँले पनि हतार नै भयो कि कसो भन्ने महसुस गर्नुभयो होला। मलाई के लाग्छ भने उहाँलाई मलाई विन्दा पाण्डेहरू जस्तै नेताहरूले सहयोग गर्न सक्छन् भन्ने लाग्यो होला। त्यही भएर आफैँले बोलाएर भेट्नुभयो।'

यो पनि पढ्नुहोस्

पार्टीबाट निलम्बित पाण्डेलाई ओलीले नै बोलाएर भेटे
अर्को समाचार
पार्टीबाट निलम्बित पाण्डेलाई ओलीले नै बोलाएर भेटे
०२ वैशाख २०८२
•
१ मिनेट पाठ
पार्टीबाट निलम्बित पाण्डेलाई ओलीले नै बोलाएर भेटे
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत पुस १० गते पार्टीकी पोलिटब्यूरो सदस्य विन्दा पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरे।




त्यसयता ओली-पाण्डेबीच भौतिक रूपमा भेटघाट र संवाद भएको थिएन। तर, वैशाख १ गते ओलीले नै फोन गरेर विन्दालाई नयाँ वर्षको शुभकामना मात्रै दिएनन्, भेट्न आउनसमेत निम्तो गरे।

त्यसअनुरूप पाण्डे मङ्गलबार (आज) ओली भेट्न प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगिन्। उनले ओलीसँग झन्डै ४५ मिनेट बिताइन्। 

गत फागुन २२ गते उनले 'भुइँमान्छे' नामक पुस्तक सार्वजनिक गरेकी थिइन्। त्यही पुस्तक उनले ओलीलाई दिइन् र समसामयिक गफगाफ गरिन्।

कारबाहीको विषय आउने भई नै हाल्यो। त्यस क्रममा ओलीले 'चित्त नबुझेको भए पनि आफूभित्रै राख्नुपर्थ्यो' भने। जवाफमा पाण्डेले आफूलाई लागेको कुरा बोलेको बताइन्। 

तर, पाण्डेलाई कारबाहीको पत्र आजसम्म हात परेकै छैन। उनले त्यही कुरा ओलीलाई सुनाइन्। जवाफमा ओलीले 'ए पत्रै हात परेको छैन' भनेर भने।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस