आज सुखानी सहिदको स्मृति दिवस
२१ फागुन २०८१
•
३ मिनेट पाठ
आज सुखानी सहिदको स्मृति दिवस
सुखानीमा २०२९ फागुन २१ मा कम्युनिस्ट आन्दोलनका पाँच जनाको हत्या गरिएको स्थान । तस्बिर : भीम/नागरिक
‘झापा विद्रोह’ का पाँच सहिदले सहादत प्राप्त गरेको दिन फागुन २१ लाई कम्युनिस्ट दलले विभिन्न कार्यक्रम आयोजना गरी स्मरण गर्ने गरेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनको कोसेढुंगाका रूपमा लिइने त्यो विद्रोहका सहिदको स्मृतिमा विशेषगरी इलाम र झापाका कम्युनिस्ट दलले कार्यक्रम आयोजना गर्ने गरेका छन् । 




२०२९ फागुन २१ को आजकै दिन कम्युनिस्ट आन्दोलनका योद्धा नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई इलामको दानाबारी (हाल माई नगरपालिका)स्थित सुखानी जंगलमा गोली हानी हत्या गरिएको थियो । झापाबाट इलाममा जेल सार्ने बहानामा प्रहरीले गोली हानी हत्या गरेको घटना ‘सुखानी काण्ड’का रूपमा सर्वत्र चर्चित छ । 

सुखानीका सहिदलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७२ फागुनमा सहिद घोषणा गरेको थियो । आन्दोलनमा प्रहरीको गोली लागी मृत्यु भएका आफ्ना सहकर्मी र मार्गदर्शकलाई सहिद घोषणा गर्नुपर्ने लामो समयदेखिको माग सरकारले ४३ वर्षपछि पूरा गर्दा इलाम र झापासमेतका जिल्लाका कम्युनिस्ट नेता–कार्यकर्ता हर्षित भएका थिए । 

सुखानीमा हत्या गरिएका योद्धालाई सहिद घोषणा गरेको साल तत्कालीन नेकपा (एमाले)ले सुखानीबाट ‘मेची भ्रमण अभियान’ समेत सञ्चालन गरेको थियो । सहादतप्राप्त स्थलमा सहिद सुखानी स्मृति प्रतिष्ठानले पाँचै सहिदको अर्धकदको सालिकसमेत रहेको सहिदस्तम्भ निर्माण गरेको छ । नजिकै झापाको सालबारीमा यसअघि नै सुखानीका सहिदको पूर्णकदको सालिक निर्माण भइसकेको छ । 

कुइँकेल, घिमिरे र श्रेष्ठ झापाको गरामनी गाविसका बासिन्दा थिए । दाहाल चारपाने र राजवंशी ज्यामिरगढी बस्थे । उनीहरूलाई एकैसाथ हत्या गरिएको ठाउँमा केही वर्षपहिले सहिद पार्क बनाइएको छ । उनीहरूलाई हत्या गरिएकै स्थानमा अहिले सहिदकै संख्याका पाँच रुख छन् । झापा आन्दोलनमा गरामनीकै बिर्जुलाल राजवंशी, हरिकृष्ण चौधरी, भेटला राजवंशी र हेमबहादुर खड्काले समेत सहादत पाएका थिए । प्रहरी नियन्त्रणका बेला जेलमै गोली हानेर हत्या गरिएका योद्धालाई पनि सहिद घोषणा गर्न कम्युनिस्ट नेता–कार्यकर्ताको माग छ । 

झापा आन्दोलनकै बेला झापा गरामनीका चन्द्र डाँगी पनि मारिएका थिए । २०३० साल साउन २० मा गरामनीस्थित नरियाबारीको एक घरमा बैठक गरिरहेका बेला प्रहरीले सुराकी पाएर उनीसहित १२–१५ जनालाई घेराबन्दीमा पारेको थियो । घेराबन्दीबाट उम्किने क्रममा घरबाट बाहिर निस्किँदै गर्दा डाँगी प्रहरीको गोलीले आँगनमै ढलेका थिए । उनलाई पनि सहिद घोषणा गरिएको थियो । 

सहिद भइसकेकाले कम्तीमा पनि वर्षको एकपटक औपचारिकतामा मात्रै भएपनि सम्मान पाउँछन् । ती सहिदसँगै लडेका ज्युँदा सहिद बनेको गुनासोप्रति भने कतैबाट सुनवाई हुन सकेको छैन । सहिदको सम्मान गर्न भन्दै हरेक सहिद दिवसमा र्‍याली, कोणसभा र जुलुस आयोजना गरिन्छन् । तर, संगैका ज्युँदा योद्धा र सहिद परिवारको भने योगदानको कदर गर्नेतर्फ ध्यान जान सकेको छैन । झापा आन्दोलनका योद्धा विशेषगरी झापा र इलाममा छन् । उनीहरूबाट पटक–पटक आफ्नो उपेक्षा भएको गुनासो आउने गरेको वर्तमानका कम्युनिस्ट पार्टी पनि स्वीकार्छन् । 

केही वर्षअघि झापा दुवागडीका डिगेन राजवंशीले एमाले मुख्यालय परिसरमा रुखमा पासो लगाएर आत्महत्या गरेका थिए । उनका छोराले पनि बाबु मरेको केही महिनामा घरमै पासो लगाए । यी घटनाले पनि सहिद र योद्धाको योगदान उच्च ओहोदाका नेताले भुल्दै एमाले इलामका एक नेता बताउँछन् । अझ कम्युनिस्ट नेतृत्वको र त्यसमा पनि झापा विद्रोहका अर्का योद्धा केपी ओली नै प्रधानमन्त्री भएका बेला पनि त्यसबेला आन्दोलनमा योगदान गर्नेहरूप्रति ‘न्याय’ हुन नसकेकामा कम्युनिस्ट नेता नै चिन्ता व्यक्त गरिरहेका छन् । 
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
२३ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
यो पनि पढौँ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस