प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई गृह जिल्ला उदयपुरमा सम्मान थाप्न भ्याईनभ्याई छ।
शुक्रबार गृहनगर कटारी नगरपालिकाबाट सम्मानित भएका राउतले शनिबार नेपाल बार एसोसिएसन र राउत सेवा समाजको सम्मान ग्रहण गरे।
आइतबार जिल्ला समन्वय समिति उदयपुरले उनलाई उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलासँगै सम्मान गर्ने कार्यक्रम तय गरेको छ। समन्वय समितिले उदयपुरमै जन्मेर राष्ट्रका उच्च पदमा पुगेकाहरूलाई विशेष सम्मान प्रदान गर्न लागेको हो।
यसअघि, गृहनगर कटारी पुगेका राउतलाई नगरपालिकाले विशेष सम्मान गरेको थियो। त्यसपछि उनले आफूले माध्यमिक शिक्षा लिएको त्रिवेणी माविमा पनि सम्मान प्राप्त गरे।
सम्मान ग्रहणपछि प्रधानन्यायाधीश राउतले कटारी नगरपालिकाको कार्यालय, निर्माणको अन्तिम चरणमा पुगेको नयाँ नगर प्रशासनिक भवन र वाणिज्य संघको कार्यालयको निरीक्षणसमेत गरेका थिए।
शुक्रबार साँझ नै उदयपुर उद्योग वाणिज्य संघ कटारी र उदयपुर विद्यार्थी समाज काठमाडौंले संयुक्त रूपमा उनलाई सम्मान गरे।
सम्मानपछि प्रधानन्यायाधीश राउतले आफू लामो समयदेखि पेसा र जागिरका कारण राजधानीमा रहे पनि जन्मभूमि उदयपुरप्रति मन र मस्तिष्क सधैँ जोडिएको बताए।