चुनाब जितेर उपप्रमुखका रुपमा नगरपालिका छिर्दै गर्दा बुहारीका रुपमा नै कार्यकक्ष छिर्नु पर्दाको पिडा सुनाउँदै धनकुटा नगरपालिकाकी उपमेयर भिमादेवी खनालले भनिन् ‘आज पनि नगरपालिकामा बस्दा बुहारीका रुपमा डराईडराई प्रस्तुत हुनुपर्छ । कानुनले प्रयाप्त अधिकार दिएको छ तर व्यवहारमा महिला जनप्रतिनिधिलाई धेरै समस्या छ । राजनीतिक नेतृत्व र कर्मचारीको दवावमा काम गर्नुको बाध्यता फरक छ ।’
न चुनाब न त कुनै दलको अधिवेशन । न सुरक्षाकर्मीको कुनै उपस्थिति अनि न त कुनै हल्ला खल्ला । शनिबार देखि नवलपरासीको मध्यबिन्दु नगरपालिका २ सेहरीमा अवस्थित पद्मालयमा सातै प्रदेशका ५ सयभन्दा बढि महिलाअधिकारकर्मीको उपस्थितिमा दुई दिने देशव्यापी महिलावादी भेला भएको छ । यो भेला सोमबारसम्म चल्नेछ । तिनै सरकारका बिभिन्न जनप्रतिनिधि र महिलावादी अभियन्ताहरुको उपस्थितिमा सुरु भएको भेलामा विभिन्न गतिविधि संचालन भईरहेका छन् ।
तस्बिर : दिनेश सुवेदी/नागरिकएक वर्षसम्म गरिएको देशव्यापी यात्राहरुको उपलब्धि, सिकाई र चुनौतीका बारेमा सातै प्रदेशको समूह छलफल र प्रस्तुति दिइएको थियो भने सातै प्रदेशमा सन्चालन भएको अनुपम अभियानको भोगाई र सिकाई आइतबारको कार्यक्रममा प्यानल लिष्टमार्फत् प्रस्तुत गरिएको थियो । कोशीबाट राधा प्रधान, मधेशबाट रिता महतो, बागमतीबाट डा.जानुका न्यौपाने, गण्डकीबाट हरि देवकोटा, लुम्बिनीबाट कल्पना न्यौपाने, कर्णालीबाट पुष्पा बिक र सुदूरपश्चिमबाट देविका जोशीले प्यानल छलफल गरेका थिए । उक्त सत्रको सहजीकरण प्रतिमा शर्माले गरेकी थिईन ।
अन्तर–पुस्ता महिलाबादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा आउँदो २०८४ को निर्वाचनमा महिला नै पहिला भन्ने उद्धेश्य अनुसार २०८० देखि २०८४ सम्मका लागि अनुपम अभियान सुरु गरिएको हो । खास गरी यो अभियानले न्यायिक समतामूलक समाजको निर्माण गर्न टेवा पुर्याउने लक्ष्य लिएको छ । जहाँ महिलाको अर्थपूर्ण सहभागिता रहने छ ।
राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशव्यापी अभियान सुरु भएको हो । महिलाबादी मञ्च गठन गरिी पुर्व मेचीदेखि पश्चिममा महाकालीबाट सुरु गरेर हरेक जिल्ला जिल्लामा बस, पैदल, टेम्पु यात्रा गर्दै बिभिन्न स्थानीय तहका वडासम्म पनि अभियान अगाडी बढाईएको छ ।
‘घर चलाउने महिलाले देश चलाउन सक्छ, ०८४ मा महिला हुनुपर्छ पहिला ।’ स्वतःस्फूर्त रुपमा एउटा अनुपम अभियानमा लागेका महिलाहरुले नवलपुरमा रहेको पद्मालयमा उत्सव मनाए । ठूला दलहरुको राष्ट्रिय सम्मेलनको झल्को दिने यात्रै यात्राको अनुपम अभियानले सबै दलक बिशेषका महिलालाई एकै ठाउँमा जोडेको छ । यतिबेला सहरदेखि गाउँसम्म, महिला जनप्रतिनिधिसम्म ऐक्यबद्धता बढ्दो छ । हजारौ महिलाहरु गोलबद्ध भई सुरु गरिएको यो अभियानलाई नेतृत्व अन्तर्पुस्ता महिलावादी मञ्चले गरेको छ ।
चौरासीमा महिला, हुनुपर्छ पहिला ।
आसन भाषण शासनमा, हुनुपर्छ महिला ।
हाम्रो दुःख हेर्ने, भगवान छैन ।
हामीलाई यो संसार, झ्यालखाना होइन ।
अध्यक्ष र मेयर, अव हाम्लाई चाहियो ।
बरावरी होस् छिटो, महिला पुरुषको अस्तित्व ।
घर चलाउने महिलाले, देश चलाउन सक्छ ।
बिभिन्न गीत कवितासँगै स्वतःस्फूर्त अभियानमा आएका बिभिन्न तहका जनप्रतिनिधि र अभियन्ताहरुले आगामी दिनमा राजनीतिक खबरदारी गर्नेछन् । सस्थागत विधान, चुनाव, अधिवेशन बिना गठन गरिएको अनौपचारिक समूहले ताप्लेजुङदेखि दार्चुलासम्म, झापादेखि कञ्चनपुरसम्म अनि रोल्पा, रुकुमदेखि तराईका दाङसम्म अनुपम अभियान संचालन गरिरहेको छ । अभियानमा हजारौ महिला समूहहरुले समर्थन र ऐक्यवद्धता व्यक्त गरिरहेका छन् । अभियानको सुरुवात नागरिक आवाजका संस्थापक एवं महिलावादी महिला रीता थापाले गरेकी हुन् । उनले जीवनको उर्जाशील समय महिला सशक्तिकरण र शान्ति निर्माणमा खर्चिएकी छिन ।
शनिबारसुरु भएको देशव्यापी महिलाबादी भेलामा सहभागी महिलाहरुले ०८४ मा महिला नै पहिला भन्ने अभियान प्रभावकारी लागेको बताउदै उत्साहित भएको बताए । गतवर्ष यात्रै यात्रा मार्फत् अभियान संचालन गरेका अभियन्ताले आउँदो एक वर्ष राजनीतिक खबरदारी गर्ने अभियन्ता तथा नागरिक आवाजका कार्यालय प्रमुख सुसन रिसालले बताईन । ‘अभियानले सार्थकता पाउँदै गएको छ । हामी उत्साहित छौं । अभियानको उद्धेश्य महिलाहरुका लागि मिसन ८४ नै हो ।’
सबै जिल्लामा सुरु गरिएको अभियानका लागि २ सय ३६ कार्यक्रम सम्पन्न गरिएका थिए भने उक्त अभियानमा हजारौ महिलाको सहभागिता भएको आयोजकले बताएको छ । सोमबार नवलपुरमा हुने कार्यक्रममा राजनीतिक खबरदारीका सवालमा सुमना श्रेष्ठ, बिन्दा पाण्डे, कुन्ती शाही लगायतले आफ्नो धारणा राख्दै छलफलमा सहभागिता जनाउने छन् । यसको सहजीकरढा मानुषी यमी भट्टराईले गर्नेछिन् । अनुपम अभियानले महिलाहरुमा राजनीतिक हौसला थपेको बताउँदै दाङबाट कार्यक्रममा सहभागी हुन आएकी नेपाल महिला सामुदायिक सेवा केन्द्रका सस्थापक अध्यक्ष तथा महिलाबादी अभियन्ता बिमला योगीले अनुपम अभियान आहा भएको बताईन् ।
नेपाली कांग्रेसले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै आपत्ति जनाएको छ।
शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन्। सीमा विवादको विषयमा प्रवेश नै नगराई फर्कनुले प्रधानमन्त्री साहको दोहोरो चरित्र उदाङ्गो भएको पौडेलको भनाइ छ।
प्रधानमन्त्रीको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास देखिएको मूल्याङ्कन कांग्रेसले गरेको उनले बताए। विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी सीमा मुद्दामा साहले प्रस्तुत गर्ने अभिव्यक्ति कूटनीतिक संवादको अवसर प्राप्त हुँदा पनि व्यवहारमा नदेखिएको पौडेलले उल्लेख गरे।
प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि भारतसँगको सम्बन्ध र सीमाका विषयमा साहको प्रस्तुतिलाई कांग्रेसले अपरिपक्व तथा उत्तेजक अभिव्यक्तिका रूपमा लिएको उनले बताए। ‘लोकप्रियता आर्जन गर्न मात्रै ती विषयहरू सीमित थिए भन्ने हाम्रो बुझाइ थियो। राष्ट्रवादको नक्कली प्रदर्शन थियो भन्ने पनि हाम्रो बुझाइ थियो,’ महामन्त्री पौडेलले भने।
कूटनीतिक संवादमार्फत निर्णायक रूपमा विषय उठाउने अवसर प्राप्त गर्दा पनि ती विषय नउठेको स्थितिले हिजो कांग्रेसले गरेको अनुमान आज पुष्टि भएको उनको जिकिर छ। विगतमा साहले सीमासम्बन्धी अभिव्यक्ति लोकप्रियता हासिल गर्ने उद्देश्यले गरेको राष्ट्रवादको प्रदर्शन मात्रै रहेको पुष्टि भएको उनले बताए।
नेपाल-भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र विशिष्ट रहेको उल्लेख गर्दै दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना भए पनि सीमालगायत संवेदनशील विषय लामो समयदेखि समाधान हुन नसकेको पौडेलले बताए।
यस्ता विषयको समाधान एकपटकको भ्रमण वा बैठकबाट सम्भव नहुने भन्दै उनले निरन्तर, गम्भीर र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको धारणा राखे।
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...