तिनकुने हिंसामा अझै किन बनेन छानबिन समिति?
२० चैत्र २०८१
•
५ मिनेट पाठ
तिनकुने हिंसामा अझै किन बनेन छानबिन समिति?
राजावादी प्रदर्शनकारीले चैत १५ गते काठमाडौंमा जलाएका गाडी। फाइल तस्बिर: नागरिक
सरकारले तीनकुनेमा राजावादीले गरेको आन्दोलनको क्रममा भएको घटनाबारे छानबिन समिति बनाउन आलटाल गरेको छ। राजा फर्काउने उद्देश्यसहित गरिएको आन्दोलनबाट दुई जनाको ज्यान गएको र अर्बौं रुपैयाँ बराबर भएको क्षतिसम्बन्धमा सरकारले छानबिन समिति बनाउन आलटाल गरेको हो। गत शुक्रबार राजावादी समूहबाट भएको हिंसात्मक आन्दोलनले दुईजनाको ज्यान गएको थियो। पत्रकार सुरेश रजक र अर्का सर्वसाधारण सविन महर्जनले ज्यान गुमाएका थिए।




सरकारले उनीहरूलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिने र घाइतेहरूलाई निःशुल्क उपचार गराउने निर्णय गरिसकेको छ। साथै गृह मन्त्रालयले सो घटनाको छानबिन गर्ने भनेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिने बताएका थिए।

आन्दोलनकारीले काठमाडौंको तीनकुनेमा गरेको आन्दोलनबाट भएको जनधनको क्षतिको विषयमा सरकारले एउटा छानबिन समिति बनाउने र त्यसले दिएको प्रतिवेदनका आधारमा कारबाही गर्ने जनाएको थियो। तर सो घटना भएको सात दिन बितिसक्दा पनि अहिलेसम्म गृह मन्त्रालयले छानबिन समिति बनाएको छैन। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारी भने आन्तरिक रूपमा छानबिन भइरहेको बताउँछन्।

‘सरकारले आन्तरिक रूपमा छानबिन गरिरहेको छ, अनुसन्धान गरिरहेको छ, प्रहरीले पनि आफ्नो ठाउँबाट काम गरिरहेको छ, मानिस पक्राउ परिरहेका छन्, अनुसन्धान पनि सम्बन्धित निकायले गरिरहेको छ,’ प्रवक्ता तिवारीले भने।

यो विषयमा अनुसन्धान भइरहकाले धेरै बताउनुपर्ने आवश्यकता नभएको पनि प्रवक्ता तिवारीले बताए।

सरकारले मन्त्रालयको तहबाट वा अन्य तहबाट तत्कालै छानबिन समिति बनाउने संकेत गरेको छैन। तीनकुने घटनाको अनुसन्धान गर्न प्रहरीलाई नै जिम्मा दिएर सरकार मौन बस्ने संकेत देखिएको छ। ‘गृह मन्त्रालयबाट तत्कालै कुनै छानबिन समिति बन्दैन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने। उनका अनुसार काठमाडौं प्रहरी परिसरले जति अनुसन्धान गर्नेछ तत्काल त्यसैमा चित्त बुझाउनुपर्नेछ।

‘अहिले यो जिम्मा प्रहरीलाई नै दिइएको छ,’ मन्त्रालयका ती अधिकारीको दाबी थियो। तर यो विषयलाई प्रवक्ता तिवारीले भने अस्वीकार गरेका छन्। ‘राज्यको जुनसुकै निकायबाट पनि अनुसन्धान हुन्छ, भइरहेको छ, अविश्वास गर्ने कुरा हुँदैन,’ प्रवक्ता तिवारीले भने।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक श्रीपेच लगाइदिने अभियानमा लागेको समूह अराजक देखिएपछि तिनकुने रणमैदानमा परिणत भएको थियो। सरकारले तोकेको तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन उग्र बन्दा एक पत्रकारसहित दुई जनाको ज्यान मात्रै गएन, थप २० जना घाइतेसमेत भए। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

अराजकता नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीसहित दर्जनौं घाइते भएका छन्। अर्बौंको निजी सम्पत्ति नोक्सान भएको छ। राजा ल्याउने अभियानको ‘कमान्डर’ भनिएका दुर्गा प्रसाईं आफैं सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमणमा उत्रिएका थिए। सुरक्षाकर्मीलाई मिच्ने गरी उनी उत्रिएपछि उत्तेजित बनेको भिड ढुंगामुढा गर्नतिर लागेको थियो। भिड अनियन्त्रित बनेपछि ‘सभाका नायक’ बनेका नवराज सुवेदी भागेका थिए भने प्रसाईं पनि गाडी लिएर भागेका थिए। उनी अहिलेसम्म फरार छन्।

सामाजिक सञ्जालबाट सरकारलाई चुनौती दिइरहेका छन्। त्यसदिन आन्दोलनका नाममा भिडलाई उक्साउनेहरू हिँडेपछि अराजक व्यक्तिहरूले निजी घरमा आगजनी गरेका थिए। प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका आठवटा गाडीमा आजगनी गरेका थिए। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले २८ करोडमाथिको नोक्सानी व्यहोरेको छ।

आक्रामक देखिएको भिडले ट्राफिक बिट पनि भत्काएको थियो। पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालयमा मोटरसाइकल तोडफोड गरेको थियो भने हिंसात्मक गतिविधि गर्दै हिँडेका उनीहरूले नेकपा एकीकृत समाजवादीको मुख्यालयमा आगजनी गरेका थिए। उनीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटभित्र पसेर लुटपाट मच्चाउनुका साथै तोडफोडसमेत गरेका थिए। उनीहरू हातहातमा बियरको सिसी, ह्विस्कीका बोतल र लुटिएका अन्य सामग्री बोकेर हिँडेका देखिन्थे।

राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गर्नुपर्ने अवस्था आएको थियो। अहिले प्रसाईंबाहेक लुटपाटमा संलग्न र हिंसा आतंकमा संलग्नलाई प्रहरीले भटाभट पक्राउ गरिरहेको छ।

यसक्रममा राजावादीहरूको प्रदर्शनलाई तितरबितर गर्नेक्रममा प्रहरीले तीनकुने क्षेत्रमा साढे दुई सय राउन्ड गोली प्रहार गरेको स्विकारेको छ। प्रदर्शन भएको ६ दिनपछि बुधबार पत्रकार सम्मेलन गर्दै प्रहरीले प्रदर्शन हिंसात्मक भएपछि नियन्त्रणका लागि गोली चलाएको प्रष्टकीरण दिएको छ। सो क्रममा व्यक्तिलक्षित ५८ राउन्ड गोली प्रहार भएकामा २० जनालाई लागेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यले बताए।

गोली लागेर १८ पुरुष र दुई महिला घाइते भएको पनि उनले बताए। प्रहरीको गोली लागेर रेविका खत्रीसहितका अन्य केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ। स्थिति अनियन्त्रित हुन थालेपछि प्रहरीले १९२ पटक हवाई फायर गरेको डिआइजी आचार्यको जानकारी दिए। भीड नियन्त्रणका लागि प्रहरीले ७४६ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो।

प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ अघि बढ्न खोजेपछि दिउँसो १२ः५० बजे पहिलो अश्रुग्यास प्रहार गरेको जानकारी दिँदै विमानस्थलतर्फ अघि बढेपछि दिउँसो २ः५४ बजे पहिलो गोली प्रहार गरेको डिआइजी आचार्यको दाबी छ। रेविका, उनका दाजुसहित केही व्यक्तिलाई भने झुक्किएर गोली लागेको बताउँदै आचार्यले घाइते सबैको अवस्थाबारे जानकारी लिइरहेको बताए।

आन्दोलनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंकै कारण भीड उत्तेजित भएको निष्कर्षमा प्रहरी छ। प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट प्रसाईंसहित रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कब्जा गर्न माइकिङ गरेपछि प्रदर्शनकारी तोडफोडमा उत्रिएको प्रवक्ता आचार्यले भनाइ छ।

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री धवलशम्शेर राणासहितका व्यक्ति अहिले प्रहरी नियन्त्रणमा रहेको जानकारी दिँदै फरार रहेका प्रसाईंलाई खोज्न प्रहरीको विशेष टोली सक्रिय रहेको बताए। तर उनले फरार रहेका प्रसाईंबारे केही बताएनन्।
अर्को समाचार
तीनकुने घटना: छानबिन समिति बनाउन सरकार अनिच्छुक
२८ चैत्र २०८१
•
५ मिनेट पाठ
तीनकुने घटना: छानबिन समिति बनाउन सरकार अनिच्छुक
सरकारले काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शन आपराधिक प्रकृतिको भन्दै छानबिन समिति बनाउन अनिच्छा देखाएको छ। राजा फर्काउने उद्देश्यसहित गरिएको प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको र अर्बौं रूपैयाँबराबर क्षति भएको थियो।




गृह मन्त्रालयले आपराधिक प्रकृतिको घटना भएकाले छानबिन समिति बनाउनुपर्ने आवश्यकता नभएको बताउँदै हिंसामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको छ। गृह स्रोतले भन्यो, ‘सरकारले अहिले छानबिन समिति बनाउँदैन।’ गृहमन्त्री रमेश लेखकले समिति गठन नगर्ने संकेत गरिसकेका छन्।

यही चैत १५ गते शुक्रबार राजावादी समूहबाट भएको हिंसात्मक आन्दोलनका क्रममा पत्रकार सुरेश रजक र अर्का सर्वसाधारण सविन महर्जनको ज्यान गएको थियो। सरकारले उनीहरूलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरिसकेको छ। गृहमन्त्री लेखक स्वयंले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेका छन्।

आन्दोलनकारीले काठमाडौंको तीनकुनेमा पुर्‍याएको जनधनको क्षतिबारे सरकारले एउटा छानबिन समिति बनाउने र त्यसले दिएको प्रतिवेदनका आधारमा कारबाही गर्ने जनाएको थियो। तर सो घटना भएको १५ दिन बितिसक्दा पनि समिति बनाइएको छैन। गृह सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले आन्तरिक रूपमा छानबिन भइरहेकाले अन्य कुनै प्रकारको समिति आवश्यक नभएको स्पष्ट पारे।

‘प्रहरीका विभिन्न युनिटले आन्तरिक रूपमा अनुसन्धान गरिरहेका छन्,’ उनले भने, ‘त्यसकारण समिति आवश्यक छैन।’ सरकारले व्यवस्थाविरोधी आन्दोलन र हिंसात्मक घटनाको छानबिन गर्न मन्त्रालय वा अन्य तहबाट तत्काल समिति नबनाई अनुसन्धानका लागि प्रहरीलाई नै जिम्मा दिएको संकेत गरेको छ। ‘व्यवस्थाविरोधी आन्दोलन र हिंसाको कहीँ पनि छानबिन समिति बन्दैन,’ गृहको उच्च स्रोतले भन्यो, ‘त्यसकारण तीनकुने घटनाको अनुसन्धान गर्न प्रहरीलाई नै जिम्मा दिइएको हो।’

पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक श्रीपेच लगाइदिने अभियानमा लागेको समूह अराजक देखिएपछि तीनकुने रणमैदानमा परिणत भएको थियो। सरकारले तोकेको तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन उग्र बन्दा एक पत्रकारसहित दुई जनाको ज्यान मात्रै गएन, थप २० जना घाइतेसमेत भए। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले सो घटनामा संलग्नहरूलाई पक्राउ गर्दै कानुनी कारबाहीका लागि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट समय लिएको छ। सोही घटनामा संलग्न भएके आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवलशमशेर राणाको अनुसन्धन गर्न बुधबार मात्र थप १५ दिनको समय लिएको छ। बुधबारसम्ममा काठमाडौं प्रहरी परिसरले ७७ जनालाई पक्राउ गरिसकेको छ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहको अराजकता नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीसहित दर्जनौं घाइते भए। अर्बौंको निजी सम्पत्ति नोक्सान भएको छ। राजा ल्याउने अभियानको ‘कमान्डर’ भनिएका प्रसाईं आफैं सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमणमा उत्रिएका थिए। त्यसपछि उत्तेजित बनेको भिड ढुंगामुढा गर्नतिर लागेको थियो। भिड अनियन्त्रित बनेपछि ‘सभाका नायक’ बनेका नवराज सुवेदी भागेका थिए भने प्रसाईं पनि गाडी लिएर फरार भएका थिए।

चैत १५ गते आन्दोलनका नाममा भिडलाई उत्तेजित बनाउँदै उक्साउने प्रसाईं हिँडेपछि अराजक व्यक्तिहरूले निजी घरमा आगजनी गरेका थिए। प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका आठवटा गाडीमा आजगनी गरेका थिए। आन्दोलनकारीको आक्रमणबाट जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले २८ करोडमाथिको नोक्सानी बेहोरेको छ।

आक्रामक देखिएको भिडले ट्राफिक बिट पनि भत्काएको थियो। त्यही भिडले पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालयमा मोटरसाइकल तोडफोड गरेको थियो भने नेकपा एकीकृत समाजवादीको मुख्यालयमा पनि आगजनी गरेका थिए। उनीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटभित्र पसेर लुटपाट मच्चाउनुका साथै तोडफोड गरेका थिए।

उनीहरू हातहातमा बियरका सिसी, ह्विस्कीका बोतल र लुटिएका अन्य सामग्री बोकेर हिँडेका देखिन्थे। राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने र आसपासका क्षेत्रमा कफ्र्यु आदेश जारी गर्नुपर्ने अवस्था निम्तिएको थियो।

अहिले प्रसाईंबाहेक लुटपाट र हिंसामा संलग्नलाई प्रहरीले भटाभट पक्राउ गरिरहेको छ। अझै पक्राउ पर्ने प्रहरीको दाबी छ। राजावादीहरूको प्रदर्शनलाई तितरबितर पार्ने क्रममा प्रहरीले तीनकुने क्षेत्रमा साढे दुई सय राउन्ड गोली प्रहार गरेको स्विकारेको छ। प्रहरीले प्रदर्शन हिंसात्मक भएपछि नियन्त्रणका लागि गोली चलाएको प्रस्टीकरण दिएको छ। सोही क्रममा व्यक्तिलक्षित ५८ राउन्ड गोली प्रहार भएकोमा २० जनालाई लागेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यले बताएका छन्।

प्रहरीको गोली लागेर रेबिका खत्रीसहित अन्य केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ। स्थिति अनियन्त्रित हुन थालेपछि प्रहरीले एक सय ९२ पटक हवाई फायर गरेको डिआइजी आचार्यको दाबी छ। भिड नियन्त्रणका लागि प्रहरीले सात सय ४६ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ अघि बढ्न खोजेपछि पहिले अश्रुग्यास प्रहार गरेको र विमानस्थलतर्फ अघि बढेपछि गोली प्रहार गरेको डिआइजी आचार्यको दाबी छ। रेबिका र उनका दाजुसहित केही व्यक्तिलाई भने झुक्किएर गोली लागेको उनको भनाइ छ।

आन्दोलनको नेतृत्व गरिरहेका प्रसाईंकै कारण भिड उत्तेजित भएको निष्कर्षमा प्रहरीको छ। प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट प्रसाईंसहित रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कब्जा गर्न माइकिङ गरेपछि प्रदर्शनकारी तोडफोडमा उत्रिएका थिए। सुरक्षा निकायका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा प्रसाईंको समूहलाई कार्यक्रम गर्न दिँदा यस्तो दुर्घटना भएको दाबी गरिएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस