प्रतिनिधि सभाको बैठकको समय परिवर्तन भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।
सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएछि नेकपा ९माओवादी केन्द्र०सहितका प्रतिपक्षी दलहरुले विरोध गरेपछि बुधबारबाटै संसद् चल्न सकेको छैन ।
बुधबार पनि बिहान ११ बजेका लागि बोलाइएको बैठकमा दलहरुले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो । तर समयमा सुरु हुन नसकेपछि अपराह्न तीन बजेका लागि सारिएको बैठकमा प्रतिपक्षी दलले पुनः अवरोध गरेपछि बिहीबार ११ बजेसम्मका लागि स्थगित भएको थियो ।
कार्यकारी निर्देशक घिसिङको बर्खास्तीसम्बन्धमा सरकारको जवाफ नआएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडानका कारण बिहीबारको बैठक पनि प्रभावित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भने सार्वजनिक कार्यक्रममा घिसिङलाई निकाल्नुको कारणबारे सदनमा कुनै जवाफ दिन आवश्यक नभएको बताउँदै आएका छन् ।
संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक अहिले १ बजेबाट सुरु भएको हो ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रस्तुत गर्ने छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा सम्बोधन गर्ने भनिए पनि अन्तिम समयमा स्थगीत भएको छ।
संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...