प्रधानमन्त्रीकै दल नेकपा (एमाले) सडक प्रदर्शनमा उत्रिएको छ । गणतन्त्र खतरामा परेको भन्दै सरकारवादी दलनै सडक प्रदर्शनमा उत्रिएको हो ।
सदरमुकाम सन्धिखर्कमा भएको प्रदर्शनमा नेकपा (एमाले) का नेता तथा कार्यकर्ताले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद’ ‘प्रतिगामी षड्यन्त्र मुर्दावाद’ ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ’ ‘व्यवस्था विरोधी तत्त्व होसियार’ लगायतका नारा लगाएका थिए ।
नेकपा एमाले जिल्ला कार्यसमितिले आयोजना गरेको ‘जनप्रदर्शन तथा जागरण सभा’ मा चार हजार नेता कार्यकर्ता सहभागी भएको जिल्ला अध्यक्ष पिताम्बर भुसालले बताए । प्रतिगामी षड्यन्त्र र अराजकताको विरुद्ध तथा लोकतान्त्रिक गणतन्त्रका पक्षमा प्रदर्शन मार्फत खबरदारी गरिएको उनको भनाई छ ।
एमालेले सबै जिल्ला सदरमुकाममा ¥याली र प्रदर्शन गर्न सर्कुलर गर्न जारी गरेपछि अर्घाखाँचीमा पनि कार्यक्रमको आयोजना गरिएको एमाले अर्घाखाँचीले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता बोम बहादुर विकले कुनै एक व्यक्ती वा वंशले शासन गर्ने युग पहिल्यै समाप्त भईसकेपनि केही तत्त्वहरू षड्यन्त्र गर्न लागिपरेको बताए ।
एमालेका प्रदेश सचिवालय सदस्य तथा प्रदेश सांसद रामजी प्रसाद घिमिरेले नेकपा एमालेले राष्ट्रलाई बन्धन बनाउने कुनैपनि षड्यन्त्र सफल हुन नदिने बताए । कार्यक्रममा एमालेका प्रदेश तथा जिल्ला स्तरका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।
महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे।
महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'
उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ।
बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।
कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।
यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...