राजा र माओवादीमा खास अन्तर देखिएन: महासचिव विप्लव 
०६ चैत्र २०८१
•
१ मिनेट पाठ
राजा र माओवादीमा खास अन्तर देखिएन: महासचिव विप्लव 
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले राजा र माओवादीमा खास अन्तर नदेखिएको टिप्पणी गरेका छन् । 




बिहीबार विराटनगरमा आयोजित वर्तमान राजनीति र समाजवादको यात्रा विषयक अन्तरसंवाद कार्यक्रममा महासचिव चन्दले राजादेखि माओवादीसम्ममा खास अन्तर  नदेखिएको टिप्पणी गरेका हुन् ।

‘राजादेखि लिएर हामी माओवादी सम्म आउँदा कल्चरको हिसाबले, सोचको हिसाबले, क्रियाकलापको हिसाबले खास अन्तर देखिँदैन’ महासचिव चन्दले भने‘ राजनीतिक रुपमा भने केही अन्तर छ  ।’ उनले माओवादी सरकारमा गएपछि  भ्रष्टाचार र तस्करीको आरोपमा बदनाम हुने स्थिति आएको बताए । गणतन्त्र जनताको बन्न नसक्दा जनतामा असन्तुष्टि देखिएको उनको भनाई छ ।

उनले देशमा गणतन्त्र आए पनि सम्पत्ति र राजनीतिको अधिकार जनतासम्म आउन नसकेको टिप्पणी गरे  । अहिलेको व्यवस्था चलेन भन्ने भए पनि विकल्पका विषयमा जनस्तरमा अलमल रहेको उनले बताए । व्यवस्थाको विकल्पमा देखिएको अलमलका कारण राजाप्रति आकर्षण बढेको चन्दको भनाई छ ।  राजतन्त्र चुनौती भए पनि गणतन्त्रको विकल्प नभएको चन्दले बताए । उनले राजा फर्किनु देशका लागि पश्चगामी दुर्घटना सिद्धहुने दाबी गरे ।

उनले समाजवादी मोर्चाले चैत १५ गते आयोजना गर्न लागेको काठमाडाैं  केन्द्रित प्रदर्शन राजावादीसँग मुठभेठ गर्ने उद्देश्यबाट प्रेरित नभएको स्पष्ट पारे । ‘कसैसँग मुठभेड गर्ने उद्देश्यले प्रदर्शन आयोजना गर्न लागिएको हैन’ उनले भने,‘मुठभेड नै गर्न खोजे त्यसलाई रोक्न कसैले पनि सक्दैन । लुकी लुकी बम त हान्छन्’ उनले भने ।

महासचिव विप्लवले पूर्व राजाको गतिविधिका विषयमा नेताहरूले दिएको अभिव्यक्ति उचित नभएको बताए । विप्लवले समाजवादको बाटोबाट आम जनताको आर्थिक अवस्था बदल्न सकिने स्पष्ट पारे । सडक, बिजुलीलगायतका विकासका पूर्वाधारले मात्रै नहुने भन्दै  विकाससँगै जनताको आर्थिक अवस्था उकास्ने अभियान पनि सञ्चालन गर्न आवश्यक रहेको बताए । 
अर्को समाचार
आजको राजनीति यति लथालिङ्ग हुनुको मुख्य दोषी माओवादी : चन्द
०६ साउन २०८२
•
१ मिनेट पाठ
आजको राजनीति यति लथालिङ्ग हुनुको मुख्य दोषी माओवादी : चन्द
नेकपा महासचिव नेत्रविक्रम चन्दले आजको राजनीति लथालिङ्ग हुनुको मुख्य दोषी माओवादी रहेको टिप्पणी गरेका छन्। मङ्गलबार (आज) काठमाडौंमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा 'वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन' विषयक अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उनले यस्तो बताएका हुन्।




‘नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टहरूको दोष छ। मुख्य दोषी माओवादी हो। मैले प्रचण्डसँग भनेको छु- आजको राजनीति यति भ्रष्टीकरण र लथालिङ्ग हुनु, बलिदानी गर्ने, क्रान्तिकारी अपमानित हुने ठाउँमा पुर्‍याउनेमा सबैभन्दा बढी दोषी माओवादी छ’, उनले भने,' उनले भने।

उनले माओवादी अरु कसैलाई दोष दिएर उम्किने ठाउँमा नरहेको बताए। 'हामीले आफ्ना विचार, वर्ग, आदर्शलाई छोडेर अर्कोलाई दोष दिन पाउँछौँ ? २०५७ सालका कम्युन कहाँ गए ? बैंकका पैसा कता गए ? हस्पिटल कता गए ? त्यो जनता र कार्यकर्ताको कारणले होइन जनताको कारणले हो,' उनले थपेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस