संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले राजनीतिक दलका नेताहरूले नैतिक चरित्र पुनःस्थापित गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘मेटेरियल एण्ड कल्चरल एडभान्समेन्ट: दी प्राक्टिस अफ चाइना’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा व्यक्त गरेका हुन्।
उनले चीनका राष्ट्रपति सि जिनपिङले अघि सारेको नैतिकतासम्बन्धी विचारलाई वर्तमान सन्दर्भमा नेपालका राजनीतिक दलका नेताहरूले अनुसरण गर्नुपर्नेमा जोड दिए।
उनले भने, 'आज दुनियाँले मानव सभ्यताले भौतिक विकास त गर्यो नै तर भौतिक विकासबाट सन्तुष्ट छैन मानव। मानवले आत्मिक विकास, आत्मसन्तुष्टिको विषय जुन हाम्रो दर्शनले हामीलाई निर्देशित गरेको कुरा हो। परोपकार पुण्याय, वसुधैव कुटुम्वकम यो हाम्रो संस्कृतिको महत्वपूर्ण पुँजी हो, सम्पती हो।'
उनले थपे, 'हामी नेपालीले कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङले जुन विचार अगाडि सार्नुभएको छ हामी हाम्रा राजनीतिक दलहरूले पनि यो विचारलाई जनस्तरमा पुर्याउनु पर्नेछ। हामी राजनीतिक दल र दलका मानिसहरूले उच्च नैतिक चरित्र राजनीतिमा पुनःस्थापित गर्नुपर्ने छ। हामीले केवल मिठो मसिनो खाना नरम र तातो नाना मात्रै होइन मन भित्रको शान्ति मन भित्रको आत्मसन्तोष यसलाई पनि अभिवृद्धि गर्नुपर्ने छ।'
सो अवसरमा मन्त्री पाण्डेले नेपाल र चीनबीच संस्कृतिका राम्रा पक्षहरूको आदान–प्रदान गर्नुपर्नेमा जोड दिए। असल नैतिक चरित्र निर्माण गर्न सके नेपालले आफ्नै खुट्टामा उभिएर उज्ज्वल भविष्य निर्माण गर्न सक्ने उनको भनाइ थियो।