जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माणको प्रयास गर्न पाउने बताएका छन्।
बुधबार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्र उदार रहेको बताए। उनले राष्ट्रिय प्रजातन्त्र पार्टी संसदमा गणतन्त्रको बिरोधमा बोलिरहेको र त्यो अधिकार पनि गणतन्त्रले दिएको जिकिर गरे। उनले राजाको शासन भएको बेलामा आन्दोलन गर्नु र राजाको बिरोध गर्नुलाई ठूलो अपराध मान्ने गरे पनि अहिले त्यस्तो नरहेको बताए।
उनले भने, ‘हामी अहिले लोकतन्त्रमा छौँ, हाम्रो लोकतन्त्र यति उदार छ । पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न प्रयास गर्न पाउँछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदमा गणतन्त्रको बिरोधमा बोलिरहेको छ । त्यो अधिकार पनि लोकतन्त्र र गणतन्त्रले दिएको हो । राजाको शासन भएको बेलामा आन्दोलन गरेका मान्छे हौँ हामी । त्यो बेलामा राजाको बिरोध गर्नु ठूलो अपराध हुन्थ्यो । अहिले गणतन्त्रको बिरोध गर्नु अपराध हुँदैन । जनताको बीचमा जानुस् ।’