सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बन्दुकको नालबाट नभई जनमतबाट नेपालमा गणतन्त्र स्थापना भएको दाबी गरेका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रमाथि आक्रामक रूपमा प्रस्तुत हुँदै मन्त्री गुरुङले यस्तो बताएका हुन्।
‘२०६५ साल जेठ १५ गते पहिलो संविधान सभाको पहिलो बैठक बसेको थियो । त्यो पहिलो बैठकले मुलुकमा अब राजतन्त्र चाहिँदैन भनेर निर्णय गरेको हो,’ मन्त्री गुरुङले भने, ‘राजतन्त्र माओवादीले रुकुमबाट वा रोल्पाबाट हुङ्कार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर क्रान्ति सम्पन्न भएको होइन, यो मुलुकमा ।’
नेपालमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको उनले दाबी गरे । उनले भने, ‘सामन्तवाद, त्यसका नाइके राजतन्त्र, राजसंस्था हामीले बुलेटबाट होइन, ब्यालेटबाट पराजित गरेका हौँ ।’ पहिलो संविधानसभामा रहेका ६०१ जना सांसदमध्ये ५९६ जनाले राजतन्त्र चाहिँदैन, गणतन्त्र, लोकतन्त्र चाहिन्छ भनेर मत हालेका कारण गणतन्त्र आएको मन्त्री गुरुङले बताए। ‘कमल थापाका राप्रपा नेपाल थिए ४ जना थिए, उनीहरूले राजतन्त्र चाहिन्छ, गणतन्त्र चाहिँदैन भने,’ उनले भने। यस कारण भोटबाट शान्तिपूर्ण ढङ्गले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्ने कुराको पुष्टि हुने उनले बताए।
हिंसा शब्दबाट माओवादी भाग्दै छ
मन्त्री गुरुङले माओवादी अहिले हिंसा भन्ने शब्दबाट डराएर किन भागिरहेको छ ? भनेर प्रश्न गरे । उनले भने, ‘माओवाद भन्ने शब्दबाट किन डराएर भागिरहेको छ ? जनयुद्ध त उनीहरूले बेचेर खाइसके । के छ आज माओवादीको सैद्धान्तिक आधार ?’
माओवादी आफै सङ्कटमा रहेको पनि मन्त्री गुरुङले बताए। ‘नाम त माओवाद राख्या छ, तर माओवाद सही थियो भन्न सक्या छन् त ?,’ उनले भने।
जनयुद्धकै कारण गाउँ खाली भए
मन्त्री गुरुङले माओवादी हिंसामा अनाहकमा धेरै जना होमिएको ज्यान गुमाउन पुगेको बताए। ‘त्यही कारण नेपालमा कम्युनिस्ट आन्दोलन बदनाम भयो। खरबौँको सम्पत्ति नोक्सान भयो,’ उनले भने, ‘आज जसरी गाउँ रित्तो भएको भनिया छ नि त्यसको प्रारम्भ माओवादीको जनयुद्धबाट भएको हो।’ त्यो बेला सुरक्षाका लागि सबै सहर पस्नुपर्ने भएको र गाउँ गाउँमा बिस्तार हुँदै गरेका सहर तहसनहस पारेर आर्थिक गतिविधि रोकिएको उनले बताए।
औचित्य सकियो, पाप धुरीबाट कराउँदै छ
मन्त्री गुरुङले संसारभरबाटै माओवादीको औचित्य समाप्त भइसकेको दाबी गरे । ‘दुनियाँका माओवादी मरिरहेका छन्। माओवादको औचित्य संसारमा समाप्त भयो। तर नेपालका माओवादीले सकियो भन्न सक्या छैनन्,’ उनले भने,‘तर चलाखी भने गरेँ। हामीसँग शान्ति सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आए। नत्र यी पनि सखाप हुन्थे।’
माओवादी जनयुद्ध एक आतङ्कवाद नै रहेको पनि उनले बताए। ‘हिजो जनयुद्धका नाममा हत्या, हिंसा, बर्बरता, क्रूरता त्यो जे जे नाम हो त्यो आतङ्कवाद थियो, राजनीतिक मुद्दा थिएन,’ उनले भने।
लडाइँमा युद्ध हुने, हतियार चल्ने र त्यो आमनेसामनेको लडाइँमा मात्रै हुने उनले बताए। उनले भने, ‘दुइटा सेनाको बिचमा, दुइटा समूहको बिचमा लडाइँ भयो भने त्यो सशस्त्र सङ्घर्ष हो। तर निहत्था मान्छेको, चुनावको प्रचारमा हिँडिरहेको पार्टीका कार्यकर्ताको लखेटीलखेटी खुकुरीले छप्काएर मार्छ भने त्यो हत्या होइन ? त्यो राजनीति हो ?’
त्यसको प्रतिफल माओवादीले अहिले भोगिरहेको मन्त्री गुरुङले बताए।उनले भने, ‘आफ्नो औकातअनुसार हिसाबकिताब गर्दा माओवादीले जनयुद्धका बेला गरेको पाप अहिले धुरीबाट कराइरहेको छ ।’